पाेखरा र सेराेफेराे

महिला बेचविखनविरुद्ध सचेतना कार्यक्रम

पोखरा, ३० साउन।महिला सुरक्षा दबाब समूह कास्कीको आयोजनामा लामाचौर गाविसमा महिला बेचविखनविरुद्ध सचेतनासम्बन्धी प्रशिक्षण सम्पन्न भयो। प्रमुख अतिथि बयोवृद्ध महिला इन्द्रकला पाण्डेले सबैलाई आफ्ना अधिकार लिनका निम्ति अगाडि बढ्नुपर्ने बताउँदै शुभकामना व्यक्त गरे। कार्यक्रममा प्रमुख प्रशिक्षक अधिवक्ता महेन्द्रमान व्यथितले हक, अधिकारसम्बन्धी कानुन २०६४, मानव बेचविखन तथा ओसारपसार ऐनको सम्बन्धमा, घरेलु हिंसा ऐन २०६६ तथा विभिन्न ऐन कानुनका विषयमा सरल ढ·ले… पुरा पढौ

बाटुलेचौरमा भदौको तेस्रो साता तीज मेला

पोखरा, ३० साउन।विभिन्न अवसरमा मेला र महोत्सव भइरहने पोखरामा भदौको तेस्रो साता बाटुलेचौर तीज मेला हुने भएको छ। बाटुलेचौर तीज मेला-२०७० मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १५ गतेबाट भदौ २३ गतेसम्म मेला हुने जानकारी दिएको हो। स्थानीय लोक संस्कृति, परम्परा र मौलिकताको जगेर्ना गर्ने, ऐतिहासिक थलो बाटुलेचौर मैदान र महेन्द्रगुफा र चमेरो गुफाको प्रचार-प्रसार गरी वडा… पुरा पढौ

स्वतन्त्रता दिवसको अवसरमा भारतीय युवा र जनतालाई बधाई ज्ञापन

पोखरा, ३० साउन।नेपाल भारत मैत्री युवा सङ्घ कास्कीले ६७ औं भारतीय स्वतन्त्र दिवस -१५ अगष्ट) को अवसर पारेर भारतीय युवा तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गरेको छ। युवा सङ्घ कास्कीद्वारा बुधबार प्रकाशित प्रेस विज्ञप्तिमा नेपाली युवा र भारतीय युवाको स्वतन्त्रताप्रतिको चाहना र लर्डाईमा सधँै एक अकोर्बीच सहयोग आदानप्रदान रहँदै आएको कुरा उल्लेख छ। सन् १९४६ मा महात्मा गान्धीको नेतृत्वमा… पुरा पढौ

ब्लु डायमण्ड कमेडी यात्रा पोखरामा सम्पन्न

पोखरा, ३० साउन।रोटरी क्लब अफ पोखरा फिस्टेलको भातृ क्लब पोखराको रोट्रर्‍याक्ट क्लब अफ पोखरा फिस्टेलको आयोजनामा ब्लु डायमण्ड कमेडी यात्रा सम्पन्न गरेको छ। हास्य कलाकार जितु नेपाल मुन्द्रेले फेवाताललाई जलकुम्भी झारले ढाकेकोले चार-चार वर्षसम्म तलब खाएर पनि संविधान बनाउन नसकेकाले उनीहरूलाई बोलाएर सो ताल सफा गर्नुपर्ने व्यङ्ग्य गर्दै उनीहरू आइहाले पनि आपसमा झगडा गरेर त्यति काम पनि नगर्ने बताए।सो यात्रामा… पुरा पढौ

पोखराको विकास सबैको दायित्व हो : अधिकारी

पोखरा, २८ साउन।पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखराको सर्वाङ्गीण विकास नगरवासी सबैको दायित्व भएको बताएका छन्। युवा नेतृत्व नेपाल, पोखरा-६, बैदामले सोमबार विश्व युवा दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा अभिनन्दित भएपछि बोल्दै उनले यस्तो धारणा राखेका हुन्। कार्यकारी अधिकृत अधिकारीलाई हालै नेपाल सरकारले चौथो राष्ट्रिय स्थानिय निकाय विकास अवार्ड-२०७०बाट सम्मानित गरेको थियो। पोखरा उप-महानगरपालिकालाई उत्कृष्ट बनाउन योगदान गरेकोमा संस्थाले… पुरा पढौ

आर्थिक चलखेलका कारण रुट इजाजत नपाएको आरोप

पोखरा, २८ साउन।विन्ध्यवासिनी यातायात बस व्यवसायी समिति कास्कीले आर्थिक चलखलेका कारण रुट इजाजत नपाएको आरोप लगाएको छ। समितिले सोमबार विज्ञप्ति प्रकाशित गरी चर्को आर्थिक चलखलेका कारण आफ्नो संस्थाले रुट इजाजत पत्र पाउन नसकेको बताएको छ। पर्यटकीय नगरी पोखराको सुन्दरतामा खलल आउन नदिन प्रदूषणरहित यूरो थ्रि एसि जडित अत्याधुनिक सुविधा सम्पन्न ५८ वटा अटोवस खरिद गरिएको लामो समय भैसकेको र आफ्नो… पुरा पढौ

अङ्ग्रेजी हिज्जेमा बेसलाइन प्रथम

पोखरा, २८ साउन।प्याब्सन कास्कीले आयोजना गरेको निम्न माध्यमिकस्तरीय अंग्रेजी हिज्जे  प्रतियोगितामा बेसलाइन एकेडेमी प्रथम भयो। यसैगरी, द्वितीय भानुभक्त आवासीय विद्यालय, तृतीय पश्चिमाञ्चल उच्च मावि र सान्त्वना केफ उच्च मावि भएका छन्। प्रतियोगितामा प्याब्सन कास्कीसँग आबद्ध सदस्यहरूमध्ये ६९ ओटा सदस्य विद्यालय सहभागी थिए। पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका रजिस्टार डा. मानबहादुर केसी विद्यायार्थीहरूलाई यस्ता कार्यक्रमले अंग्रेजी भाषा… पुरा पढौ

बोलबम सम्पन्न, एकैदिन ५० हजारको उपस्थिति

पोखरा, २८ साउन।केदारेश्वर महादेवमणि मन्दिरमा आयोजित बोलबम कार्यक्रममा सोमबार एकैदिन ५० हजार बढी भक्तजन उपस्थिति रहेको आयोजकले दाबी गरेको छ। साउनको चौथो तथा अन्तिम सोमबार परेकोले पनि पहिलेको तुलनामा भक्तजनको उपस्थिति उल्लेख्य रहेको बोलबम संयोजक शंकर खरालले जनाए। मन्दिरमा पूजाआजा तथा जल चढाउन दिउँसो अबेरसम्म पालो कुरेर बसेका थिए।  यसैगरी, अघिल्ला सोमबारजस्तै गाईघोटदेखि सुरु बोलबम जलयात्रामा पनि भक्तजनको उपस्थिति उल्लासमय… पुरा पढौ

गलेश्वर शिवालयको नवनिर्मित मन्दिर उद्घाटन

पोखरा, २८ साउन।पोखरा उप-महानगरपालिका वडा नं. १५ गलेश्वर मार्गमा रहेको गलेश्वर शिवालयको नवनिर्मित मन्दिरको सोमबार उद्घाटन भयो। मन्दिर संरक्षण समितिका प्रमुख संरक्षक भक्तराज श्रेष्ठले मन्दिरको उद्घाटन गरेका थिए। शिवालय गुठी संरक्षण समितिका कार्यवाहक अध्यक्ष शिवबहादुर बानियाँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा टोल विकास समन्वय समिति पोखरा-१५ का अध्यक्ष प्रकाश पौडेल, समाजसेवी सुशीलराज पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए। समारोहमा समितिका कोषाध्यक्ष गणेश… पुरा पढौ

स्वर्णजयन्तीको अवसरमा प्राध्यापक संघद्वारा सम्मान तथा बिदाइ

पोखरा, २८ साउन।नेपाल प्राध्यापक संघको स्वर्णजयन्तीको सन्दर्भमा त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइ समितिको आयोजनामा प्राध्यापक सम्मान तथा बिदाइ कार्यक्रम सोमबार सम्पन्न भयो। कार्यक्रममा लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी सेवा निवृत हुने  प्राध्यापकहरू प्रा.डा. नगेन्द्रलाल श्रीवास्तव, रघुनाथ अधिकारी, प्रा.डा. कृष्णकुमार श्रेष्ठ, अमृतलाल श्रेष्ठ, कृष्णबहादुर गुरूङ, अग्निधर पौडेल, रामनाथ अधिकारी र डा. रविलाल अधिकारीलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान… पुरा पढौ