पाेखरा र सेराेफेराे

बूढानीलकण्ठमा कोइराला, कोइराला विर्ता मार्ग परिवर्तन

पोखरा, ८ वैशाख।पोखरा ४ गणेशटोलमा बसोबास गर्ने व्यक्तिहरूको भेलाले शिवजी कोइरालाको अध्यक्षतामा नौ सदस्यीय बूढानीलकण्ठ टोल विकास संस्थाले तदर्थ समिति गठन गरेको छ। संस्थाको उपाध्यक्षमा शारदाप्रसाद कोइराला, सचिवमा प्रेमप्रसाद दाहाल, कोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल तथा सदस्यमा शंकर गुरुङ, माया विक, वृहस्पति भण्डारी, सुभेक्षण विजय कोइराला र अर्जुन देवकोटा रहेका छन्। समितिलाई आवश्यक सल्लाह, सुझाव दिन कृष्णप्रसाद उपाध्याय, तीर्थ राना, स्थानेश्वर ढुङ्गाना,… पुरा पढौ

दिगो पर्यटन विकास गर्न पोखरामा आचारसंहिता लागू, आर्थिक विकासका लागि कमिसनतन्त्र तोड्नुपर्छ : श्रेष्ठ

पोखरा, ७ वैशाख।पर्यटकीय नगरी पोखरामा दिगो पर्यटन विकास गर्नको लागि नेपालमै पहिलो पटक आचारसंहिता लागू गरिएको छ। पर्यटनद्वारा शान्ति र समृद्धिका लागि पोखरामा दिगो गुणस्तरीय एवं जिम्मेवारीपूर्ण पर्यटनको थालनी गर्नका लागि उक्त आचारसंहिता लागू गरिएको हो। पोखरा पर्यटन परिषद र स्वीट्जरल्याण्डको अनुसन्धान संस्था एनसिसीआर नर्थ साउथको समन्वयमा उक्त आचारसंहिता तयार भएको हो। पोखरा पर्यटन परिषद्ले शनिबार पोखरामा आयोजना गरेको घोषणा… पुरा पढौ

पोखरा महोत्सवबाट १३ लाख बढी बचत

पोखरा, ७ वैशाख। पोखरा -१० अमरसिंहचोकस्थित युनाइटेड क्लबले आयोजना गरेको  तेस्रो पोखरा महोत्सव-२०६९ बाट १३ लाख ६३ हजार चार सय ६४ रुपैयाँ बचत भएको छ। महोत्सवमा ४८ लाख ७९ हजार आठ सय ७० रुपैयाँ आम्दानी र ३५ लाख १६ हजार चार सय छ रुपैयाँ खर्च भएको क्लबका कोषाध्यक्ष एवं अर्थ संयोजक राजु श्रेष्ठले जानकारी दिए। क्लबको तेस्रो वाषिर्क साधारणसभाको अवसरमा… पुरा पढौ

जोजिजू म्युजिक सेन्टरको १० औ वाषिर्कोत्सवमा कलाकारको सम्मान

पोखरा, ६ वैशाख।पोखरा-११ रानीपौवास्थित जोजिजू म्युजिक सेन्टरको १० औं वाषिर्कोत्सवका अवसरमा शुक्रबार विविध कार्यक्रम सम्पन्न गरेको छ। त्यसअवसरमा सा·ीतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा ड्रम प्रशिक्षक बिमल परियार, विग आइकन-२०१२ का विजयी नवीन काफ्ले रहेका छन्। वाषिर्कोत्सवको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पोखराको सा·ीतिक विकासमा जोजिजू म्युजिक सेन्टरले पुर्‍याएको योगदानको चर्चा… पुरा पढौ

डेभिजफल टोल विकासको क्यालेण्डर विमोचन

पोखरा, ६ वैशाख।डेभिजफल टोल विकास संस्था पोखरा-१७ डेभिजफलको आयोजनामा नववर्ष २०७० को अवसर पारेर शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सोही अवसरमा संस्थाद्वारा प्रकाशन गरिएको नववर्षको भित्तेपात्रो समेत विमोचन गरिएको छ। उक्त भित्तेपात्रोको विमोचन समाजसेवी सु. लालकाजी गुरुङले गरेका थिए। सो अवसरमा गुरुङले डेभिजफल एक चर्चित पर्यटकीय स्थल भएको बताउँदै नेपालको पर्यटन प्रवर्द्धनमा यसले ठूलो विकास पुर्‍याएको… पुरा पढौ

समर्पणद्वारा फोक्सोको निःशुल्क परीक्षण

पोखरा, ६ वैशाख।लायन्स क्लब अफ पोखरा समर्पणको आयोजनामा शुक्रबार बिहान एड्भान्स पोलिक्लिनिकमा फोक्सोको निःशुल्क परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका एसपी रविन्द्र मल्लले सेवा गर्ने ठाउँमा प्रहरीलाई सहभागी गराएको मा खुसी लागेको बताए। सय जना जवानको साथमा रहेका मल्लले आगामी दिनमा आफ्नो बाहिनीमा पनि यस्तो कार्यक्रम गर्न उत्सुकता देखाएका छन्। उनले… पुरा पढौ

चैते दसैँको अवसरमा भद्रकाली मन्दिर सरसफाइ

पोखरा, ६ वैशाख।चैते दसैँको अवसरमा दोलखा-पोखरा मिलन समाजले शुक्रबार भद्रकाली मन्दिरको सरसफाइ गरेको छ। दोलखा घर भई पोखरा बस्दै आएका दोलखाली र सशस्त्र प्रहरीको टोलीले मन्दिर परिसर र मन्दिर उक्लने दुवैतर्फको  सिंढी सरसफाइ गरेको थियो। सशस्त्र प्रहरी कालिका गणका गणपति शम्भुप्रसाद उप्रेती, गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष मेजर रामबहादुर कार्की र दोलखा-पोखरा मिलन समाजका अध्यक्ष प्रकाश श्रेष्ठले संयुत्त… पुरा पढौ

लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ को प्रथम राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न, गभर्नरमा श्रेष्ठ

पोखरा, ३१ चैत।लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ को प्रथम राष्ट्रिय महाधिवेशन फस्ट भाइस डिष्ट्रिक्ट गर्भनर युक्तप्रसाद श्रेष्ठलाई डिष्ट्रिक्ट गर्भनरमा चयन गर्दै शनिबार सकिएको छ। त्यसैगरी फष्ट डिष्ट्रिक्ट गर्भनरमा भूगोल शेरचन र सेकेण्ड भाइस डिष्ट्रिक्क गर्भनरमा ध्रुबबहादुर थापा निर्वारोध निर्वाचित भएका छन् । शनिबार निर्वाचित कार्यसमितिले आगामी जुलाई १ बाट आफ्नो कार्य प्रारम्भ गर्ने छ। महाधिवेशनको उद्घाटन लायन्स अन्तर्राष्ट्रियका पूर्वनिर्देशक विष्णु… पुरा पढौ

आदर्श समाज अठारौं वर्षमा

पोखरा, १ बैशाख।आदर्श समाज राष्ट्रिय दैनिक १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ। २०५३ वैशाख १ गतेबाट पाक्षिक रुपमा प्रकाशन आरम्भ भएको यो पत्रिका २०५४ वैशाखबाट साप्ताहिक र सोही वर्ष माघदेखि दैनिकरुपमा प्रकाशित हुँदै आएको हो। गण्डकी धौलागिरी क्षेत्रमा पहिलो राष्ट्रिय दैनिकको मान्यता प्राप्त गर्न सफल आदर्श समाज दैनिकले विगत तीन वर्ष अघिदेखि नै श्रमजीवी पत्रकार ऐन… पुरा पढौ

आँखा दान अभियानबाट सात सय १४ जनालाई दृष्टि

पोखरा, ३१ चैत। माछापुच्छ्रे एफ.एम.को आँखादान अभियानबाट सात सय १४ जना दृष्टिबिहीनले दृष्टि पाउने भएका छन्। एफ.एम.को १३ औँ वाषिर्कोत्सवको अवसरमा नयाँ वर्ष नयाँ काम म पनि गर्छुुआखाँ दान भन्ने नाराका साथ आयोजित अभियानमा कूल तीन सय ५७ जनाले आँखादानको घोषणा गरेपछि सात सय १४ जना दृष्टिविहीनले उज्यालो संसार देख्न पाउने भएका हुन्। पोखराको चिप्लेढुङगामा शनिबार आयोजना गरिएको अभियानमा पोखराका… पुरा पढौ