पाेखरा र सेराेफेराे

लेखनाथ साना शहरी खानेपानीको १४ औँ साधारणसभा

लेखनाथ, २७ असोज। लेखनाथ नगर क्षेत्रमा व्यवस्थित खानेपानी प्रबन्ध गर्दै आएको लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १४ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ। पूर्व स्वास्थ्य मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पानीका कारण ८० प्रतिशतभन्दा बढी रोग लाग्न सक्ने भएकाले हामीले प्रयोग गर्ने पानी शुद्ध र सफा हुनु पर्ने बताए । जनताबाट संचालित सो योजनामा सरकारको पनि… पुरा पढौ

तारकाङ पोखराको शुभकामना आदानप्रदान

पोखरा, २७ असोज । तारकाङ पोखरा सम्पर्क समाजले दशैं, तिहार, छठ, नेपाल संवत्को अवसर पारेर  शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। समाजका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नेत्र तिमिल्सिना र स्वागत गुरुप्रसाद सापकोटाले गरेका थिए। कार्यक्रममा तारकाङ जन्मस्थान भई पोखरालाई कर्मथलो बनाएकाहरुको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा समाजसेवी बुद्धिसागर सापकोटा, गौरी सापकोटा, यमनाथ सापकोटा, टंकनाथ सापकोटा लगायतले आफ्नो… पुरा पढौ

सच्चाइद्वारा ज्येष्ठ नागरिक सम्मान

पोखरा, २७ असोज । इश्वरीयमार्ग भजनमण्डल काँहुखोला शाखा सच्चाइ परिवार पोखरा-१३ ले शनिवार शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सच्चाइ परिवारका सदस्य एवं शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा ६१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिका वडा १३ का वडाध्यक्ष दर्शन लामा, शाखाका अध्यक्ष रामबहादुर केसी, उपाध्यक्ष लक्ष्मी केसी, वरिष्ठ सल्लाहकार बुद्विबहादुर परियार, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक… पुरा पढौ

पोखरामा अब नयाँ औद्योगिक क्षेत्र

पोखरा, २५ असोज । पोखरा महानगरपालिका क्षेत्रभित्र नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि छलफल शुरु भएको छ । विहीवार बसेको कार्यपालिका बैठकबाट औद्योगिकग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको छ । नेपाल औद्योगिक विकास व्यवस्थापन लि.लाई सम्भाव्यताको लागि सैद्धान्तिक सहमति दिइएको मेयर मानबहादुर जिसीले जानकारी दिए। ‘अध्ययन गर्नका लागि सैद्धान्तिक सहमति दिएको हो । उनीहरु काम गर्न आतुर छन्,’ जिसीले भने, ‘यसअघि पनि पटक-पटक… पुरा पढौ

बतास ब्रदर्शका नयाँ शो रुम

लेखनाथ, २५ असोज। बतास ब्रदर्श प्रालि, पोखराले एकै दिन लेखनाथसहित गण्डकी-धौलागिरी क्षेत्रमा चार टिभिएस शो रुम शुभारम्भ गरेको छ।  पोखरा २७ तालचोक सहित बन्दीपुर-१ डुम्रे, वेशीशहर-८ र कुश्मा बान्द्रेबिडीमा शो रुम खुलेको हो । तालचोक शोरुम उद्घाटन लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, बतास ब्रदर्शका प्रबन्ध निर्देशक शान्तराज बतास र इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायव उपरीक्षक विष्णुवरसिंह थापाले संयुक्त… पुरा पढौ

आयोग टुलुटुलु हेरेर बस्दैनः अख्तियार प्रमुख घिमिरे

पोखरा, २४ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आफ्नै भवन निर्माण गर्ने भएको छ। घरेलु तथा साना उद्योग कार्यालयको परिसरभित्र साढे दुर्इतले भवन निर्माणको काम शुरु भैसकेको छ। अख्तियार र अख्तियारअन्तर्गत रहने प्रहरीको छुट्टाछुट्टै दुर्इवटा भवन निर्माण हुनेछ। मुख्य भवन साढे दुर्इतला र प्रहरीको साढे तीनतलाको भवन निर्माण गरिएको अख्यिार पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए। उनका अनुसार मुख्य भवनमा… पुरा पढौ

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव शुरु

पोखरा, २४ असोज। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि दुर्गा पुजा महोत्सव शुरु भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ। महोत्सव शुरुअघि मन्दिर परिसरबाट नौ वटै देवीको झाँकी तथा एक सय आठ कलशसहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो। शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालाको मुख, तेसापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिर्द्धार्थचोक, रामकृष्णटोल हुँदै मन्दिरमा पुगेर समापन भएको थियो।… पुरा पढौ

माछापुच्छे्र महोत्सव शुरु

हेमजा, २४ असोज। माछापुच्छे्र गाउँपालिका-१, टुसेस्थित माछापुच्छे्र गुरासेँ भूमे युवा क्लबको आयोजनामा बुधवारदेखि माछापुच्छे्र महोत्सव-२०७५ शुरु भएको छ। महोत्सव उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा मेला महोत्सवले कला संस्कृतिको जगेर्ना गर्न भूमिका खेल्ने बताए । उनले माछापुच्छे्र गाउँपालिका क्षेत्र प्राकृतिक स्रोत तथा पर्यटनको हिसाबले महत्वपूर्ण भएको जनाए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छे्र गाउँपालिकाको पर्यटन प्रवर्द्घनमा महोत्सवले सघाउने विश्वास व्यक्त… पुरा पढौ

पोखरा ४ बाट कर संकलन

पोखरा, २४ असोज । पोखरा वडा ४ बाट कर संकलन शुरु भएको छ । महानगरले वडा तहबाटै नागरिकलाई सेवा दिने घोषणा गरेपछि ४ नम्बर वडाले पनि संरचना तयार गरी बुधबारदेखि काम थालेको हो । नाता प्रमाणितसहित चारकिल्ला, आयश्रोत प्रमाणित, सम्पत्ति मूल्यांकन, करचुक्ता, अनलाइन व्यक्तिगत घटना दर्ता, सरसफाइ शुल्क, अंग्रेजी सिफारिस लगायत काम वडाबाटै हुने वडाध्यक्ष शंकर बास्तोलाले बताए। ‘स्थानीय सरकार बनेपछि जनतालाई तल्लो… पुरा पढौ

उज्ज्वल टोल विकास संस्थाको चौथो साधारणसभा

पोखरा, २४ असोज। पोखरा महानगरपालिका वडा १३, पाटनवेशीस्थित उज्ज्वल टोल विकास संस्थाको चौथो वाषिर्क साधारणसभा बुधबार सम्पन्न भएको छ। सो अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाका सचिव गंगाधर बास्तोला र ज्येष्ठ नागरिक भुवनसिंह बिकलाई सम्मान गरियो । त्यस्तै, तीज अवसरमा वडामा आयोजित तीज गीत प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने संस्थाका महिला टोली कुमारी बिक, शान्ति राना, चन्द्र बिक, विष्णु गुरुङ, सपना… पुरा पढौ