देश र समाज

सकसमा सरकारी स्कुल

पोखरा, ९ बैशाख। मादी गाउँपालिका-७, चिप्लीमा रहेको सिद्ध प्रावि अघिल्लो महिनादेखि बन्द भयो । पढिरहेका ४ बिद्यार्थीलाई निकालेर स्कुल बन्द गरिएपछि अभिभावकहरु बालबच्चा च्यापेर पोखरा झरे । उनीहरु अहिले भाडाको कोठामा बसेर बालबच्चालाई स्कुल पठाउँछन् । 'घर छेवैको स्कुल बन्द भो । अको स्कुलमा पठाऔं भने २ घण्टा हिड्नुपर्छ, एक अभिभावकले भने-अधिकार के के जाति गाउँमा आयो भन्छन् । भुराभुरी पढाउन चाहीँ शहर नझरी सुखै छैन ।’… पुरा पढौ

एकताप्रक्रियाबाट पछि नहट्ने ओली, र प्रचण्डको प्रतिबद्धता

काठमाडौ ९ बैशाख । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीएकतालाई सफल पार्नेबाहेक अको विकल्प नभएको बताएका छन् । उनले बरु खुट्टा ताछेर भएपनि जुत्ता मिलाउनुपर्ने उद्घोष समेत गरे । कम्युनिष्ट पार्टीस्थापना दिवसको अवसरमा आइतबार काठमाडौमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिष्टहरु मिल्न खोज्दा अनेक गरेर छिन्नभिन्न पार्ने काम गरेको भन्दै माओवादी- एमाले एकतालाई अब कसैले… पुरा पढौ

उपसभामुख दलित विद्यार्थीको अभिभावक

पोखरा, ९ वैशाख । प्रदेश ४ की उपसभामुख सिर्जना शर्मा आर्थिक स्थिति कमजोर रहेको दलित परिवारका एक बालकको अभिभावक बनेकी छन् । धादिङ घर भई हाल पोखरा घारीपाटन बस्ने कुशल बि.क.को अभिभावकत्व ग्रहण गर्दै उपसभामुख शर्माले ती बालकलाई आइतबार मासबारस्थित श्रीकृष्ण मावि कक्षा ४ मा भर्ना गराएकी हुन् । कुशलका बाबु कृष्ण बि.क. उपचार क्रममा आइसियुमा छन् भने आमा कुमारी बि.क. मजदूरी गर्दै छोराछोरी… पुरा पढौ

डाबाको रक्तदान

पोखरा, ९ वैशाख । नयाँ बर्ष - २०७५ को अवसरमा डु एगेन्सट ब्याड एक्सन (डाबा) क्लब पोखराले आइतबार रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाईटी पोखराको सहकार्यमा पोखरा बिरौटामा आयोजित कार्यक्रममा  २२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक स्वस्तिक सुवेदीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका बरिष्ठ प्राविधिक अधिकृत अर्जुन ज्ञावालीले पहिलो रक्तदाता होम रानालाई ब्लड व्याग हस्तान्तरण… पुरा पढौ

स्याड्जा टक्सार सुवेदी समाजमा लीला

पोखरा, ९ वैशाख । स्याङ्जा टक्सार सुवेदी समाजको अध्यक्षमा लिलाधर सुवेदी चयन भएका छन्। हालै सम्पन्न भएको सुवेदी बन्धुहरुको भेलाले  सुवेदीको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा रामु सुवेदी, उपाध्यक्ष भिमप्रसाद सुवेदी, महासचिवमा तुलसीराम सुवेदी, सचिवमा ताराप्रसाद सुवेदी, कोषाध्यक्षमा रामचन्द्र सुवेदी, सहकोषाध्यक्षमा तारा सुवेदी र सदस्यहरुमा इश्वर सुवेदी, चोलाकान्त सुवेदी, जगतप्रसाद सुवेदी, हरिश्चन्द्र सुवेदी, रामप्रसाद सुवेदी,… पुरा पढौ

लालीगुराँस महोत्सव सम्पन्न

हेमजा, ८ वैशाख । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफ्नो कार्यकालमा नेपालका गाउँगाउँमा खेलकुद मैदान निर्माण गर्ने उद्घोष गरेका छन्। उनले अधिकांश नेपाली मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको चर्चा गर्दै स्वास्थ्य जीवनयापनका लागि खेल महत्वपूर्ण रहने औल्याउँदै खेलकुद मैदान निर्माणमा जोड दिए। गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ को शनिबार समापन समारोहमा बोल्दै उनले धम्पुसस्थित पृथ्वीनारायण माविको खेलमैदानको स्तरन्नति गर्न आफूले… पुरा पढौ

सरकार अधिनायकवादतर्फ : देउवा

काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुन लागेको बताएका छन् । काठमाडौंमा शनिबार एक कार्यक्रममा उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरु गर्न खोजेको आरोप लगाए । 'यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्ने प्रयास भइरहेको छ,’ उनले भने । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले… पुरा पढौ

भूपू खेलाडी रानाभाटलाई सम्मान

पोखरा, ८ वैशाख। भूतपूर्व खेलाडीहरुको साझा मञ्च नेपाल भूतपूर्व खेलाडी मञ्चले संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई सम्मान गरेको छ। पूर्व राष्ट्रिय खेलाडी समेत रहेका रानाभाटले नेपालको खेलकुद विकासमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ । मञ्चको नवौं वाषिर्क साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष रानाभाटलाई प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसदद्वय मोहन रेग्मी, इन्द्रधारा विस्ट, मञ्चका अध्यक्ष तेज… पुरा पढौ

दुवै अध्यक्षको वार्ता

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टीएकीकरणलाई निष्कर्षमा पुर्‍याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा २ घण्टासम्म ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो । पार्टीएकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।… पुरा पढौ

भेद हटाउन सहभोज

लमजुङ, ८ वैशाख। लमजुङमा छुवाछुतसहितका विभेद हटाउन सहभोज कार्यक्रम गरिएको छ। सहभोजको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले उद्घाटन गरेका हुन्। वेशीशहर नगरपालिका- २ को नरुवालमा आयोजना गरिएको भोजमा प्रमुख अतिथि पाण्डेले सबै जाति समान भएको हुनाले जातकै आधारमा विभेद गर्न नपाइने बताए। समाज परिवर्तनका लागि चेतना र शिक्षाको आवश्यकता रहेको बताउँदै उनले जातीय छुवाछूत न्यूनीकरणका लागि जिल्लाका आठवटै स्थानीय तहमा… पुरा पढौ