पाेखरा र सेराेफेराे

देवीलाल सापकोटाको स्मृतिमा अक्षयकोष

पोखरा, १६ असोज । पोखरा-२५, हेमजाका देवीलाल (कलाधर) सापकोटाको स्मृतिमा उनकी श्रीमती हरिकला र छोरा प्रकाशचन्द्र सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको देवीलाल स्मृति अक्षयकोष स्थापना गरेका छन् । लायन्स क्लब अफ पोखरा लालीगुराँसको गभनर्स क्लब भिजिट तथा सम्मान कार्यक्रममा उनीहरुले अक्षयकोष स्थापना घोषणा गर्दै अक्षयकोषवापत रकम क्लब अध्यक्ष धर्मराज भण्डारी तथा कोषाध्यक्ष ऋषिराम पौडेललाई संयुक्तरुपमा हस्तान्तरण गरे । लायन्स… पुरा पढौ

तीलकुमारीलाई बिमाले दियो सहारा

लेखनाथ, १६ असोज। एलआईसी नेपालले पोखरा-३२, तल्लो गगनगौंडाका टंकबहादुर गुरुङको परिवारलाई बिमावापत मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ। २०७० सालमा आफ्नो बिमा गराएका गुरुङको यस वर्षको असारमा मृत्यु भएको थियो। पतिको निधनपछि एक्लोपन महसुस गरेकी तीलकुमारी गुरुङलाई एलआईसीका प्रतिनिधिले घरमै गएर मृत्यु दाबीवापत १३ लाख रुपैयाँ बराबरको चेक दिँदा उनले गहभरी आँसु झारिन्। उनी अतिततिर फर्किन् र भनिन्, ‘बिमा मेरो… पुरा पढौ

असल छिमेकी नेपालमा गुरुङ

पोखरा, १६ असोज। असल छिमेकी नेपालको १६ औं वाषिर्क साधारणसभा तथा अधिवेशनले अध्यक्षमा भरतबहादुर गुरुङलाई चयन गरेको छ। आगामी ३ वर्षे कार्यकालको लागि उपाध्यक्ष मुक्तिनाथ ढकाल, सचिव प्रकाश भुजेल, कोषाध्यक्ष पूर्णलाल कायस्थ, सदस्य रिचल घिमिरे, विष्णुकुमारी गुरुङ, दुर्गा गुरुङ, विन्दु राई, नरबहादुर परियार, मीनबहादुर गुरुङ, राम कुमार श्रेष्ठ चयन भए। असल छिमेकी नेपाल पोखरेली ख्रीस्टिय समुदायको पहलमा सामाजिक सेवाको माध्यमबाट… पुरा पढौ

एकीकृत सम्पत्ति कर नलिन अन्तरिम आदेश

पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर नउठाउन उच्च अदालत पोखराले विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको छ । अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको मंगलबारको संयुक्त इजलासले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म एकीकृत सम्पत्ति कर नउठाउन अन्तरिम आदेश जारी गरेको हो । एकीकृत सम्पत्ती कर खारेजी माग गर्दै ज्ञानबहादुर कोइरालाले पोखरा महानगरपालिकालाई विपक्षी बनाई अदालतमा उत्प्रेषण… पुरा पढौ

गण्डकी प्रदेशको लोगो तयार

पोखरा, १५ असोज । गण्डकी प्रदेशको लोगो तयार भएको छ । गोरखाका विनित रानामगरले तयार गरेको लोगो सोमबार सार्वजनिक गरिएको हो । प्रदेशको नाम टुंगाएको साढे २ महिनापछि गण्डकीले सबै क्षेत्रको पहिचान झल्किने प्रदेश चिन्ह बनाएको हो । धानका दुर्इवटा बालाले घेरेको गोलाकारभित्र माछापुच्छ्रे हिमालको चुचुरो सहित अन्नपूर्ण हिमश्रृंखला सिरानमा छ भने त्यसभन्दा तलतिर क्रमशः पहाड र तराईको आकार छ । नेपालको नक्साभित्र गण्डकी प्रदेशको… पुरा पढौ

‘पत्रकारिता गर्नेलाई कसैले रोक्न सक्दैन’

पोखरा, १५ असोज।आचारसंहिताभित्र रहेर आम जनताका हितमा काम गर्ने पत्रकारलाई कसैले रोक्न नसक्ने धारणा यहाँ एक कार्यक्रममा वक्ताले राखेका छन्। क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिद्वारा पोखरामा सोमवार आयोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा उक्त धारणा व्यक्त भएको हो। कार्यक्रमका प्रमुख अतिथि रातो खबर प्रकाशन गृहका निर्देशक गुणराज लोहनीले आम जनतालाई सचेत गराउनु पत्रकारको कर्तव्य भएको बताए।… पुरा पढौ

लामेआहालको महायज्ञमा सात लाख संकलन

लेखनाथ, १५ असोज। पोखरा महानगरपालिका वडा-३२, लामेआहाल श्यामघाटमा जारी माता पिता भक्ति तथा पितृपुराण ज्ञानमहायज्ञमा सहयोग गर्नेहरु दिनप्रतिदिन बढेका छन्। महायज्ञको सातौं दिन सोमबारसम्म आईपुग्दा करिब सात लाख रुपैयाँ संकलन भइसकेको आर्थिक संयोजक शिवबहादुर थापाले जानकारी दिए। सोह्र श्राद्ध अवसर पारेर असोज ९ देखि शुरु महायज्ञमा पितृको सम्झनामाा विभिन्न ठाउँबाट आउने भक्तजनले सोहृ श्राद्धको कर्म गर्न पाउने भएकाले पनि महायज्ञमा आकर्षण… पुरा पढौ

व्यवसायी अधिकारी सम्मानित

पोखरा, १५ असोज। लामो समयदेखि यातायात तथा पर्यटन व्यवसायमा क्रियाशील युवा व्यवसायी केशवप्रसाद अधिकारी सम्मानित भएका छन्। यातायात व्यवसायका माध्यमबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए बापत अधिकारीलाई राष्ट्र संरक्षण मिडियाले काठमाडौंमा आयोजित एक समारोहमा सम्मान गरेको हो। कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अधिकारीलाई सम्मान गरे। पोखरा-काठमाडौंमा एसियाकै स्तरीय पर्यटक बस सञ्चालन गर्न सफल अधिकारीकै अगुवाइमा नेपाल भारतमैत्री बस समेत… पुरा पढौ

वडा नं ३२ बालबालिका विद्यालय भर्ना वडा

लेखनाथ, १४ असोज । पोखरा महानगरपालिका वडा नम्वर ३२ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले एक कार्यक्रमकाबीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गरेकी हुन्। वडाका ६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरी विद्यालयबाहिर नरहेको घोषणा गरिएको हो । घोषणासभामा कार्यबाहक प्रमुख गुरुङले… पुरा पढौ

श्रेया बिकको परिवारलाई केभसिटी सहयोग

केभसिटी मिडियाले भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो । गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी… पुरा पढौ