देश र समाज

रूपा गाउँपालिकाको हल गोरुलाई हलो अभियान

पोखरा, ८ असोज। कास्कीको रुपा गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई हलो वितरण गर्ने भएको छ। आइतबार भएको पशु सेवा तर्फको कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले हलो वितरणका लागि गाउँपालिकाले चालू वर्षमा एक लाख ५० हजार विनियोजन गरेको जानकारी दिए। 'गाउँमा खेती किसानी गर्ने किसान कम हुँदै गएका छन्। कृषियोग्य भूमि दिनहुँ बाँझिएका छन्’-उनले भने-'किसानलाई प्रोत्साहन गर्न गाउँपालिका निरन्तर लाग्नेछ।’… पुरा पढौ

‘निर्वाचनका लागि एक हुनुहोस्’

पोखरा, ८ असोज। नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले एकभएर निर्वाचनमा जुट्न कास्कीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। 'अब निर्वाचनको नजिक छौ’-उनले भने-'सबै कुरा बिर्सेर पार्टीकाई जिताउन एक भएर लाग्नुहोस्।’ नेपाली काँग्रेस कास्कीले आइतवार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उम्मेदवार बन्नका लागि दौडधुप गर्न पाइने तर कसैलाइ टिकट दिइसकेपछि हिलो छ्याप्न नपाइने उल्लेख गरे। उनले पार्टीले संविधान कार्यान्वयनमा सफलता पाइसकेको… पुरा पढौ

‘सरकार संविधान कार्यान्वयनमा’

पोखरा, ७ असोज। उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकार संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताएका छन्। कठिन परिस्थितिमा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकारले संविधान कार्यान्वयन बामे सर्ने अवस्थामा पुर्‍याएको उनको दाबी छ। 'तीन चरणमा गरेरै भए पनि स्थानीय तहको चुनाव सम्पन्न भयो। संघ र प्रदेशको चुनावी मिति सार्वजनिक भैसकेको छ’-उनले भने-'तोकिएकै मितिमा चुनाव सकिन्छ। त्यसपछि मुलुकको पुनः निर्माणमा… पुरा पढौ

समृद्धिका लागि उत्पादनः मन्त्री थापा

लेखनाथ, ७ असोज। कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औ साधारण सभा शनिबार उद्घाटन गर्दै मन्त्री थापाले देशको आर्थिक समृद्धिका लागि अर्थतन्त्र बलियो हुनु पर्ने बताए। उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउदै पुँजी निर्माणतर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह गरे। निजी क्षेत्रको सहयोगले… पुरा पढौ

एक सय नौ तहको नतिजा सार्वजनिक

काठमाडौं, ७ असोज। स्थानीय तहको निर्वाचनअर्न्तर्गत प्रदेश २ का आठ जिल्लाका एक सय ३६ स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले शनिबार साँझसम्ममा एक सय नौ तहको मतपरिणाम सार्वजनिक भएको जनाएको छ। जसअनुसार प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३५, नेकपा एमाले १४, नेकपा माओवादी केन्द्र १९, राष्ट्रिय जनता पाटीनेपाल २०, संघीय समाजवादी फोरम नेपाल २२, फोरम लोकतान्त्रिक… पुरा पढौ

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव

पोखरा, ६ असोज। अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ। तीन चरणमा गर्न लागिएको महोत्सवअर्न्तर्गत असोज २५ मा अन्नपूर्ण आधार शिविरमा विभिन्न कार्यक्रमका साथ महोत्सवको प्रथम चरणको कार्यक्रम गरिने महोत्सव आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए। अन्नपूर्ण गाउँपालिकासहित विभिन्न संघसंस्थाको सहयोगमा हुने महोत्सवको दोस्रो चरण आगामी पुस १० देखि १५… पुरा पढौ

अझै पाएनन् भूकम्पपीडितले पहिलो किस्ता

लमजुङ, ७ असोज। मध्यनेपाल नगरपालिकाका भूकम्पपीडितले घर बनाउन पहिलो किस्ता रकम अझै पाउन सकेका छैनन्। भूकम्पले घर भत्काएर घरबारविहीन पीडितले दशैँअघि भूकम्पको अनुदानको पहिलो किस्ता नपाउने भएका हु्न्। नगरपालिकाका एक हजार पाँच सय पाँच परिवार लाभग्राही (पीडित) मध्ये कसैको पनि समयमै अनुदान सम्झौता हुन नसकेपछि उनीहरुले दशैँअघि अनुदानको पहिलो किस्ता नपाउने निश्चित भएको हो। उक्त नगरपालिकाअर्न्तर्गत साविकका नौ गाउँ विकास… पुरा पढौ

दुर्घटनामा तीनको मृत्यु, १८ घाइते

काठमाडौं, ६ असोज। रामेछापमा शुक्रबार भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। रामेछापको च्यास्कुबाट काठमाडौंतर्फ आउदै गरेको बा२ख ६३७५ नम्बरको बस रामेछापको बिटारस्थित सानाबारी पाखामा दुर्घटना भएको हो। दुर्घटनामा बझाङ जिल्ला राय गाउँपालिकाका २५ वर्षीया उमा खड्का, रामेछाप नगरपालिका ८ भंगेरीका ५५ वर्षीय दीपक श्रेष्ठ र रामेछाप नगरपालिका ७ सुकाजोर धापका २७ वर्षीया… पुरा पढौ

काँग्रेसको अग्रता कायमै, एमाले पा“चौमा

काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को एक सय ३६ तहमध्ये शुक्रबार रातिसम्म करिब आधा तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार काँग्रेसले अग्रता कायमै राखेको छ भने यसअघिको दुर्इवटै चरणको निर्वाचनमा पहिलो स्थानमा आएको एमाले पछिल्लो परिणाममा पाँचौ स्थानमा देखिएको छ । नतिजाअनुसार काँग्रेस २३ स्थानमा विजयी हुँदै अग्र स्थानमा देखिएको छ भने माओवादी केन्द्रले १३… पुरा पढौ

एकताका लागि एक हुनुपर्छः श्रेष्ठ

वालिङ, ६ असोज। उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय एकता र विकासका लागि सबै दलहरु एकै ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन्। वालिङ नगरपालिका भवनको उद्घाटन एवं स्मार्ट वालिङ पिङ्क कलरको शुभारम्भ गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधानको कार्यान्वयनसँगै सबै दल एक ठाउँमा उभिएर देशको विकासकालागि राष्ट्रिय एकताको नारा दिई मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। 'मंसिर १० र २१ मा संघ र… पुरा पढौ