पाेखरा र सेराेफेराे

चोरी भएको मोटरसाइकल फेला

पोखरा, ९ भदौ।आदर्श समाज राष्ट्रिय दैकिकको कार्यालय न्यूरोड पोखराबाट हराएको मोटरसाइकल आइतबार फेला परेको छ। शनिबार राति पत्रिकाको कार्यालय अगाडि पार्किङ गरि राखिएको ग५प ५१७३ नं. को १२५ सिसिको होण्डा साइन मोटरसाइकल आइतबार विरौटास्थित शिशुनिकेतन स्कुलको चौरमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। चोरले मोटरसाइकलको चावीमा गएको तारलाई झिकी सीधै स्र्टार्ट हुने बनाएर लगेको थियो। प्रहरीले… पुरा पढौ

तायाःमचा नृत्य प्रतियोगितामा तेसापट्टी प्रथम

पोखरा, ८ भदौ।गोपालजी मन्दिर सेवा समिति रामकृष्ण टोलको आयोजनामा गाईजात्राको अवसर पारेर आयोजना गरको गाईजात्रा महोत्सव-२०७० सम्पन्न भएको छ। नेवाःखलः कास्कीको आÞवानमा दुर्इ दिनसम्म चलेको महोत्सवमा तायाःमचा नृत्य हेर्नेको घुइँचो लागेको थियो। महोत्सवको दोस्रो दिन शनिबार तायाःमचाः नृत्य प्रतियोगिता साथै सहभागीको नृत्य प्रस्तुती रहेको थियो। राति अबेरसम्म तायाःमचा नृत्य प्रतियोगितामा तेर्सापट्टी टोल प्रथम, मोहरिया टोल द्वितीय, गणेशटोल तृतीय भयो भने… पुरा पढौ

सातौं पोखरा पिस क्रिकेट कप-२०७० सुरु

पोखरा, ८ भदौ।पोखरा पिस क्लबद्वारा आयोजित सातौं पोखरा पिस क्रिकेट कप-२०७० शनिबारदेखि सुरु भएको छ। पोखरा-५ मालेपाटनस्थित बाराही उच्च माविको खेलकुद मैदानमा भएको उद्घाटन खेलमा पेक -पोखरा इन्जिनियरिङ कलेज) क्रिकेट क्लबले पस्र्याङ क्रिकेट क्लबलाई एक विकेटले पराजित गर्‍यो।टस जितेर पहिले व्याटिङ रोजेको पस्र्याङले १९.४ ओभरमा १४३ रन बनाउँदै अलआउट भएको थियो। पस्र्याङका तर्फबाट सञ्जिबले ४२ र सुरेशले ३१ रनको योगदान… पुरा पढौ

अदिप्तलाई गजल प्रतिभा पुरस्कार

पोखरा, ८ भदौ।गजल प्रतिभा पुरस्कारबाट पर्वतका गजलकार आर. के. अदिप्त शनिबार पोखरामा सम्मानित भएका छन्। गजल सन्ध्या, पोखराले १४८ औं मोतीजयन्तीका सर्न्दर्भ पारेर आयोजना गरेको कार्यक्रमबीच प्रमुख अतिथि सरुभक्तले उनलाई पुरस्कारस्वरूप दुर्इ हजार दुर्इ सय २२ रूपैयाँ नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरे। सो अवसरमा बोल्दै सरुभक्तले नेपाली गजलले आर. के. अदिप्तजस्ता प्रतिभाशाली गजलकारको योगदानका कारण उच्च स्तर प्राप्त गर्न… पुरा पढौ

पाटनवेशी टोल विकास संस्थाद्वारा ज्येष्ठ नागरिक तथा विद्यार्थी सम्मानित

पोखरा, ८ भदौ।पाटनवेशी टोल विकास संस्था पोखरा-१३ ले आफ्नो आठौं वाषिर्कोत्सवको अवसरमा शनिबार टोलका ज्येष्ठ नागरिक तथा २०६९ को प्रवेशिका परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्‍यो। उक्त कार्यक्रमको स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उद्घाटन गरेका थिए। सोही समारोहबीच प्रमुख अतिथि बास्तोलाले टोलका ज्येष्ठ ८४ वर्षीय समाजसेवी सूर्यनाथ उपाध्याय र ८२ वर्षीया पवित्रा बराललाई दोसल्ला ओढाएर सम्मान गरे। यसैगरी… पुरा पढौ

सुगम बचत तथा ऋण सहकारीको अध्यक्षमा बराल

पोखरा, ८ भदौ।सुगम बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौं वाषिर्क साधारणसभा तथा तेस्रो अधिवेशन संस्थाका अध्यक्ष बाबुराम बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा पोमलाल गिरी, सचिव पितमबहादुर सेन, कोषाध्यक्ष रवीन्द्रराज पौडेल, सहसचिव शकुन्तला कोइराला तथा सदस्यमा कृष्णप्रसाद ढकाल (कर्जा संयोजक), नारायणप्रसाद पौडेल (लेखा संयोजक), प्रेमराज गौतम (शिक्षा संयोजक), कुलप्रसाद घिमिरे, नवराज तिवारी र सिर्द्धार्थ… पुरा पढौ

गुप्तेश्वर महिला बचत तथा ऋण सहकारीको दोस्रो साधारणसभा

पोखरा, ८ भदौ।गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-१७ छोरेपाटन, डेभिजफलको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट बचतकर्ताका रूपमा यस वर्ष विष्णु सुवेदी सम्मानित भएकी छिन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका शाखा अधिकृत बालाकृष्ण सुवेदीले सम्मानपत्रद्वारा सम्मान गरेका थिए। सोक्रममा सुवेदीले सहकारी माध्यमबाट समाज रूपान्तरण र महिला सशक्तीकरण भएको दाबी गरे।… पुरा पढौ

पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिकाबारे अन्तरक्रियात्मक छलफल, साताभित्रै जिल्ला पुस्तकालय व्यवस्थापन समिति गठन गरिने

पोखरा, ७ भदौ।आगामी भदौ १५ गते मनाइने छैटौं पुस्तकालय दिवसको सन्दर्भमा पुस्तकालय विकास मञ्च काठमाडौं र पुस्तकालय दिवस समारोह समिति कास्कीको संयुक्त आयोजनामा सरकारले हालै जारी गरेको पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिकाबारे अन्तरक्रियात्मक छलफल कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भयो। 'पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका-२०६९’ लाई मुलुकका ७५ वटै जिल्लामा कार्यान्वयनका लागि मन्त्रालयले शिक्षा कार्यालयलाई परिपत्र जारी गरेको अवस्थामा कास्कीमा पनि… पुरा पढौ

पोखरामा गाईजात्रा महोत्सव सुरु, आज तायाःमचा नृत्य प्रतियोगितामा हुने

पोखरा, ७ भदौ।गोपालजी मन्दिर सेवा समिति रामकृष्ण टोलको आयोजनामा गाईजात्राको अवसर पारेर पोखरामा शुक्रबारदेखि गाईजात्रा महोत्सव २०७० सुरु भएको छ। नेवाःखल कास्कीको आह्वानमा सुरु महोत्सव भदौ ८ गतेसम्म चल्ने छ। नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवको शुक्रबार लाइफ कर्न्र्सट, आधुनिक तथा लोक नृत्य, यमराजको हास्यव्यङ्य भाषण र नेपाली लोकबाजाको प्रस्तुति र पोखरेली माग्नेबूढा… पुरा पढौ

आजदेखि पोखरा पिस क्रिकेट कप

पोखरा, ७ भदौ।पोखरा पिस क्लबको आयेाजनामा शनिबारदेखि सातौं पोखरा पिस क्रिकेट कप २०७० हुँदैछ। सातौं पोखरा पिस क्रिकेट कप २०७० मा अम्बिका युवा क्लब, सितलज्योति युथ क्लब, पेक -पोखरा इन्जिनियरिङ कलेज) क्रिकेट क्लब, पोखरा युनाइटेड -पियू) क्रिकेट क्लब, योङ ब्वाइज ११, पस्र्याङ क्रिकेट क्लब,  पोखरा क्रिकेट क्लब, युनाइटेड व्वाइज, कंक्रा क्रिकेट क्लब, रि-गन क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, आयोजकका दुर्इ… पुरा पढौ