पाेखरा र सेराेफेराे

अपाङ्गता भएका व्यक्तिको पुनस्र्थापनासम्बन्धी समीक्षा

पोखरा, ३१ चैत।सीवीआरएस पोखराको आयोजनामा शुक्रबार अपाङ्गता भएका व्यक्तीको पुनस्र्थापनासम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्व विद्यालय चिकीत्साशास्त्र अध्ययन संस्थान पोखराबाट सिविआरएसमा दुर्इ दिने भोलेन्टीयर सेवा सकिएपश्चात अवलोकन भ्रमणका लागि आएका विद्यार्थीहरुसँग उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्याम्पसका सह-प्राध्यापक नीतु ताम्राकार र विद्यार्थीका तर्फबाट शीखा भण्डारी, अनुमा श्रेष्ठलगायतले बोलेका थिए। सिविआरएस पोखराका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न… पुरा पढौ

बुद्धको जन्मबारे भ्रमबिरूद्ध र्टच रिले

पोखरा, ३० चैत।शान्तिका अग्रदूत गौतम बुद्धको जन्मबारे भारतमा गलत प्रचार भएपछि गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन पोखरामा र्टच रिले गरिने भएको छ। व्लु कार्पेट पोखराले विन्धवासिनी मन्दिरदेखि पोखराका विभिन्न स्थान हुँदै माटेपानी गुम्बासम्म १० किलोमिटर र्टच रिले गर्ने शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जनाइएको हो। कार्यक्रमका अभियन्ता आशिष श्रेष्ठले नव वर्षका दिन बैशाख १ गते विन्ध्वासिनी मन्दिरदेखि… पुरा पढौ

नेपाल जेसीजको सभासद् सम्मेलन सुरू

पोखरा, ३० चैत। नेपाल जेसीजको आयोजना र पोखरा लेडी जेसीजको आतिथ्यतामा सभासद सम्मेलन शुक्रबार पोखरामा सुरू भएको छ। कार्यक्रममा जेसी इन्टरनेशनलका भाइस प्रिसिडेन्ट जेसिआई सिनेटर बल्लभव आथुयानले कार्यक्रममा बोल्दै अबको संसार हाक्ने नेतृत्व तयार गर्न जेसीजले मात्र सक्ने दाबी गरे। कार्यक्रमका प्रमुख अतिथि भाष्कारले युगअनुसार बदलिएका चुनौतीलाई सामना गर्दै व्यक्तित्व विकास गरी जेसीजले विश्वमा पहिचान स्थापित गरेको बताए। कार्यक्रममा पोखरा… पुरा पढौ

सरसफाइसम्बन्धी जनचेतना फैलाउँदै साइकल यात्रा

पोखरा, ३० चैत। ‘साइकल चढौ, गर्व गरौ’ भन्ने मूलनाराका साथ सरसफाइसम्बन्धी जनचेतना अभिवृद्वि गर्दै दुर्इ जना साइकल यात्री पोखरा आइपुगेका छन्। काठमाण्डौबाट बुधबार साइकल यात्रा सुरू गरेका उनीहरू बिहीबार साँझ पोखरा आइपुगेका हुन्। साइकल यात्रामा स्टेप फर माइल्स नेपालका अध्यक्ष रूपक खड्का र महासचिव स्थानेस्वर ढुंगाना सहभागी छन्। पोखरामा जारी दशौ फेवा नव वर्ष महोत्सव अवधिभर साइकलको महत्व प्रचार प्रसार… पुरा पढौ

डुंगा दौडमा बाराहीघाट प्रथम

पोखरा, ३० चैत।पश्चिमाञ्चल होटल संघको आयोजनामा बसुन्धरा पार्कमा जारी दशौं फेवा नव वर्ष महोत्सवअन्तर्गत शुक्रबार फेवातालमा सम्पन्न डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठन वाराहीघाट समूह प्रथम भएको छ। प्रतियोगितामा संगठनकै अम्मट समूह द्वितीय र आयोजक पश्चिमाञ्चल होटेल संघ पोखरा तृतीय भएका छन्। महिला समूहले सान्त्वना पुरस्कार पाएको छ। प्रतियोगितामा संगठनको दुर्इ समूह, संघको तीन समूह, नाट्टा, होटेल प्रतिनिधि समाज… पुरा पढौ

ट्याक्सीमा मिटर नचलाए प्रहरीलाई सूचना दिनुहोस् – रिजाल

पोखरा, ३० चैत। सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको  आयोजनामा शुक्रबार नयाँ वर्ष-२०७० सालको शुभकामना आदान प्रदान, नवआगन्तुक सुरक्षाअधिकारीको स्वागत तथा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार रिजालले ट्याक्सी चालकले मिटर चलाउन नमाने वा मिटरमा उठेअनुसारको भाडा लिन नमाने प्रहरीलाई सूचना दिन आग्रह गरेका छन्। पोखराका… पुरा पढौ

दशौ फेवा नव वर्ष महोत्सव सुरु थप जग्गा उपलब्ध हुनासाथ विमानस्थल निर्माण कार्य सुरु हुन्छ : घिमिरे

पोखरा, २९ चैत।’फेवा बचाँऔं’ भन्ने मूलनाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बिहीबारदेखि दशौ फेवा नव वर्ष महोत्सव-२०७० सुरु भएको छ। पोखराको वसुन्धरापार्कमा आयोजित महोत्सव वैशाख २ गतेसम्म चल्ने छ। नेपाली नयाँ वर्षलाई महत्वका साथ प्रचार-प्रसार गरि आफ्नो मौलिक संस्कृति, रहनसहन तथा भेषभूषाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा आकर्षणमा पर्यटन संस्कृति, खानाको साथै राष्ट्रिय तथा स्थानीय… पुरा पढौ

‘कुमार खड्काको नेतृत्वमा क्षत्रीको नयाँ पार्टी

वालिङ, २९ चैत।क्षत्री समाज नेपालका अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्रीले वर्तमान केन्द्रीय महासचिव कुमार खड्काको नेतृत्वमा क्षत्रीहरूको नयाँ पार्टीखुल्ने बताएका छन्। क्षत्री समाज जिल्ला कार्यसमिति स्याङ्जाले बिहीबार बयरघारीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले आगामी बैशाखको तेस्रो साता खड्काको नेतृत्वमा नयाँ पार्टीखुल्ने बताएका हुन्। उनले नयाँ पार्टीको नाम राष्ट्रिय अखण्डता झल्कनेखालको हुने पनि उद्घोष गरे। उनले भने-’अहिलेका दलहरूले राष्ट्र, राष्ट्रियता र… पुरा पढौ

आँखा दान अभियानको तयारी पूरा

पोखरा, २९ चैत।नयाँ वर्ष नयाँ काम, म पनि गर्छुआँखा दान भन्ने नाराका साथ माछापुच्छ्रे एफएमले आफ्नो १३ औ वाषिर्कोत्सवको अवसरमा आयोजना गरेको आँखा दान अभियानको तयारी पूरा भएको जनाएको छ। एफएमको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार पोखराको चिप्लेढु·ामा हुने सो कार्यक्रमको आवश्यक तयारी पूरा भएको स्टेशन म्यानेजर रविन गुरुङले जनाए। मृत्युपछि आँखालाई खरानी वा माटो हुनुबाट बचाऔं,… पुरा पढौ

पुस्तक पसलहरूमा आकस्मिक अनुगमन

पोखरा, २८ चैत।क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेको नेतृत्वमा रहेको एक टोलीले बुधबार पोखराको महेन्द्रपुलमा रहेका केही पुस्तक पसलको अकस्मिक निरीक्षण र अनुगमन गरेको छ। अनुगमन टोलीमा जिल्ला शिक्षा कार्यालयका उपसचिवहरू दामोदर सुवेदी, दयाराम गौतम र केशरी रमण न्यौपाने, विद्यालय निरीक्षक विश्वराज आचार्य र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत गुरूप्रसाद बास्तोला सहभागी थिए। अनुगमनको क्रममा सत्याल बुक्स प्रकाशनले अभ्यास पुस्तिकाहरू विषयगतरूपमा… पुरा पढौ