पाेखरा र सेराेफेराे

मोर्चाको बन्दले जनजीवन प्रभावित

पोखरा, २५ चैत।नेकपा-माओवादीसहितको ३३ दलको संयुक्त मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण आइतबार पोखराको जनजीवन पूर्णरूपमा प्रभावित भएको छ। प्रमुख चार राजनीतिक शक्तिले विदेशी हस्तक्षेप निम्त्याउने काम गरेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनीतिक दलकै नेतृत्वमा राष्ट्रिय सरकार गठनको माग गर्दै बन्द आह्वान गरिएको हो। २५ बुँदे बाधा अड्काउ आदेश र त्यसको आधारमा बनेको अन्तरिम चुनावी मन्त्रिपरिषद्… पुरा पढौ

गरिमामा हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव पारित

पोखरा, २५ चैत।पोखराको महेन्द्रपुलमा प्रधानकार्यालय रहेको गरिमा विकास बैड्ढ लिमिटेडको आइतबार सम्पन्न विशेष साधारणसभाले हाल कायम शेयरको प्रतिदुर्इ बराबर एक शेयरका दरले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। बैड्ढको हालको अधिकृत पू'जी रु. एक अर्ब तथा जारी तथा चुक्ता पू'जी रु. २२ करोड रहेकोमा पारित हकप्रद निष्कासनपछि बैड्ढको जारी तथा चुक्ता पू'जी रु. ३३ करोड पुग्ने बैड्ढका प्रमुख… पुरा पढौ

सशस्त्र द्वन्द्वबाट प्रभावित महिलाहरूको अवस्थाबारे छलफल

पोखरा, २५ चैत।इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजना तथा आइसिस विकी र ओरेकको सहयोगमा सशस्त्र द्वन्द्वबाट प्रभावित महिलाहरूको अवस्थाबारे आइतबार छलफल गरिएको छ। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक तनहुँका संयोजक सवनम शर्माले सशस्त्र द्वन्द्वबाट पीडित महिलालाई गहिरो मानसिक असर परेको र शान्ति समिति गठन हुँदा पनि पीडितले न्याय पाउन नसकेको बताइन्। मानवअधिकारकर्मी टेकनाथ बरालले सशस्त्र द्वन्द्वकालमा महिला बढी पीडित भएको उल्लेख… पुरा पढौ

डुङ्गा दुर्घटनामा बेपत्तामध्ये दुर्इ मृत फेला, डुङ्गा सञ्चालनमा स्थानीय प्रशासनद्वारा विभिन्न निर्णय

पोखरा, २२ चैत।कास्कीको लेखनाथस्थित बेगनास तालमा बुधबार दिउँसो हावाहुरीको कारण डुङ्गा पल्टिँदा तालमा बेपत्ता भएका तीनमध्ये दुर्इजना बिहीबार मृत फेला परेका छन्। प्रहरी र स्थानीयबासीको सहयोगमा गरिएको खोजीकार्यमा बिहीबार दिउँसो १९ वर्षीया सुष्मा गुरुङ र ३० वर्षीया पुष्पा गुरुङ मृत फेला परेका हुन्। सुष्मालाई प्रहरीले दिउँसो एक बजे र दुर्इघण्टापछि पुष्पालाई मृत फेला पारिएको प्रहरीले जनाएको छ। डु·ा दुर्घटनामा परी… पुरा पढौ

शान्तिपथ टोल विकास संस्थामा सुवेदी

पोखरा, २२ चैत।शान्तिपथ टोल विकास संस्था पोखरा-१७ को तेश्रो साधारणसभा तथा दोस्रो अधिवेशनले गीता सुवेदीको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सरिता गिरी, सचिवमा लीला बराल, सहसचिवमा भीमा गिरी, कोषाध्यक्षमा सरस्वती शाह, सहकोषाध्यक्षमा कमला लामिछाने तथा सदस्यमा विन्द शाही, चन्द्रबहादुर पोख्रेल, विष्णुप्रसाद आचार्य, सहदेव ढकाल, लक्ष्मी सुवेदी, रूपा रसाइली, देवी पोख्रेल, यमकुमारी बोहोरा, मीरा आले रहेका… पुरा पढौ

मानवअधिकार रक्षकको अधिकारसम्बन्धी अनुशिक्षण

पोखरा, २२ चैत। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा मानवअधिकार रक्षकको अधिकारसम्बन्धी अनुशिक्षण कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका बहस, पैरवी कार्यक्रम प्रमुख सम्झना श्रेष्ठले मानवअधिकार रक्षकको अधिकारबारेमा सहजीकरण गर्दै मानवअधिकार रक्षक मानवअधिकारको सर्वव्यापकता स्वीकार गर्ने, शान्तिपूर्ण कदम चाल्ने, पीडित केन्द्रित, आधारभूत कानुन र राजनीतिबारे जानकार हुनुपर्ने बताइन्।इन्सेक केन्द्रीय कार्यालय बहस, पैरवी अधिकृत… पुरा पढौ

स्वतन्त्र पत्रकार सङ्घका पश्चिमाञ्चल संयोजक पौडेल अस्वस्थ

पोखरा, २० चैत।स्वतन्त्र पत्रकार सङ्घका पश्चिमाञ्चल संयोजकसमेत रहेका रेडियो तनहुँका स्टेशन म्यानेजर रमेश पौडेल अचेत अवस्थामा पुगेका छन्। केही दिनअघिदेखि सामान्य ज्वरो तथा खोकी लागेका पौडेलको हाल मणिपाल शिक्षण अस्पतालको सघन कक्ष (आईसीयू वार्डमा) उपचार भइरहेको छ। पौडेलको अवस्था अचेत भएकोले एक-दुर्इ दिन अझै सघन कक्षमा राखेर हेर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।  सामान्य विरामी भएपछि ३६ वर्षीय पौडेलले सेतीगंगा… पुरा पढौ

मणिपाल शिक्षण अस्पतालको ओपिडी सेवा बन्द

पोखरा, २० चैत।मणिपाल शिक्षण अस्पतालका इर्न्र्टन चिकित्सकहरूले भत्ता वृद्धिको माग राख्दै म·लबार अस्पतालको ओपिडी (बहिरंग सेवा) बन्द गराएका छन्। विगत आठ दिनदेखि आफ्ना माग पटक-पटक प्रशासनसमक्ष राख्दा प्रशासनले बेवास्ता गरि धम्क्याउने शैलीको व्यवहार गरेको भन्दै ओपिडी सेवा बन्द गराउन बाध्य भएको उनीहरूको भनाइ छ। इर्न्र्टन चिकित्सिकहरूको विगत सात वर्षदेखि भत्ता तथा सेवा-सुविधा नबढाइएको भन्दै अस्पतालका ४० जना इर्न्र्टन चिकित्सकले गत… पुरा पढौ

शिवशक्तिमा शिक्षकको बिदाइ

पोखरा, २० चैत।शिवशक्ति उच्च मावि फूलबारी पोखरामा मङ्गलबार एक कार्यक्रमबीच शिक्षक दीलिपप्रसाद पनेरुलाई बिदाइ गरियो। त्यस अवसरमा विद्यालयका प्राचार्य शम्भुराज बास्तोला, शिक्षक प्रतिनिधि युक्त थापा शिक्षक गुरूप्रसाद तिवारी, विद्यालय व्यवस्थापन समितिका सदस्य राजेशकुमार गुरुङले मन्तव्य व्यक्त गरेका थिए। शुक्रराज बलभद्र उच्च मावि छिनेडाँडा पोखरामा सरुवा भई जाने शिक्षक पनेरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधुले खादा लगाएर साथै मायाको… पुरा पढौ

नमुना टोल विकास संस्थामा स्वास्थ्य शिविर

पोखरा, २० चैत।नमुना टोल विकास संस्था पोखरा-१७ को आयोजनामा आइतबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भयो। शिविरमा ८० जना विरामीको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा नगर स्वास्थ्य केन्द्र पोखरा-१७ का केन्द्र इन्चार्ज दीपेन्द्र आचार्य, अहेव निर्मला अर्याल, अनमी शान्ति पौडेल र स्वयंसेविका कमला पौडेलले विरामी जाँच र औषधि वितरणमा सहयोग पुर्‍याएका थिए। बाल विकास संस्थाका… पुरा पढौ