पाेखरा र सेराेफेराे

जनप्रियमा परिचयात्मक कार्यक्रम राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह

पोखरा, १३ चैत। जनप्रिय बहुमुखी क्याम्पसको नवगठित क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी प्रतिनिधिहरूबीच सोमबार परिचयात्मक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सहभागिहरूले नवगठित क्याम्पस सञ्चालक समितिलाई विभिन्न सुझाव राखेका थिए। त्यसक्रममा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त क्युएएको मान्यतालाई कायम राख्दै सम्मानित विश्वविद्यालयका रूपमा क्याम्पसलाई रूपान्तरण गर्न सकिने नीति तथा कार्यक्रम ल्याउनुपर्ने, क्याम्पसलाई राजनीतिमुक्त रूपमा सञ्चालन गर्नुपर्ने, प्राध्यापक र कर्मचारीको… पुरा पढौ

पिस चौतारीको अध्यक्षमा मल्ल

पोखरा, १२ चैत। लायन्स क्लब अफ पोखरा पिस चौतारीको लायन वर्ष २०१३।१४ को अध्यक्ष इलेक्टमा बुद्धि मल्ल निर्विरोध निर्वाचित भएका छन्। क्लबको लायन वर्ष २०१३।१४ को लागि शनिबार तनहुँको बन्दीपुरमा भएको निर्वाचन कार्यक्रममा अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। क्लबको निवर्तमान अध्यक्षमा  मेघनाथ काफ्ले, प्रथम उपाध्यक्षमा किरण बञ्जारा, द्वितीय उपाध्यक्षमा बिष्णु चापागाई, तृतीय उपाध्यक्षमा धनन्जय पौडेल, सचिवमा दीपेन्द्र शर्मा,… पुरा पढौ

अतिक्रमित संरचनाहरू तोकिएकै समय सीमाभित्र हटाउन माग

पोखरा, १३ चैत। पोखराको फिर्के खोलाका विभिन्न व्यक्ति र संघ संस्थाहरूले शक्ति र पहुँचका भरमा अतिक्रमण गरि अवैध संरचना निर्माण गर्ने कार्य तीव्र हुँदै गएकोमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाका अध्यक्ष प्रा.डा.भवानीप्रसाद पाण्डे र महासचिव रामबहादुर पौडेलद्वारा म·लबार संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा खोला नाला तालतलैया पोखरी चौतारीजस्ता प्राकृतिक सम्पदालगायत सार्वजनिक जग्गा दिनानुदिन साँघुरिँदै… पुरा पढौ

पाठ्यपुस्तकको कालोबजारी रोक्न माग

पोखरा, १३ चैत। एकीकृत माओवादी निकट अखिल -क्रान्तिकारी) र अखिल नेपाल शिक्षक स·ठन, कास्कीले नयाँ शैक्षिक सत्र सुरुसँगै पाठ्यपुस्तकमा हुने कालोबजारी रोक्न माग गरेका छन्। सोमबार जिल्ला शिक्षा कार्यालय कास्कीमा १४ बुँदे ज्ञापनपत्र बुझाउँदै उनीहरूले शैक्षिक सत्रको सुरुमा पुस्तकहरूको कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने र विद्यार्थीको पठनपाठनमा बाधा पुर्‍याउनेको पहिचान गरी कारबाही गर्नुपर्ने माग गरेका हुन्। ज्ञापनपत्रमा नयाँ शैक्षिक… पुरा पढौ

पोखराको मुटुमा ग्रिनपार्क बनाउन माग

पोखरा, १३ चैत । वडा विकास सङ्र्घर्ष समिति पोखरा-९ ले महेन्द्रपुलको चोकमा रहेको हुलाक भवन भएको जमिनमा हरियालीपार्क बनाउने चाहना राखेकोमा हुलाक सेवा विभागले व्यापारिक भवन ( सपिङ कम्प्लेक्स) निमार्ण गर्न लागेकोमा विरोध जनाएको छ। त्यस विषयलाई लिएर सङ्र्घर्ष समितिले सोमबार कास्कीका प्रमुख अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ। ज्ञापन पत्रमा पोखराको मुटुमा रहेको सो जग्गामा ग्रिनपार्क बनाउँदा पर्यटकीय हिसाबले रमणीय… पुरा पढौ

अमरसिंह उच्च माविको ५७ औं वाषिर्कोत्सव

पोखरा, १३ चैत। अमरसिंह नमुना उच्च माध्यमिक विद्यालय रामघाट पोखरा १२ को म·लबार ५७ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले अमरसिंह उच्च माविले शैक्षिक विकासमा अतुलनीय योगदान पुर्‍याएको चर्चा गरे। उनले उच्च माविले अग्रणी रूपमा नेतृत्वदायी भूमिका खेल्न सफल भएको भन्दै अझै प्रगतिको शुभकामना व्यक्त गरे।साथै जुनसुकै विद्यालय… पुरा पढौ

माछापुच्छे्र टोल विकासको दोस्रो अधिवेशन, अध्यक्षमा मित्रबन्धु

पोखरा, ११ चैत। पोखरा-७ स्थित माछापुच्छे्र टोल विकास संस्थाको दोस्रो अधिवेशन शनिबार सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि पोखरा उप-महानगरपालिकाका प्रतिनिधि सावित्री केसी, मानबहादुर थापा, गोपालकृष्ण पौडेललगायतले बोलेका थिए। उक्त अवसरमा सचिव सूर्यबहादुर कार्कीले वाषिर्क प्रगति प्रतिवेदन तथा आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए। अधिवेशनले आगामी कार्यकालका लागि मित्रबन्धु शर्मा भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको उपाध्यक्षमा गणेशबहादुर… पुरा पढौ

पार्वती टोल विकास संस्थाको पाँचौँ वाषिर्कोत्सव

पोखरा, १२ चैत। पार्वती टोल विकास संस्थाको पाँचौं वाषिर्कोत्सव कार्यक्रम विविध कार्यक्रमका साथमा सोमबार सम्पन्न भयो।संस्थाको वाषिर्कोत्सवका साथमा तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रम समेत सम्पन्न भएको थियो। कार्यक्रममा टोल विकास संस्थाका ज्येेष्ठ नागरिक तथा संस्थालाई सहयोग गर्ने र टोल विकास संस्थाका एसएलसीमा उत्तीर्ण भएका छात्रछात्रालाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं ९का सचिव लोकदर्शन कोइराला… पुरा पढौ

जनप्रिय क्याम्पसमा अनुसन्धान पद्धति र प्रस्तावना लेखन तालिम

पोखरा, १२ चैत। जनप्रिय बहुमुखी क्याम्पस अन्तर्गतको जनप्रिय अनुसन्धान तथा परामर्श केन्द्रले आयोजना गरेको दुर्इ दिने अनुसन्धान पद्धति र प्रस्तावना लेखन तालिम शनिबार पोखरामा सम्पन्न भयो। क्याम्पस प्रमुख माधव वियोगीले कार्यक्रमको उद्घाटन गर्दै प्राध्यापकहरूलाई अध्ययन संस्कृति र अनुसन्धान पद्धति विकास गरी शोधकार्यमा लाग्न प्रेरित गरेका थिए। २४ जना प्राध्यापकको सहभागिता रहेको तालिममा प्रा.डा. विकासकुमार केसी, डा.विष्णुप्रसाद पौडेल, डा.पुष्पराज शर्मा, डा.… पुरा पढौ

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कारद्वारा प्रधान सम्मानित

पोखरा, १० चैत। गायक प्रेमध्वज प्रधान श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार-२०६९ बाट सम्मानित भएका छन्। सो पुरस्कारको सञ्चालक संस्था भैरव साँस्कृतिक संरक्षण समितिले शनिबार पोखरामा आयोजना गरेको समारोहमा वरिष्ठ गीतकार, कवि रत्नशमशेर थापाले प्रधानलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन। पुरस्कारको राशी नगद रु. २५ हजार र सम्मान-पत्र रहेको छ। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ गीतकार थापाले नेपाली संगीतको उत्थानमा सबै लाग्नु… पुरा पढौ