पोखरा र सेरोफेरो

विन्टर क्याम्प २०१३ सुरु ‘सामुदायिक विद्यालयका शिक्षकको योग्यता र क्षमता बढाउन आवश्यक’

पोखरा, १३ माघ सामुदायिक विद्यालयका विद्यार्थीका लागि आयोजना गरिएको पाँच दिने विन्टर क्याम्प २०१३ शनिबारदेखि पोखरामा सुरु भएको छ। क्याम्पको उद्घाटन गर्दै शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरूको योग्यता र क्षमता बढाउनुपर्ने बताए। शिक्षकको योग्यता र क्षमता बढाउन नसक्दा शिक्षाको जग मानिने पूर्वप्राथमिक र आधारभूत तहको शिक्षा नै बलियो पार्न नसकिएको उनको भनाइ छ। निर्देशक पाण्डेले शिक्षाको गुणस्तरीय… पुरा पढौ

दशावतार बालनमा पोखरेली मन्त्रमुग्ध

पोखरा, १३ माघ। सधैजसो राजनीतिक भाषण, सम्मेलन र साङ्ग·ीतिक कार्यक्रम मात्र हुने पोखरा सभागृहमा शनिबार पोखरेली दर्शक फरक खालको दृश्यावलोकन गरी मन्त्रमुग्ध भए। हिन्दू धार्मिक मान्यताअनुसार भगवानका दश अवतारको लीला शनिबार सभागृहमा प्रदर्शन गरियो। पाल्पाको रामपुरबाट कलाकार ल्याएर निःशुल्क यस्तो विरल अवसर हेर्ने चाँजोपाँजो अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले मिलाएको हो। बालन हेर्न प्राज्ञ सरुभक्तलगायत पोखराका लोकवाङमयप्रमीको बाक्लो उपस्थिति थियो। कार्यक्रममा… पुरा पढौ

ओम बचतमा अधिकारी

पोखरा, १३ माघ। पोखराको अधिकारी टोलमा रहेको ओम बचत तथा ऋण सहकारी संस्थाको दोस्रो अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ। सहकारीको उपाध्यक्षमा रामप्रसाद अधिकारी, सचिवमा रमेशप्रसाद अधिकारी, कोषाध्यक्षमा राजु अधिकारी तथा सदस्यहरूमा कृष्णप्रसाद पौडेल, इन्द्रसागर पराजुली, शुभद्रा सुवेदी, माधवप्रसाद अधिकारी, राधादेवी अधिकारी, हरिशरण पराजुली र रामविक्रम राणा रहेका छन्। समितिले लेखा समितिको संयोजकमा विष्णुप्रसाद अधिकारी,… पुरा पढौ

वेलनन एकेडमीमा अभिभावक सचेतनात्मक गोष्ठी

पोखरा, १३ माघ। पोखरा-१५ गलेश्वरचोकमा रहेको वेलनन एकेडेमीमा शनिबार नतिजा प्रकाशन तथा अभिभावक सचेतनात्मक गोष्ठी सम्पन्न भएको छ। अभिभावकलाई आफ्ना छोराछोरीप्रति उत्तरदायी बनाउन तथा विद्यालय अभिभावक तथा विद्यार्थीबीचको सकारात्मक सम्बन्ध बढाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीलाई अगाडि बढाउनका लागि अभिभावकका भूमिका विषयमा तथा अभिभावकलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै युनिप्स नेपालका केन्द्रीय महासचिव… पुरा पढौ

समाजसेवी गुरुङ रहेनन्

पोखरा, १३ माघ। कास्कीको लुम्ले गाविसका निवर्तमान अध्यक्ष तथा समाजसेवी हरिन्द्र लामिछाने गुरुङको ६३ वर्षको उमेरमा निधन भएको छ। विगत तीन महिनादेखि कलेजो र मृगौलासम्बन्धी समस्याबाट पीडित गुरुङको उपचारका क्रममा बिहीबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो। २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाविस अध्यक्षमा निर्वाचित गुरुङले आफ्नो कार्यकालमा लुम्ले गाविसका विभिन्न वडामा ग्रामीण विद्युतीकरण र… पुरा पढौ

रोटरी फिस्टेलद्वारा छात्रवृत्ति वितरण

पोखरा, १३ माघ। रोटरी क्लब अफ पोखरा फिस्टेलले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। रोटरी ३२९२ का डिस्ट्रिक्ट गभर्नर योगेन्द्रमान प्रधानले १० जना विद्यार्थीलाई ३२ हजार बराबरको रकम प्रदान गरेका हुन्। विगत पाँच वर्षदेखि रोटरी क्लब अफ पोखरा फिस्टेलले फिस्टेल फण्ड र अन्नपूर्ण फण्ड नामक छात्रवृत्ति प्रदान गर्दै आएको छ। फिस्टेल फण्डअर्न्तर्गत छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा १० मा अध्ययनरत तालबाराही उच्च… पुरा पढौ

महायज्ञको प्रचार तीव्र पारिने

पोखरा, १२ माघ। ब्राह्मण समाज नेपालले माघ १९ देखि २७ गतेसम्म आयोजना गर्न लागेको श्रीमद्भागवत सप्ताह तथा धन धान्याचल विराट ज्ञान महायज्ञको प्रचार प्रसारलाई तीव्र्र पारिने भएको छ। पोखरामा सम्पन्न महायज्ञ प्रसार -प्रसार उपसमिति समिति, युवा परिचालन उपसमिति, ब्राह्मण समाजका वडा र गाउँ समितिका अध्यक्षहरूको संयुक्त भेलाले महायज्ञको मिति नजिकिँदै जाँदा प्रचार-प्रसारलाई तीव्र्र पार्ने निर्ण गरेको हो। भेलाले महायज्ञको प्रचार… पुरा पढौ

धवलागिरिका विद्यार्थीद्वारा विज्ञान प्रदर्शनी

पोखरा, १२ माघ। धवलागिरि बोर्र्डिङ स्कुल हेमजाका विद्यार्थीले शुक्रबार विद्यालय प्रा·णमा विज्ञान प्रदर्शनी गरेका छन्। परीक्षाफल प्रकाशित भएको दिन विद्यालयका कक्षा ४ देखि ९ सम्मका विद्यार्थीले विज्ञान प्रदर्शनी गरेका हुन्। प्रदर्शनीमा माइक्रोफोन, मनकामना केबुल कार, रकेट रोर्बर्ट, मिनि कम्प्युटरलगायत ४० इभेन्टका आधुनिक विज्ञान प्रदर्शनी राखिएको थियो। प्रदर्शनीमा विद्यालयका विद्यार्थीले बनाएको कास्की जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा द्वितीय भएको रोबोर्ट पनि राखिएको थियो।… पुरा पढौ

अलिमियाँ प्रतिष्ठानले बालन प्रदर्शन गर्ने

पोखरा, ११ माघ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीले आगामी माघ १३ गते शनिबार पोखरा सभागृहमा  दशावतार बालन लोकनाटक देखाउने भएको छ। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको प्रतिष्ठानले जानकारी दिएको छ। शनिबार बिहान ११: ३० बजे पोखराको पृथ्वीचोकबाट झाँकीसहितको र्‍याली निकालिने पनि सो अवसरमा जानकारी दिइयो। प्रतिष्ठानका सल्लाहकार डा. कुशुमाकर न्यौपानेले दशावतार बालन लोकनाटकको महत्त्वको… पुरा पढौ

गण्डकी मेडिकल कलेजमा रक्तदान

पोखरा, ११ माघ। गण्डकी मेडिकल कलेज लेखनाथमा एक कार्यक्रमका साथ बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान नै जीवनदान भन्ने मुल नाराकासाथ एम.वि.वि.एस तहमा अध्ययनरत २०१० समूहका विद्यार्थीद्वारा आयोजना र पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा ७८ प्वाइन्ट रगत सड्ढलन भएको थियो। कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले कार्यक्रमको उदघाटन गरेका थिए भने कलेजका… पुरा पढौ