पाेखरा र सेराेफेराे

उच्च वारमा उम्मेदवार परिचय

पोखरा, ३० साउन । पोखरा उच्च अदालत वार एशोसिएसनको भदौ २ मा हुने निर्वाचनको लागि बुधबार उम्मेदवार परिचय कार्यक्रम भएको छ । चुनावमा प्रगतिशील तथा पेसागत समूह र प्रजातान्त्रिक समूह गरी २ प्यानल चुनावी भिडन्तमा छ । निर्वाचन समितिको आयोजनामा उच्च वार भवनमा भएको कार्यक्रममा दुवै समूहले पेसागत हकहित र बार-बेञ्च सम्बन्ध सुधारका लागि उम्मेदवारी दिएको दाबी गरे । वामनिकट कानून व्यवसायीमध्ये प्रगतिशील तथा… पुरा पढौ

सिर्द्धार्थ बुद्ध टोलको सरसफाइ

लेखनाथ, ३० साउन । टोल सफा र स्वच्छ बनाइराख्न पोखरा-२९ को सिर्द्धार्थ बुद्ध टोल विकास संस्थाले सरसफाइ अभियान तीव्र पारेको छ । सरसफाइबारे सचेतना जगाउँदै बुधवार टोलको क्षेत्राधिकारअन्तर्गत बाटोको दायाँ-बायाँको फोहर संकलन गर्ने र आफ्नो घरआँगनअघि स्वयंले सफा राख्न सबैलाई आग्रह गरिएको थियो । संस्था अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको नेतृत्वमा निस्किएको टोलीले पृथ्वीराजमार्गको छेउछाउ, भण्डारढिक र खल्याण लगायत क्षेत्रमा सरसफाइ गरेको हो । वडाध्यक्ष… पुरा पढौ

रत्न मन्दिर सर्वसाधारणका लागि खुल्दै

पोखरा, ३० साउन । प्रदेश सरकारले रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी गरेको छ । नेपाल ट्रष्ट मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रिय सरकारसँग छलफल गरी पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । 'हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गर्ने हाम्रो योजना छ,’ मन्त्री लम्सालले भने,… पुरा पढौ

पोखरामा ट्होटें मनाइयो

पोखरा, २९ साउन । तमु समुदायको परम्परागत साँस्कृतिक पर्व ट्होटें पोखरामा मंगलबार मनाइएको छ । तमु धिं नेपालको आयोजनामा सो पर्व र्‍याली, सभा र सम्मान कार्यक्रमसहित मनाइएको हो । पोखराको पुरानो टुँडिखेलमा पितृ र प्रकृतिको पूजा गर्दै शुरु उधौली ट्होटें र्‍याली बागबजार, विन्दवासिनी भैरवटोल, नालाको मुख, सिर्द्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजारस्थित तमु धिं नेपालमा पुगेर समारोहको आयोजना गरिएको थियो । ट्होटें र्‍यालीमा मौलिक भेषभूषा, बाजागाजा,… पुरा पढौ

बन्दले जनजीवन प्रभावित

पोखरा, २९ साउन । नेत्र विक्रम चन्द नेपाल कम्युनिष्ट पार्टिे मंगलबार आहृवान गरेको नेपाल बन्दको कारण जनजीवन प्रभावित बन्यो । बन्दका कारण गण्डकी प्रदेशमा छिटपुट घटनाबारे कुनै अप्रिय घटना हुन पाएन । पोखरा तालचोकस्थित धर्मकाटा अगाडि पृथ्वी राजमार्ग सडकमा सर्वसाधारण तर्साने गरी बम राखिएकोमा सुरक्षाकर्मीले डिस्पोज गरेको छ । बिहान ११ बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरे पश्चात कालिभञ्ज्याङ गण, विजयपुरको बम डिस्पोजल टोलीले… पुरा पढौ

ट्होटेंमा चिउली पार्चे प्रथम

पोखरा, २९ साउन । तमु धिं नेपालद्वारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम भएको छ  । यस्तै, दूधपोखरी दोश्रो, फूलबारी तेस्रो भयो । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । यस्तै, बगर, याङ्जाकोट र तनहुँ तमु समाज सान्त्वना हुँदै जनही ३ हजार पाए । झोरा प्रस्तुत गरेको आँधीखोला तमु समाजलाई ३… पुरा पढौ

दाह्री ग्याङको रक्तदान

पोखरा, २९ साउन । दाह्री ग्याङ पोखराका सदस्यले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा २ सय १ युनिट रगत संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस सर्न्दर्भ पारेर आयोजित रक्तदान कार्यक्रममा दाह्री पाल्ने र सौखिन युवालाई युवतीले समेत साथ दिएका थिए । गत वर्ष झैं यसपटक पनि दाह्री ग्याङ पोखराले सोमबार बोलबमको अन्तिम दिन केदारेश्वर मन्दिरको मूलद्वार अघि सो कार्यक्रम गरेको हो । प्रमुख अतिथि… पुरा पढौ

औषधि संघको रक्तदान

पोखरा, २९ साउन । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाइले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । संघले ४९ औँ वाषिर्कोत्सव अवसरमा आयोजित कार्यक्रममा नेपाल मेडिकल एशोसियसन गण्डकी शाखाका अध्यक्ष डा निर्मल लामिछानेले पहिलो रक्तदाता संघका वरिष्ठ सदस्य कैलाश राइलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।डा लामिछानेले रक्तदानले कसैको जीवन बचाउने हुँदा रक्तदान गर्न उपयुक्त… पुरा पढौ

खानेपानीको सही व्यवस्थापनबाट नै राष्ट्र निर्माण गर्न सकिन्छ : मन्त्री बिना मगर

पोखरा, २७ साउन । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले जनतालाई खानेपानीको सही पहुँचको सुनिश्चितता गरेर त्यसबाट हुने आयले राष्ट्र निर्माण गर्न सकिने वताएकी छिन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री मगरले हिमालबाट बग्ने हिमनदिहरुको पानी (ग्लेसियर वाटर) विश्वमै उच्च गुणस्तरको पानी भएको र नेपालका हिमालबाट निस्कने ग्लेसियरको पानीलाई अन्तराष्ट्रिय वजारमा पुर्‍याउन… पुरा पढौ

रुद्र महादेव टोलविकासको साधारणसभा

हेमजा, २७ साउन ।  पोखरा-२५, हेमजास्थित रुद्रमहादेव टोलविकास संस्थाको तेस्रो साधरणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य दलबहादुर कुँवरले रुद्रमहादेव टोल विकास संस्था वडाकै नमुना टोल विकास संस्था रहेको दावी गर्दै वडाको विकासका लागि टोलविकास संस्थासँग वडा कार्यालय सहकार्य गर्न तयार रहेको भनाई राखे । सदस्य कुँवरले आफ्नो टोलका सबै क्षेत्रमा सडक बत्ती समेत जडान गर्न सफल भएकोमा… पुरा पढौ