देश र समाज

स्वतन्त्र पत्रकार संघ अर्घखाँचीको स्थापना दिवसमा सहयोग

अर्घखाँची, १६ साउन। स्वतन्त्र पत्रकार संघ नेपाल, अर्घखाँचीले शाखा स्थापना दिवस अवसरमा सदरमुकाम सन्धिखर्क नगरपालिका वडा १ स्थित निर्मल नवज्योति सुस्तमनःस्थिति विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ। प्रमुख अतिथि संघ अर्घखाँचीका पूर्व अध्यक्ष हरिप्रसाद भुसालले आफू बाहिर रहे पनि संघको हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय पार्षद डिल्लीराज घिमिरेले विद्यालयमा आउँदो दिनमा पनि संस्थाले सक्दो… पुरा पढौ

लाम्पाटा क्षेत्रको गाँजा नष्ट

हेमजा, १६ साउन।पोखरा-२५, हेमजा स्थित लाम्पाटा क्षेत्रको हरियो गाँजा बुधवार नष्ट गरिएको छ। सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाको आयोजनामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय बगर, टोल विकास समन्वय समिति हेमजा तथा लाम्पाटा स्थित सुनौलो टोल विकास संस्थाले सघाएका थिए। सो अवसरमा संकलित करिब २ क्वीन्टल गाँजा जलाएर नष्ट गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाकी अध्यक्ष… पुरा पढौ

सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

पोखरा, १५ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले मनोमानी रुपमा काम गरिरहेको भन्दै काँग्रेसले खबरदारीस्वरुप देशव्यापी प्रदर्शन गरेको हो । सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रदर्शनमा उत्रेको नेपाली काँग्रेसले काठमाडौंको शान्तिबाटिकाबाट विरोध र्‍याली निकाली असन, इन्द्रचोक, न्यूरोड, न्यूरोड गेट हुँदै पुनः शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै काँग्रेस नेताहरूले सर्वसत्तावादी सोच… पुरा पढौ

कोरला-पोखरा-त्रिवेणी सडक

पोखरा, १५ साउन। गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला-पोखरा-त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ। चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ ठूला छिमेकी राष्ट्रलाई जोड्ने सो सडक निर्माण समग्र प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने बताउँछन्। सडकको विकासलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको उनले बताए।… पुरा पढौ

कंगारु एड्मिसन डे अष्ट्रेलिया हुँदै

पोखरा, १५ साउन । कंगारु एजुकेशन फाउण्डेशन पोखराले अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थी लक्षित गरी पोखरामा कंगारु एड्मिसन डे अष्ट्रेलिया आयोजना गर्दैछ । चिप्लेढुंगास्थित सेलवेज टावरमा साउन १८ र १९ गते हुने सो कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेट गरी सम्पूर्ण जानकारी लिन सक्नेछन । साथै आफूलाई उपयुक्त हुने कलेज तथा विश्वविद्यालयमा भर्नाका लागि समेत… पुरा पढौ

२० वर्ष नपुग्दै आमा

लमजुङ, १५ साउन। लमजुङमा ३१ प्रतिशत महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन्। कानूनमा २० वर्षअघि विवाह गर्नु बन्देज रहे पनि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति शाखाको रेर्कर्ड अनुसार सो तथ्य फेला परेको हो । जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्येमा ३१ प्रतिशत महिला २० वर्ष मुनिका रहेको  अस्पतालकी स्त्री रोग विशेषज्ञ डा सिर्जना हमाल बताइन्। उनका अनुसार २० वर्षभन्दा… पुरा पढौ

तरुण तपसीमा बृक्षरोपण

पोखरा, १५ साउन। लायन्स क्लब अफ पोखरा तालवाराहीले कविशिरोमणि लेखनाथ पौडेलको गाउँ तरुण तपसीपार्कमा बृक्षरोपण गरेको छ। पोखरा-२७, ठूलीपोखरीस्थित उक्त पार्कमा क्लबले कपूर, निम, बेल र धुपी जातका बिरुवा रोपेको हो। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ को आब्हृानमा प्रत्येक लायन्स क्लबले गर्नुपर्ने मानवीय र सामाजिक सेवा अन्तर्गत बृक्षरोपण गरिएको कार्यक्रम संयोजक सोवित थापाले बताए। क्लबका द्वितीय उपाध्यक्षसमेत रहेका… पुरा पढौ

‘सभामुखभन्दा मुख्य न्यायाधीवक्ताको सुविधा कम हुनुपर्छ’

पोखरा, १४ साउन । सरकारका कानूनी सल्लाहकार मुख्य न्यायाधीवक्तालाई सभामुखभन्दा सानो तहमा राख्नुपर्ने सांसदहरुको सुझाव छ।  गण्डकी प्रदेशको सोमबार संसद् बैठकमा बोल्ने का'ग्रेस सांसद दोवाटे विश्वकर्माले सभामुखभन्दा ठूलो पद मुख्य न्यायाधीवक्ताको हुन नहुने बताए। मुख्य न्यायाधीवक्ताको काम, कर्त्तब्य, अधिकार तथा सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले संसद् नै ओझेलमा पर्ने गरी मुख्य न्यायाधीवक्तालाई सुविधा दिनु उपयुक्त नभएको बताए।… पुरा पढौ

डिएलएमा अधिकारी, गण्डकीमा कोइराला

चितवन, १४ साउन। नेपाल डेमोक्रयाटिक लयर्स एशोसियशन -डीएलए) को १० औ' राष्ट्रिय महाधिवेशन योगेन्द्रबहादुर अधिकारीको नेतृत्वमा ४३ सदस्यीय नया' कार्यसमिति चयन गर्दै सोमबार गैंडाकोटमा सम्पन्न भयो । अधिकारीले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी सीताराम केसीले ३ सय ३४ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ४ सय ३५ मत प्राप्त गरी सुरेशकुमार पौडेल निर्वाचित हु'दा… पुरा पढौ

प्रधानन्यायाधीशको नाम अझै टुंगिएन

काठमाडौ', १४ साउन। भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन। संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हु'दा बैठक बुधबार ३:३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए। जोशीको फरक-फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको… पुरा पढौ