पाेखरा र सेराेफेराे

थ्री एन्जल्स रेडियोको औपचारिक प्रसारण सुरु, अस्थिरताकै कारण आर्थिक विकास ढिलो : क्षत्री

पोखरा, १६ वैशाख।असोजको अन्तिम साताबाट परीक्षण प्रसारण आरम्भ गरेको थ्री एन्जल्स कम्युनिटी रेडियो ९४.६ मेगाहर्जले सोमबारबाट औपचारिक प्रसारण सुरु गरेको छ। थ्री एर्न्जर्स नेपालद्वारा सञ्चालित रेडियोको पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले उद्घाटन गरे। कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले सञ्चारमाध्यम समाज परिवर्तनका लागि संवेदनशील र महत्वपूर्ण रहेको बताए। अन्तरिम चुनावी मन्त्रीपरिषद्को गठनपछि हालै योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएका… पुरा पढौ

पिएन बी र सानो ठिमी उपाधिको लागि भिड्ने

पोखरा, १६ वैशाख।पोखरामा जारी अन्तरक्याम्पस कर्मचारी संघ सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि पिएन बी र सानो ठिमी भिड्ने भएका छन्। त्रिभुवन विश्वविद्यायल कर्मचारी संघको २३ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा पृथ्वीनारायण क्याम्पसको बीले रामपुर क्याम्पसलाई नौ-एकको विशाल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो। अको खेलमा सानो ठिमीले पूर्वाञ्चललाई टाइब्रेकरमा तीन-दुर्इ गोल… पुरा पढौ

सिस्नुपानी सर्तर्कता हास्यव्यङ्ग्य यात्रा पोखरामा

पोखरा, १६ वैशाख। सुशासन र भष्ट्राचार न्यूनिकरणका साथै जवाफदेहीताका लागि आयोजना गरिएको सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा यही वैशाख २२ गते पोखरामा हुने भएको छ। सिस्नुपानी नेपाल र राष्ट्रिय सतर्कता केन्द्रको संयुक्त पहलमा आयोजना गरिएको उक्त यात्रा देशको ५ विकास क्षेत्रमा आयोजना हुँदैछ। जिल्ला विकास समितिको हलमा हुने सो कार्यक्रमको लागि स्थानीय संयोजन मानव विकास मञ्च नेपालले गरेको छ। सरकारी… पुरा पढौ

गण्डकीको तीन लाख कित्ता बोनस शेयर सूचिकरण

पोखरा, १६ वैशाख। पोखराको न्यूरोडमा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंकको नवौं वाषिर्क साधारणसभाबाट पारित भएबमोजिमको रु. तीन करोड रुपैयाँ बराबरका जम्मा तीन लाख कित्ता वोनश शेयर धितोपत्र वोर्डमा दर्ता भई खरिद विक्री गर्न मिल्ने गरी नेपाल स्टक एक्स्चेन्ज लि.मा सूचिकरण भएको छ। वोनश शेयरसमेत गरी हाल बैंकको चुक्ता पूँजी रु.२५ करोड पुगेको जनाइएको छ। साथै साधारणसभाबाट पारित भएबमोजिम वोनश शेयरसमेत… पुरा पढौ

सेती बाढीपिडितलाई घरको लालपूर्जा दिलाउन आग्रह

पोखरा, १६ वैशाख। सेतिबाढी प्रभावितको लागि स्थापित अन्नपूर्ण राहत कोषबाट कास्कीको माछापुच्छ्रे गाविसको सानो खोवा·मा हालै निर्माण भएका नौ घरलाई घरजग्गाको लालपूर्जा दिलाउन पश्चिमाञ्चल विकास मञ्चको टोली काठमाडौंमा पुगेको छ। मञ्चका संरक्षक तथा सल्लाहकार तोयनाथ बराल, महासचिव धर्मराज बराल, सदस्य विश्वशंकर पालिखेसहितको टोलीले सोमबार गृहमन्त्री माधवकुमार घिमिरे, अर्थमन्त्री शंकरप्रसाद कोर्इराला, पर्यटनमन्त्री रामकुमार श्रेष्ठसंग भेटभाट गरी लालपूूजा दिलाउन आग्रह गरेका हुन्। … पुरा पढौ

भुकम्प प्रतिरोधात्मक भवन निर्माणसम्वन्धी तालिम

पोखरा, १६ वैशाख। भुकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी पोखराका निर्माणकर्मीका लागि आयोजना गरिएको पाँचदिने तालिम सोमबार सम्पन्न भएको छ। पोखरा उपमहानगरपालिका, सिर्द्धार्थ क्लब, कम्युनिटी सपोर्ट ग्रुप, विपत उत्थानशील समुदाय निर्माण परियोजना समन्वय समितिको आयोजना तथा निर्माण व्यवसायी समिति पोखराको समन्वयमा उक्त तालिम सञ्चालन भएको थियो। तालिमको समापन गर्दै कार्यक्रमका सभापति पोखरा उपमहानगरपालिकाका कार्यकारीअधिकृत झलकराम अधिकारीले अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने बताए।… पुरा पढौ

वृद्धाश्रममा सहयोग गर्ने क्रम जारी

पोखरा, १६ वैशाख।वात्सायन वृद्धाश्रम पोखरा-१८ बाच्छीबुडुवामा विभिन्न दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको छ। लेखनाथ बूढीबजार निवासी ओम बस्नेतले आफ्नो ४३ औं जन्मदिनकोअवसरमा वृद्धाश्रममा आश्रति वृद्धवृद्धाहरुलाई एक छाक खाना खुवाउनुका साथै पाँच हजार पाँच सय नगद प्रदान गरेका छन्। त्यसैगरी प्रा. अमृत जोजिजूको नेतृत्वमा आश्रममा पुगेका पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान रानीपौवाका तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुले साबुन, टुथपेष्ट, कपडा, खाजा र… पुरा पढौ

महायज्ञको आय-व्यय सार्वजनिक

पोखरा, १६ वैशाख।ब्राह्मण समाज नेपालले २०६९ साल माघ १९-२९ सम्म पोखराको प्रदर्शनीस्थलमा सञ्चालन गरेको श्रीमद्भागवत सप्ताह एवम् धनधान्याञ्चल विराट ज्ञान महायज्ञको आम्दानीको खर्चको हिसाब एक समारोहबीच आइतबार सार्वजनिक गर्‍यो। महायज्ञका संयोजक भेषराज लम्सालले महायज्ञमा नगद तथा जिम्सी (कवोल गरेको निमार्णगरिने खर्च रकम) समेत गरी आठ करोड भन्दा बढी संकलन भएको र खर्च ५० लाख रुपैयाँ भएको जानकारी गराए। जिल्ला अध्यक्ष… पुरा पढौ

बालमश्रमसम्बन्धी अभिमुखीकरण तालिम

पोखरा, १६ वैशाख।श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा पोखरामा दुर्इ दिने बालश्रमसम्बन्धी सरोकारवालाहरुको अभिमुखीकरण तालिम सञ्चालन भएको छ। तालिमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोर्इरालाले बालबालिकाहरु जन्मेर बाँच्न पाउने, स्वास्थ्य रहने हुर्कन पाउने र पढ्न पाउने अधिकार नै बाल अधिकार हो भनी बताए। उनले बालबालिकाको संरक्षणमा राज्य, समाज र परिवारको उत्तिकै दायित्व रहेको बताए। स्थानीय विकास अधिकारी इश्वर पौडेलले… पुरा पढौ

विभिन्न मागसहित रक्षक सञ्जालको ध्यानाकर्षणपत्र

पोखरा, १५ वैशाख।महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीले विभिन्न मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाएको छ। निर्वाचनको मिति घोषणा गर्नुपर्ने, मतदाता नामावलीमा महिला, अपा· भएका र ज्येष्ठ नागरिकको पहुँच पुर्‍याउनुपर्ने, शान्तिसुरक्षा कायम गर्नुपर्नेलगायतका मागसहित सञ्जालका अध्यक्ष नन्दकला नेपालीले प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोर्इरालाई ध्यानाकर्षणपत्र बुझाएकी थिइन्। सोक्रममा उनले शान्तिसुरक्षा सुदृढ गर्नुपर्ने, चुनावी प्रक्रियाअन्तर्गत मतदान अधिकृत,… पुरा पढौ