पाेखरा र सेराेफेराे

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

पोखरा, १६ चैत। पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९ देखि आगामी वैशाख २ गतेसम्म पोखराको वसुन्धरा पार्कमा आयोजना हुने दशौं फेवा नव वर्ष महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। विगत वर्षमा भन्दा यसपटकको महोत्सव भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको महोत्सवका संयोजक विकल तुलाचनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। अङ्ग्रेजी नयाँ वर्षजस्तै नेपाली नयाँ… पुरा पढौ

लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीमा पौडेल

पोखरा, १६ चैत। लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको २०१३ -१४ का लागि नरहरि पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा इलेक्टेड अध्यक्ष नरहरि पौडेल, निवर्तमान अध्यक्षमा बलाराम बडाल, प्रथम उपाध्यक्षमा अर्जुन गिरी, द्वितीय उपाध्यक्षमा रामेश्वर आचार्य, तृतीय उपाध्यक्षमा दीपक घिमिरे, सचिवमा पवित्रमणि पोखरेल, सहसचिवमा नगेन्द्रप्रसाद पोखरेल, कोषाध्यमा ध्रुवप्रसाद रेग्मी, सहकोषाध्यमा शिवराज बराल, पि.आर.ओ.मा शिशिर मिश्र, टेलट्वीस्टरमा मुक्ति… पुरा पढौ

लियो अन्नपूर्णमा बराल

पोखरा, १६ चैत। लियो क्लब अफ पोखरा अन्नपूर्णको आठौ अधिवेशनले अनिरुद्र बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। लियो वर्ष २०१३/१४ का लागी निर्वाचित उक्त समितिको प्रथम उपाध्यक्षमा विष्णु भट्टराई, द्वितीय उपाध्यक्षमा नरेश कोइराला र तृतीय उपाध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन। समितिको सचिवमा शिव पौडेल, सहसचिवमा इश्वर कोइराला, कोषाध्यक्षमा रामकृष्ण ढु·ाना र सहकोषाध्यक्षमा ढाकेश्वर पहारी चयन भएका छन। कार्यक्रमका… पुरा पढौ

महिला सङ्घ वडा नं. ९ को नारी जागरण कार्यक्रम सम्पन्न

पोखरा, १६ चैत। नेपाल महिला सङ्घ वडा नम्बर-९ पोखराको आयोजनामा पोखरा-९ नागढु·ामा शुक्रबार नारी जागरण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। नागढुङ्गा टोलविकास संस्था र नागढुङ्गा आमा समूहको सहकार्यमा सङ्घले आयोजना गरेको कार्यक्रममा महिला हिंसा, पारिवारिक समस्या, महिला सशक्तीकरण, रोजगारी समस्या, स्वरोजगार लगायतका विषयमा परामर्श दिइएको सङ्घले जनाएको छ।नेपाल महिला सङ्घ वडा नम्बर-९ पोखराकी अध्यक्ष सुनयना पालिखे, महिला नेतृ उमा… पुरा पढौ

सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व विषयक क्षेत्रीय गोष्ठी

पोखरा, १५ चैत। सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयको आयोजनामा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व विषयक क्षेत्रीय गोष्ठी बिहीबार सम्पन्न भएको छ। गोष्ठीमा मध्यमाञ्चल तथा पश्चिमाञ्चलका सरकारी कार्यालयका क्षेत्रीय निर्देशकहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, क्षेत्रस्थित कोलेनीका प्रमुखहरू सुरक्षा निकायका प्रमुख तथ सञ्चारकर्मीको सहभागिता रहेको थियो। कार्यक्रममा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सचिवालयका संयोजक सुरेश प्रधान, सदस्य-सचिव बाबुराम सुवेदी, नायव महालेखा… पुरा पढौ

तोरन्ल मेर-२०६९ को बिदाइ

पोखरा, १५ चैत। थकाली जातिको महान चाड ‘तोरन्ल मेर’को बिहीबार पोखरामा एक कार्यक्रमका साथ सम्पन्न भयो। थकाली सेवा समिति नदीपुर पोखरामा आयोजित उक्त कार्यक्रममा समितिका अध्यक्ष अम्बरबहादुर तुलाचनले धस -तारो) को पूजा गरी सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस वर्षको तोरन्ल मेर कार्यक्रमको समापन भएको घोषणा गरेका थिए। कार्यक्रमको सञ्चालन उपाध्यक्ष विश्वमोहन गौचनले गरेका थिए। तोरन्ल मेर -फागु पूणिर्मा) लाई… पुरा पढौ

चौथो हेमजा आलु महोत्सवलाई विभिन्न सङ्घ-संस्थाले सहयोग गर्ने हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महोत्सवको भूमिका महत्त्वपूर्ण

पोखरा, १५ चैत। विष्णुपादुका क्लब हेमजाको संयोजनमा आगामी चैत २१ गतेदेखि हेमजामा हुने चौथो हेमजा आलु महोत्सव २०६९ सङ्घसंस्था तथा सुरक्षा निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महोत्सव मूलआयोजक समितिले आयोजना गरेको वृहत् छलफल कार्यक्रममा सहभागी सरकारी निकायका प्रमुख, विभिन्न सङ्घ-संस्था तथा सुरक्षा निकायका प्रमुखहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। हेमजामा हुने गरेको महोत्सवले हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महत्त्वपूर्ण… पुरा पढौ

जुरेस साईनिङ स्टारद्वारा सहयोग हस्तान्तरण

पोखरा, १५ चैत। जुनियर रेडक्रस सर्कल साईनिङ स्टार आवासीय मावि पोखरा ६ बैदामको आयोजनामा बिहीबार विभिन्न क्षेत्रका व्यक्तिलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाढीपीडित तीन जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो। त्यस्तै दुवै मृगौलापीडित १७ वषीय समीर गुरुङ र मुटुको भल्व खराब भएका शिक्षक शिव भट्टराईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा एल एञ्जल स्कुल लामाचौरमा अध्ययनरत… पुरा पढौ

कोल्डस्टोर र क्षेत्रीय हुलाक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया

पोखरा, १४ चैत। एकीकृत नेकपा माओवादी वडा एकाइ समिति ९ को आयोजनामा सुन्दर पोखरा निर्माण अभियानमा कोल्डस्टोर र हुलाक कार्यालयको जमीन व्यवस्थापनविषयक अन्तरक्रिया बुधबार पोखरामा सम्पन्न भएको छ। अन्तरक्रियामा बोल्ने वक्ताले पोखराको महेन्द्रपुलमा रहेको हुलाक कार्यालय भएको स्थानमा पार्क निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कोल्डस्टोर पुन सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने उनीहरूको जोड छ। पोखरा वडा नं ९ वडा विकास सङ्घ… पुरा पढौ

भगवती आमा समूहमा पुनः गुरुङ

पोखरा, १४ चैत। भगवती आमा समूह वडा नं १८ मसिनाको अध्यक्षमा पुनःदिलमाया गुरुङ निर्विरोध चयन भएकी छिन्। समूहको मंगलवार सम्पन्न पाँचौ वाषिर्कोत्सव चौथो साधारणसभा तथा अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा जीवनकुमारी बराल, सचिवमा सुनिता आचार्य, सहसचिवमा सीता थापा, कोषाध्यक्षमा काशीमाया गुरुङ तथा सदस्यहरूमा राधा आचार्य, शोभा गुरुङ, लक्ष्मी परियार, सविता चापागाई, रामु खत्री,… पुरा पढौ