देश र समाज

कृषक वर्गीर्करण गरिने

पोखरा, ७ असोज । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नेपालमै पहिलोपटक कृषकको वर्गीकरण गर्ने भएको छ । सरकारले सञ्चालन गर्ने कार्यक्रम वास्तविक किसानको पहुँचमा पुर्‍याउने उद्देश्यले कृषक वर्गीकरण गर्न लागिएको हो । ‘झोले किसानले सरकारी सुविधा लिइरहेका छन् । वास्तविक किसानहरु सरकारी अनुदान र सहयोगबाट वञ्चित हुनुपरेको छ,’ मन्त्री लेखबहादुर थापा भन्छन्, ‘अब किसानको वर्गीकरण हुन्छ । वास्तविक किसानले पाउने गरी सरकारी… पुरा पढौ

पूर्व कर्मचारीको क्षमता प्रयोग गर्न सरकार तत्पर : प्रमुख सचिव

पोखरा, ७ असोज।मन्त्री परिषद्को कार्यालय गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले पूर्व कर्मचारीमा रहेको ज्ञान, सीप र क्षमताको प्रयोग गर्न सरकार सदा तत्पर रहेको बताएका छन्। पूर्व कर्मचारी सेवा परिषद् कास्कीको १४ औं वाषिर्क साधारण सभाको आइतवार उद्घाटन गर्दै मुख्य सचिव पौडेलले उक्त कुरा बताएका हुन्। प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पूर्व कर्मचारी सेवा परिषद्को योजना अनुसार निवृत्त कर्मचारीको सेवा… पुरा पढौ

बिग आइकन बेलायततिर

पोखरा, ६ भदौ । सांगीतिक कार्यक्रमका लागि सातौं बिग आइकन सुवास गुरुङ बेलायत प्रस्थान गरेका छन् । बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को निम्तो तथा काठमाडौंस्थित ब्रिटिश कलेजको व्यवस्थापनमा उनीसहित बिग एफएम अधयक्ष महेश भण्डारी विहीवार त्यसतर्फ प्रस्थान गरेका छन् । त्यहाँ करिब दुर्इ हप्तासम्म सुवासले विभिन्न शहरमा रहेका नेपाली समुदायबीच सांगीतिक प्रस्तुति राख्ने कार्यक्रम छ । यसअघि, चौथो बिग आइकन… पुरा पढौ

अख्तियार प्रमुखमा घिमिरे

काठमाडौँ, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिको विहीवार बसेको बैठकले घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णे जानकारी दिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रमुख आयुक्त घिमिरेलाई विहीवार नै पद तथा… पुरा पढौ

प्रदेश सरकारको योजना

पोखरा, ३ असोज। आगामी तीन वर्षभित्र प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ। वाषिर्क नीति तथा कार्यक्रमभित्रै प्राथमिकताका साथ दूधमा आत्मनिर्भर बनाउने कार्यक्रम सार्वजनिक गरिएको थियो। त्यसकै लागि दुग्ध विकास बोर्ड समेत गठन तयारी भैरहेको छ। बोर्ड गठन भएसँगै सरकारले साझेदारीमा मोडल फार्म स्थापना गर्ने भएको छ। चिनियाँ सहयोगमा गण्डकी सरकारले प्रदेशभित्र १० हजार गाई राख्ने गरी फार्म स्थापनाको योजना… पुरा पढौ

नेपाल-भारत मैत्री संघमा गुरुङ

पोखरा, ३ असोज। नेपाल-भारत मैत्री संघको तेश्रो अधिवेशनले जगन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको निवर्तमान अध्यक्षमा ऋषि सापकोटा, उपाध्यक्षमा डा वीरबहादुर कार्की, सचिवमा जयराम पौडेल, कोषाध्यक्षमा मीरा आचार्य र सदस्यमा इ.विष्णु पौडेल, डा तरुणकान्त झा, गिरीराज गौतम, सुन्दरकुमार श्रेष्ठ, उदयकान्त तिवारी, कर्णेल कमानसिंह गुरुङ, कर्णेल चेतबहादुर गुरुङ, बजिरमान श्रेष्ठ, शालिकराम भट्टरर्ाई, योगराज पौडेल, धर्मराज आचार्य, मीनराज काफ्ले,… पुरा पढौ

संविधान दिवस मनाइँदै

काठमाडौँ, २ असोज । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक… पुरा पढौ

गाउँमै जेटिएले ल्यायो खुसी

लेखनाथ, २ असोज। पोखरा महानगरपालिका वडा ३१, बेगनासमा रहेको आनन्दज्योति माविले बाली विज्ञान विषय (जेटिए) पढाउनेबारे अनुमति पाएको छ । सिर्टीइभिटीले ग्रामिण क्षेत्रका विद्यार्थी मध्यनजर राखेर आनन्दज्योतिलाई आइतवारमात्र सो स्वीकृति दिएपछि गाउँमा यतिखेर खुसी छाएको छ। बाली विज्ञान पढ्नका लागि छिमेकी जिल्ला लमजुङ सुन्दरबजार वा चितवनको रामपुर नै जानुपर्ने बाध्यता थियो । तर, अहिले आफ्नो घरछेउमै चाहेको विषय पढ्न पाउने भएपछि स्थानीय तीर्थराज… पुरा पढौ

परिवार नियोजन प्रयोग दर गण्डकीमा कम

काठमाडौं, २ असोज। परिवार नियोजनका बारेमा आमव्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ। परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ। प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ। सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी छ तर प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र छ। कूल प्रजननदर पनि (१५-४९ वर्षका… पुरा पढौ

जनताका प्रतिनिधिद्वारा उत्कृष्ट संविधान

काठमाडौँ, २ असोज। नेपालको वर्तमान संविधान विश्वमै सफलताको उदाहरण दिने गरिएको नेपालको शान्ति प्रक्रियाको उपज हो। सशस्त्र व्रि्रोह गरेको एउटा राजनीतिक शक्ति हतियार बिसाएर शान्ति प्रक्रियामा आई आफैले संविधान निर्माण गरेको उदाहरण संयुक्त राष्ट्रसंघसँग पनि विरलै होलान्। करीब दश वर्षसम्म सशस्त्र व्रि्रोह गरेको तत्कालीन नेकपा माओवादी शक्ति मुलुकका अरु प्रजातान्त्रिक दलहरूको आग्रहमा शान्ति प्रक्रियामा आयो, संविधान सभा निर्वाचनमा सहभागी भयो र… पुरा पढौ