पाेखरा र सेराेफेराे

टोल विकास संस्थाको स्तरवृद्धि तथा कानुनी हैसियत विषयमा गोष्ठी

पोखरा, २५ जेठ। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा पोखरा उपमहानगरपालिका र लुमन्ती संस्थाको संयुुक्त सहआयोजनामा कास्कीको पर्यटकीय क्षेत्र ल्वाङघलेल गाविसको ल्वाङ गाउँमा टोल विकास संस्थाको स्तरवृद्धि तथा कानुनी हैसियत दिने विषयमा त्रिदिवसीय गोष्ठी शनिबार सम्पन्न भएको छ। ग्ाोष्ठीमा पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले टोल विकास संस्थालाई नगरपालिकाको सहयोगी संस्थाको रुपमा विकसित गर्न लागिपरेको बताए । उनले टोल… पुरा पढौ

एक्स आर्मीमा खुल्ला सांस्कृतिक नृत्य कार्यक्रम

पोखरा, २५ जेठ।एक्स आर्मी उच्च माध्यमिक विद्यालय पोखरा-१७, छोरेपाटनमा शुक्रबार खुल्ला सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका प्राचार्य मोहन पौडेलको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका जम्मा १९ समूह सहभागी भएका थिए। अतिरिक्त क्रियाकलाप विभाग प्रमुख धनबहादुर भुजेलले सञ्चालन गरेको प्रतियोगितामा निर्णायकमा नृत्य प्रशिक्षक माधव गुरुङ, शिक्षिका मनु थापा र ज्योति गुरुङ रहेका थिए। प्रतियोगितामा… पुरा पढौ

पोखरा उप-महानगरपालिकालाई नागरिक अभिनन्दन

पोखरा, २३ जेठ।पोखरा उप-महानगरपालिका देशकै सफा सहरको रूपमा सम्मानित भएकोमा बिहीबार नागरिक अभिनन्दन गरिएको छ। नागरिक निगरानी समिति पोखरा, नागरिक समाज पोखरा र टोल विकास संस्था नगर समन्वय समिति पोखराले संयुक्तरूपमा पोखरा उप-महानगरपालिकालाई सम्मान गरेका हुन्। कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीलाई टोल विकास सस्था नगर समन्वय समितिका अध्यक्ष उज्जल खत्रीले अभिनन्दन पत्र प्रदान गरी सम्मान गरेका हुन्। सोक्रममा अधिकारीले… पुरा पढौ

फेवातालका डुङ्गा व्यवसायी आन्दोलित, डुङ्गा सेवा बन्द

पोखरा, २३ जेठ।पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालका डुङ्गा व्यवसायीहरू बिहीबारदेखि आन्दोलित भएका छन्। फेवा डुङ्गा व्यवसायी व्यवसायी सङ्गठनले आन्दोलनको नेतृत्व गरेको छ। आफ्नो सङ्गठनसँग छलफल नै नगरी जिल्ला विकास समिति कास्कीले डुङ्गा सञ्चालनका लागि नयाँ टेण्डर आह्वान गरेको भन्दै डुङ्गा व्यवसायी आन्दोलित भएका हुन्। उनीहरूले बिहीबार दिउँसो एक बजेपछि फेवातालमा डुङ्गा चलाएका छैनन्। व्यवसायीले डुङ्गा सेवा बन्द गरेपछि फेवातालमा डुङ्गा… पुरा पढौ

मिस थकालीका विजेतालाई नगद पुरस्कार प्रदान

पोखरा, २३ जेठ।थकाली भाषा र संस्कृतिको सर्म्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेनर नेपालको आयोजना र थाक पाँच गाउँ उद्धार समितिको मुख्य प्रायोजनमा भएको पहिलो मिस थकालीका विजेतालाई बिहीबार नगद पुरस्कार प्रदान गरियो। पोखरामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्राज्ञ सरुभक्तले मिस थकाली नेपालका विजेता आश्विनी थकालीलगायत अन्य उपाधि विजेतालाई नगद पुरस्कार प्रदान गरेका हुन्। युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको सहप्रायोजनमा… पुरा पढौ

विश्व वातावरण दिवसमा शान्तिघाटमा वृक्ष्ँरोपण

पोखरा, २३ जेठ।४१ औं विश्व वातावरण दिवसको अवसर पारेर सामुदायिक सेवा तथा सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीको आयोजनामा, सामुदायिक सेवा केन्द्र बैदाम, पृथ्वीचोक, बगर र लेखनाथको सहकार्यमा बुधबार पोखराको शान्तिघाटमा वृक्षरोपण र विरुवा गोडमेल र सरसफाइ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा चाँप, सल्लो, तेजपत्ता र गोड मोहरका गरी २८ वटा बिरुवा रोपिएको थियो भने शान्तिघाट क्षेत्रको सरसफाइ गरिएको थियो। सामुदायिक सेवा… पुरा पढौ

जनकविकेशरी थापा अस्पताल भर्ना

पोखरा, २२ जेठ।जनकवि केशरी धर्मराज थापा उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका छन्। पोखरा, बाटुलेचौरस्थित आफ्नै घरमा बुधबार बिहान एक्कासी रक्तचाप बढेपछि उनलाई फेवासिटी अस्पताल लगिएको थियो। अवस्था अरु गम्भीर भएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगी आईसीयूमा राखिएको माइला छोरा कुञ्जराज थापाले जानकारी दिए। साँझसम्म उनको स्वास्थ्यमा सुधार आएको उपचारका संलग्न चिकित्सक डा. विमल चालिसेले जानकारी दिए। ८९ वर्षीय… पुरा पढौ

नौलो घुम्तीको महायज्ञ जारी

पोखरा, २२ जेठ।नौलो घुम्ती नेपालले पोखराको ड्यामसाइडमा आयोजना गरेको श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ बुधबार पनि जारी रहेको छ। लागुपदार्थ परामर्श तथा पुनस्र्थापना केन्द्रको निर्माण, गरिब, विपन्न, अशक्त, असहायका लागि निःशुल्क आवासीय उपचार सेवा र पोखराको धार्मिक तीर्थस्थल सीतापाइलाको संरक्षण र सर्म्वर्द्धन गर्नका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। आगामी जेठ २७ गतेसम्म चल्ने महायज्ञमा वाचन पण्डित दीनबन्धु… पुरा पढौ

कुण्डलिनी शक्ति जागरण योग साधना शिविर हुने

पोखरा, २२ जेठ।जगत गुरु रामानन्दाचार्य सेवा पीठ, सिद्ध महायोग ध्यान साधना केन्द्रको आयोजनामा आगामी जेठ २४ गतेबाट जेठ ३० गतेसम्म कुण्डलिनी शक्ति जागरणसम्बन्धी योगसाधना शिविर पोखरामा हुने भएको छ। जगतगुरु रामानन्दाचार्य सेवा पीठ, सिद्ध महायोग ध्यान साधना केन्द्रले बुधबार पत्रकार सम्मेलन गरी शिविरको अन्तिम तयारी भइरहेको जानकारी दिएको हो। कार्यक्रमअनुसार आगामी शुक्रबार पोखरा सभागृहमा ध्यान शिविरको उद्घाटन हुनेछ। शनिबार विरामीलाई… पुरा पढौ

विकास निर्माणका लागि शान्तिसुरक्षा अनिवार्य : कास्की प्रहरी प्रमुख

लेखनाथ, २२ जेठ।कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार रिजालले विकास निमार्ण  लागि शान्तिसुरक्षा अनिवार्य भएको बताएका छन्। पावर हाउसचोक टोल सुधार एवं बजार व्यवस्थापन समिति लेखनाथ -१२ ले बुधबार आयोजना गरेको शान्तिसुरक्षाविषयक अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रममा बोल्दै  रिजालले शान्तिसुरक्षाबिना जुनकुनै पनि विकास निमार्ण  काम प्रभावित हुने भएकोले टोल, गाउँ र नगर हुँदै सिङ्गो जिल्लामा शान्तिसुरक्षाको प्रत्याभूति दिनका लागि कार्ययोजना बनाएर… पुरा पढौ