पाेखरा र सेराेफेराे

गैर कानुनी बाटोमा महानगर-बिचौलिया-उद्योग वाणिज्य संघ

पोखरा, ११ कात्तिक। पोखरा महानगरपालिकाले नगरक्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनका लागि भन्दै २०७१ साल साउनमा पोखरा उद्योग बाणिज्य संघसँग सम्झौता गरेर कर उठाउने अनुमति दियो। त्यसभन्दा पहिले नगरपालिकाले आफ्नै कर्मचारी खटाएर विज्ञापन कर उठाउँदै आएको थियो। कर्मचारीले वाषिर्क ५ लाख हाराहारीमा कर उठाउँथे। त्यही रकमलाई दोब्बर बनाएर अध्ययन नै नगरि उद्योग बाणिज्य संघसँग तीन वर्षा लागि सम्झौता गरियो। तत्कालीन कार्यकारी अधिकृत झलकराम… पुरा पढौ

समुदाय-प्रहरीको साझेदारी कार्यक्रम

पोखरा, ११ कात्तिक।गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले समुदाय र प्रहरीसँगै हातेमालो गर्ने बताएका छन्। मुख्यमन्त्री गुरुङले समाजका विकृतिहरुविरुद्ध समाजका सबै बर्ग र तप्काबीच एकजुट हुनुपर्ने औल्याए। उनले  प्रहरीको ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ अभियानमा गण्डकी प्रदेश सरकार पनि साथमा रहेको उल्लेख गरे। उनले भने, ‘नेपाल प्रहरीको यस्ता जनमुखी अभियानले समृद्ध नेपाल र सुखी नेपाली… पुरा पढौ

‘सहकारी विधेयक छिट्टै पास हुन्छ’

पोखरा, ११ कात्तिक। पोखरा-१७ मा बसोबास गर्ने क्षत्री समुदायको अगुवाइमा स्थापित स्वाभिमान कृषि सहकारी संस्था लि.को प्रथम वाषिर्क साधारण सभा शनिवार सम्पन्न भएको छ। प्रमुख अतिथि सांसद कृष्ण थापाले कार्यक्रम उद्घाटन गर्दै सहकारी विधेयक छिट्टै पास गरी कृषि क्षेत्रमा काम गर्नेहरुका लागि सुवर्णअवसर प्रदान गर्न आफूहरु लागि परिरहेको बताए। उनले सहकारीलाई चुस्तदुरुस्त बनाएर आमनागरिकको आर्थिकस्तर उकास्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त… पुरा पढौ

बन्धुत्व जगाउँदै भाट समुदाय

२०४२ सालमा स्थापना भएको रानाभाट सेवा समिति पछिल्लो समय क्रियाशील रहँदै आएको छ। २०६२/०६३ को जनआन्दोलनपछि २०६५ सालमा शेरसिंह भाटको नेतृत्वमा केन्द्रमा सामाजिक गतिविधिमा क्रियाशील रानाभाट सेवा समाजले आफ्ना बन्धुबीच बन्धुत्व जगाउने आशा देखाएको थियो नै। समयको कालखण्डमा स्याङ्जा भाटखोलाका कृष्णबहादुर रानाभाट, ठूलाडिहीका गौतम रानाभाट र विष्णु रानाभाटको नेतृत्वमा क्षेत्रियस्तरमा पछिल्लो पुस्ता जागेपछि समाजका प्रगतिका पाइला दिनप्रतिदिन अगाडि बढेका छन्।… पुरा पढौ

लेकसाइड खुलाउन निर्देशिका

पोखरा, २८ असोज । पोखराको लेकसाइड नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो भन्नेमा दुर्इमत छैन । तर लेकसाइडलाई २४ सै घण्टा खुलाउने भन्नेमा मतान्तर कायमै छ । कतिपयले यसलाई २४ सै घण्टा खुलाउनुपर्छ भन्ने कोही भने आवश्यक मापदण्ड पूरा नगरी रात्रीकालीन व्यवसाय संचालन गर्न नसकिने तर्क गर्दछन् । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले शनिबार आयोजना गरेको नागरिक प्रहरीबीच सामाजिक सुरक्षासम्बन्धी अन्तक्रिया विशेषतः… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको २० औं साधारणसभा

पोखरा, २८ असोज।जनप्रिय बहुमुखी क्याम्पसको २० औ वाषिर्क साधारणसभा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष पिताम्बर बरालले लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष २०७५/०७६ को अनुमानित आय-व्यय विवरण र क्याम्पस प्रमुख वीरन्जी गौतमले क्याम्पसको प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए। क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष प्रेमनारायण बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रिय स्ववियु बहुमुखी सभापति आशिक गुरुङ, पब्लिक… पुरा पढौ

चारभञ्ज्याङ तमु समाजमा सम्मान

पोखरा, २८ असोज ।पोखरा-९, नयाँबजार, सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजघरमा आइतवार आयोजित कार्यक्रममा पाँचौं संस्करणको मिस गण्डकी २०१८ को उपाधि विजेता समाजकी लक्ष्मी गुरुङलाई बधाईकासाथ सम्मान र विदेशबाट घरबिदामा आएका समाजका सदस्यहरुलाई स्वागत गरिएको थियो ।चारभञ्ज्याङ तमु समाज पोखराकी सक्रिय सदस्य राजकुमारी गुरुङको नातिनी छोरा कमल गुरुङ र बुहारी मुना गुरुङको छोरी लक्ष्मी गुरुङले… पुरा पढौ

पोखरा रोयलले अपनायो भिन्न शैली

पोखरा, २७ असोज। पोखरा रोयल सहकारी संस्था लि. को १७ औं साधारणसभा शनिवार सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले रोयलको गतिविधिबाट आफू प्रभावित भएको र रोयल नेपालकै नमूना सहकारी बन्नेमा आफू ढुक्क रहेको बताए। पोखरा रोयलको साधारणसभा नितान्त बेग्लै तवरले सञ्चालन भएको थियो। कार्यक्रममा आसन र भाषणलाई न्यूनीकरण गर्दै साधारणसभा उद्घाटन सत्रमा कसैलाई पनि… पुरा पढौ

श्रेयाको परिवारलाई महानगरको १ लाख

पोखरा २७ असोज। पोखरा महानगरपालिकाले श्रेया बिकको परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गरेको छ । पोखरा २२, पुम्दीभुम्दी घरमै पुगेर श्रेयाकी आमा बेलकुमारी विकलाई महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा १९ का अध्यक्ष शोभामोहन पौडेल, काँग्रेस सचेतक एवं वडा ९ का अध्यक्ष रामराज लामिछानेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका… पुरा पढौ

हेरालो प्रतिष्ठानद्वारा विद्यार्थीलाई छात्रवृत्ति

पोखरा, २७ असोज । हेरालो प्रतिष्ठान कास्कीको १७ औं साधारणसभा शनिवार पोखरामा भएको छ । विभिन्न सामाजिक अभियानमा सक्रिय प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति वितरण सहित साधारणसभा गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाजसेवामा संस्थाको लगाव प्रशसंनीय भएको बताए । ‘पछिल्लो समय खुलेका सामाजिक संघसंस्थाहरु कामभन्दा बढी प्रचारमा ब्यस्त छन् । फिल्डमा पुगेर आफ्नो लक्ष्य अनुसार काम गर्ने संस्था निकै… पुरा पढौ