पाेखरा र सेराेफेराे

लिटिल स्टेप उमाविको ३० औं वाषिर्कोत्सव

पोखरा, १६ माघ। लिटिल स्टेप उच्च माध्यमिक विद्यालयको ३० औं वाषिर्कोत्सव तथा अभिभावक दिवस म·लबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक विष्णुबहादुर द्वारेले विद्यालयलले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुका साथै मानिसमा सकारात्मक सोचको विकास गर्नु शिक्षाको उद्देश्य हुनुपर्ने बताए। त्यस क्रममा विज्ञान, कला तथा सामाजिक शिक्षा प्रदशनीको उद्घाटन गर्दै  डीआईजी रमेशशेखर बज्राचार्यले विद्यालयले व्यवहारिक… पुरा पढौ

शीतलादेवीको नवौं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा, १६ माघ। शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा-१२ को नवौं वाषिर्कोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम म·लबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै शिक्षाविद् मोहनचन्द राजनले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। उच्च मावि सञ्चालनका लागि समुदायलाई जागरुक बनाउनुपर्ने उनले औंल्याए। कार्यक्रममा शैक्षिक योजना तर्जुमा समितिका संयोजक प्राध्यापक टीकाराम कोइराला, शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिरोमणि बराल, अभिभावक काशिनाथ लामिछाने,… पुरा पढौ

जनप्रकाशमा नवआगन्तुक विद्यार्थीको स्वागत

पोखरा, १६ माघ। लेखनाथ-१, भण्डारढिकमा अवस्थित जनप्रकाश उच्च माविले आइतबार एक कार्यक्रमबीच बीबीएस प्रथम वर्षलगायत यस वर्ष भर्ना भएका नवआगन्तुक विद्यार्थीको स्वागत गर्‍यो। विद्यार्थी कल्याणकारी कोर्षको आयोजनामा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथि माधव भण्डारी,क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीलगायत, शिक्षक एवं विद्यार्थीको उपस्थिति रहेको थियो। त्यस अवसरमा क्याम्पसको गतिविधिमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख बुढाथोकीले आर्थिक मुनाफा गर्ने धेयले क्याम्पस सञ्चालन गरेको नभइ… पुरा पढौ

अनेरास्ववियुको कार्यकर्ता भेला

पोखरा, १६ माघ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको कार्यकर्ता भेला पोखराको पृथ्वीनारायण क्याम्पसमा मङ्गलबार सम्पन्न भएको छ। अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी कास्कीका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नेकपा एमाले गण्डकी अञ्चल कमिटी सचिव मायानाथ अधिकारीले गरेका थिए। यही माघ २२ गते सरकारविरुद्ध संयुक्त सङ्र्घर्ष समितिले गर्ने प्रदर्शनमा पार्टीको तर्फबाट बढीभन्दा बढी जनसहभागिता गराउनु… पुरा पढौ

गणित शिक्षा परिषद् कास्कीको अध्यक्षमा शर्मा

पोखरा, १६ माघ। गणित शिक्षा परिषद् कास्की शाखाको आगामी तीन वर्षे कार्यकालको लागि चिन्तामणि शर्मा चयन भएका छन्। मङ्गलबार पोखरामा सम्पन्न तेस्रो अधिवेशबाट शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। अधिवेशनले उपाध्यक्षमा वेदप्रसाद शर्मा, सचिवमा केशव अमगाईँ, कोषाध्यक्षमा डिल्लीराम अधिकारी र सदस्यमा शिवलाल रिमाल, शिवप्रसाद बास्तोला, तारा पोखरेल, जनार्दन सुवेदी, खरिका पराजुली, श्रीराम अधिकारी र मनकलाल चौधरीलाई चयन… पुरा पढौ

अरण्यज्योति परिसरमा वृक्षरोपण

पोखरा, १६ माघ। अरण्यज्योति पुस्तकालयको नेतृत्वमा राष्ट्रिय शहीद दिवसको उपलक्ष्यमा पुस्तकालय परिसरमा वृक्षरोपण गरिएको छ। सो अवसरमा स्थानीय समाजसेवीले संयुक्तरूपमा १२ वटा समीका विरुवा रोपेका थिए। सो अवसरमा बोल्दै समाजसेवी कर्णेल रामकाजी गुरुङले पुस्तकालयको वृहत्तर विकासका लागि १० हजार रुपैयाँ उपलब्ध गराउनुको साथै अन्य भौतिक विकासका लागि सहयोग गर्ने बताए। शिक्षाविद् प्रा. तारा बरालले शहीदहरूले मातृभूम्रि्रति गरेको त्यागको चर्चा गर्दै… पुरा पढौ

ग्लोबल कलिजियट उमाविको १७ औं अभिभावक दिवस

पोखरा, १५ माघ। ग्लोबल कलिजियट उच्च माध्यामिक विद्यालयको १७ औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै  पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक द्वारेले सो विद्यालयको टिमवर्क राम्रो भएको र पश्चिमाञ्चल क्षेत्रकै नमुना विद्यालयको रूपमा स्थापित हुँदै गएको भन्दै अझ धेरै सफलताको कामना गरे। जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषालले शिक्षाका आधारहरू विद्यार्थी, शिक्षक, अभिभावक र प्रशासनको… पुरा पढौ

मदरल्याण्डमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम

पोखरा, १५ माघ। पोखरा-७ मा रहेको मदरल्याण्ड उच्च माविमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नाटक, नृत्य, प्रहसन, गायन,अभिनयजस्ता विभिन्न विधामा सहभागी गराइएको थियो। कार्यक्रममा एक सय भन्दा बढी सामूहिक प्रस्तुतिहरू रहेका थिए। स-साना बालबालिकाको आफ्नै अभ्यास, खोजी, सिर्जना र व्यवस्थापनमा तयार गरिएका तीप्रस्तुतिहरू अनुभवी तथा तालिमप्राप्त प्रशिक्षकको सहयोगमा तयार गरिएका भन्दाकुनै कमी… पुरा पढौ

मागप्रति ध्यानाकर्षण गराउन हाजिरीजवाफ प्रतियोगिता

पोखरा, १५ माघ। अनेरास्ववियु क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस इकाई समितिले सोमबार क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। क्याम्पसको शैक्षिक तथा भौतिक सुधारको मागसहित गत माघ ७ गते क्याम्पस प्रशासनमा बुझाइएको १६ बुँदे मागप्रति ध्यानाकर्षण गराउन रचनात्मक कार्यक्रमअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु क्रान्तिकारीले जनाएको छ।क्रान्तिकारीले क्याम्पसको मासिक आर्थिक विवरण सार्वजनिक गरिनुपर्ने, त्रिविले तोकेको नियमअनुसार सिफ्ट सिस्टम कार्यान्वयनका लागि विद्युतीय हाजिरीको व्यवस्था… पुरा पढौ

विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा १० करोड सड्ढलन गर्ने लक्ष्य

पोखरा, १४ माघ। ब्राह्मण समाज नेपाल कास्कीले पोखरामा आयोजना गर्न लागेको श्रीमद्भागवत् सप्ताह तथा धनधान्याचल विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। महायज्ञ मुल आयोजक समितिले पोखरामा आइतबार पत्रकार सम्मेलन गरी महायज्ञको तयारी ९० प्रतिशत पूरा भएको जनाएको हो। महायज्ञ माघ १९ देखि २७ गतेसम्म हुने छ। महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गर्ने छन्। महायज्ञस्थल प्रदर्शनी केन्द्रको… पुरा पढौ