पाेखरा र सेराेफेराे

पार्वती टोल विकास संस्थाको पाँचौँ वाषिर्कोत्सव

पोखरा, १२ चैत। पार्वती टोल विकास संस्थाको पाँचौं वाषिर्कोत्सव कार्यक्रम विविध कार्यक्रमका साथमा सोमबार सम्पन्न भयो।संस्थाको वाषिर्कोत्सवका साथमा तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रम समेत सम्पन्न भएको थियो। कार्यक्रममा टोल विकास संस्थाका ज्येेष्ठ नागरिक तथा संस्थालाई सहयोग गर्ने र टोल विकास संस्थाका एसएलसीमा उत्तीर्ण भएका छात्रछात्रालाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं ९का सचिव लोकदर्शन कोइराला… पुरा पढौ

जनप्रिय क्याम्पसमा अनुसन्धान पद्धति र प्रस्तावना लेखन तालिम

पोखरा, १२ चैत। जनप्रिय बहुमुखी क्याम्पस अन्तर्गतको जनप्रिय अनुसन्धान तथा परामर्श केन्द्रले आयोजना गरेको दुर्इ दिने अनुसन्धान पद्धति र प्रस्तावना लेखन तालिम शनिबार पोखरामा सम्पन्न भयो। क्याम्पस प्रमुख माधव वियोगीले कार्यक्रमको उद्घाटन गर्दै प्राध्यापकहरूलाई अध्ययन संस्कृति र अनुसन्धान पद्धति विकास गरी शोधकार्यमा लाग्न प्रेरित गरेका थिए। २४ जना प्राध्यापकको सहभागिता रहेको तालिममा प्रा.डा. विकासकुमार केसी, डा.विष्णुप्रसाद पौडेल, डा.पुष्पराज शर्मा, डा.… पुरा पढौ

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कारद्वारा प्रधान सम्मानित

पोखरा, १० चैत। गायक प्रेमध्वज प्रधान श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार-२०६९ बाट सम्मानित भएका छन्। सो पुरस्कारको सञ्चालक संस्था भैरव साँस्कृतिक संरक्षण समितिले शनिबार पोखरामा आयोजना गरेको समारोहमा वरिष्ठ गीतकार, कवि रत्नशमशेर थापाले प्रधानलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन। पुरस्कारको राशी नगद रु. २५ हजार र सम्मान-पत्र रहेको छ। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ गीतकार थापाले नेपाली संगीतको उत्थानमा सबै लाग्नु… पुरा पढौ

सिर्द्धार्थ तमु समाजको अध्यक्षमा श्रीमान

पोखरा, १० चैत। सिर्द्धार्थ तमु समाज पोखराको सातौ साधारण सभा एवं चौथो अधिवेशन नयाँ कार्यसमिति गठन गरी शनिबार सम्पन्न भयो। अधिवेशनले श्रीमान गुरूङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा गेसबहादुर गुरूङ, सचिवमा रोशन गुरूङ, सहसचिवमा धनबहादुर गुरूङ र कोषाध्यक्षमा सु. केहरसिंह गुरूङ चयन भएका छन्। त्यसैगरी सदस्यमा रामप्रसाद गुरूङ, बचनबहादुर गुरूङ, मोहनथापा गुरूङ, गीमाया गुरूङ, टंक… पुरा पढौ

नेष्टद्वारा पत्रकारसँग छलफल

पोखरा, १० चैत। सीप हस्तान्तरणद्वारा सशक्तिकरण (नेष्ट) ले संस्था दशौ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार छलफल कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले दश वर्षसम्ममा गरेका गतिविधि जानकारी दिने उद्देश्यले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो। नेष्ट नेपालका ७१ वटा जिल्लामा कृषि, पशुपालन, खानेपानी सरसफाई, वन वातवरण र समाजिक तथा संस्थागत विकासका लागि काम गर्दै आएको छ। दश वर्षको कार्याकालमा सचेतनाभन्दा पनि… पुरा पढौ

वटरफ्लाई फाउण्डेशन र सेवा अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, १० चैत। वटरफ्लाई फाउण्डेशन नेपाल कास्की र कास्की सेवा अस्पतालको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ। शिविरमा सहयोगीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरेको उक्त शिविरमा तीन सय ५५ विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। कास्की सेवा अस्पतालका प्रवन्ध निर्देशक डा. पदमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैरे, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष… पुरा पढौ

लिटिल लनर्स मन्टेश्वरीको प्रथम वाषिर्कोत्सव

पोखरा, १० चैत। लिटिल लनर्स मन्टेश्वरी, पोखरा-२ को प्रथम वाषिर्कोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कन्या क्याम्पस, नदीपुरका क्याम्पस प्रमुख सुरेन्द्र भारीले बालमैत्री शिक्षा प्रदान गर्न मन्टेसरी शिक्षाको महत्वपूर्ण स्थान हुने धारणा राखे। उनले शिक्षिकाहरुलाई तालिमको अवसर प्रदान गरी अझ परिकृतरुपमा मन्टेश्वरी सञ्चालन गर्न सुझाव दिए।सो अवसरमा पिसजोन एकेडेमीका संस्थापक योगेन्द्र शर्मा दाहालले पनि बोलेका… पुरा पढौ

एकता इलेक्टि्रसियन एशोसिएसनद्वारा रक्तदान

पोखरा, १० चैत। एकता इलेक्टि्रसियन एशोसिएसनको आयोजनामा पोखराको बिरौटाचोकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्। प्रमुख अतिथि राथि ग्रुपको प्रतिनिधि तथा न्यू आचार्य इलेक्ट्रोनिक्सका प्रवन्ध निर्देशक वालकृष्ण आचार्यले एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद ढकाललाई व्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए। सो क्रममा बोल्दै आचार्यले रक्तदान नै महादान भएको हुँदा यस्ता कार्यक्रमहरु विभिन्न संघसंस्थाले आयोजना गर्नुपर्ने… पुरा पढौ

फुटपाथका व्यापारीले आन्दोलन गर्ने

पोखरा, १० चैत। पोखरा फुटपाथका व्यापारीहरुले प्रशासनले धरपकड गरी विस्थापन गर्न लागेको भन्दै आन्दोलन गर्ने बताएका छन्। एमाओवादी निकट राष्ट्रिय उद्योग व्यापार महासंघ कास्कीले शनिबार दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टा चक्काजाम गर्‍यो। चक्काजामपछि पृथ्वीचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाओवादी कास्कीका सह-इञ्चार्ज रामजी बराल जीवनले कास्की प्रशासन दलहरु र नागरिक समाजलाई बाइपास गरेर अगाडि बढिरहेको बताएका थिए। उनले नयाँबजारमा… पुरा पढौ

क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको सम्मेलनमा कुटाकुट

पोखरा, ९ चैत। एनेकपा माओवादीको भ्रातृ स·ठन अनेरास्ववियु (क्रान्तिकारी) पृथ्वीनाराण क्याम्पस जिल्ला समितिको शुक्रबार आयोजित दोस्रो जिल्ला सम्मेलन विवाद र कुटाकुटबीच सम्पन्न भएको छ। पार्टीउपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले ६१ सदस्यीय नयाँ कमिटी एकलौटी पारामा घोषणा गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरको आरोप छ। उद्घाटन सत्रपछि नयाँ कमिटी प्रस्तावमा विवाद भएको थियो। विवादमा प्रचण्ड पक्षधरबाट अध्यक्षका प्रत्यासी मानिएका क्षितिज सापकोटा… पुरा पढौ