पाेखरा र सेराेफेराे

पोउमनपाको एकीकृत योजना तर्जुमा गोष्ठी , प्रस्तावित बजेट ५२ करोड ६२ लाख

पोखरा, २२ पुस।पोखरा उपमहानगरपालिका कार्यालयको आर्थिक वर्ष २०७१/७२ का लागि प्रस्तावित विनियोजित बजेट ५२ करोड ६२ लाख रहेको छ। यही पुस २७ गते १८ औं नगर परिषद् गर्ने तयारीमा रहेको कार्यालयले विभिन्न शीर्षकमा सो बजेट प्रस्ताव गरेको हो। कार्यालयले सोमबार आयोजना गरेको एकीकृत योजना तर्जुमा गोष्ठीमा कार्यालयअन्तर्गतका पाँच समितिका संयोजकले विभाग सम्बन्धित योजनाहरूको अनुमानित बजेट तथा आगामी आर्थिक वर्षका योजनाबारे… पुरा पढौ

पश्चिमाञ्चल होटल सङघको चौथो वाषिर्क साधारणसभा विमानस्थल निर्माणका लागि कानुनी र आर्थिक रूपले समस्या छैन : कोइराला

पोखरा, २२ पुस।पश्चिमाञ्चल होटल संघ पोखराको चौथो वाषिर्क साधारणसभा सोमबार सम्पन्न भएको छ। 'पोखरामा एयरपार्ट निर्माण तत्काल सुरू गर्न पश्चिमाञ्चलको माग, अझै ढिलासुस्ती, षड्यन्त्र र बहानावाजी गरे सशक्त पार्छौ नागरिक दबाब’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले उद्घाटन गरे। प्रमुख अतिथि कोइरालाले सरकार र राजनीतिक दलहरूले प्रतिबद्धता ब्यक्त गरेको र लगानीकर्ता चीन सरकार सकारात्मक भएकाले… पुरा पढौ

पोखरामा इण्डियन आइडल प्रशान्त तामाङ आउने

पोखरा, २२ पुस।इण्डियन आइडल प्रशान्त तामाङ पोखरा आउने भएका छन्। उनी माघ ३ गते पोखरामा आउने छन् भने मङ्सिर ४ गते पोखरा रंगशालामा आयोजना गर्न लागिएको ल्होछार म्युजिक फेष्टिभल - २०१४ मा आफ्ना प्रस्तुति राख्ने छन्। इण्डियन आइडल बनेलगत्तै झण्डै दुर्इ महिनाको अवधिमा सांगीतिक कार्यक्रमको लागि उनी दुर्इ पटक पोखरा आएका थिए । गोर्खा पल्टनका हिरोसमेत प्रशान्त दुर्इ वर्षअघि फिल्म प'रबर्द्धनकालागि… पुरा पढौ

मनोसामाजिक मनोविमर्श तालिम सुरु, मानसिक विरामीको मुख्य उपचार परामर्श

पोखरा, २२ पुस।कोपिला नेपालको आयोजनामा छ महिने मनोसामाजिक मनोविमर्श तालिम सोमबारदेखि सुरू भएको छ। मनोसामाजिक विमर्शकर्ता उत्पादन गरि जोखिम र अप्ठ्यारोमा रहेका व्यक्ति तथा समुदायहरूको समस्याको समाधान गर्नका लागि मनोसामाजिक विमर्शकर्ता उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो। पश्चिमाञ्चल क्षेत्रमा मनोसामाजिक विमर्शकर्ताको संख्या कम भएकोले पनि मनोसामाजिक विमर्शकर्ता बढाउनका लागि उक्त तालिम गरिएको आयोजकले जनाएको छ। तालिममा १६ जनाको सहभागिता… पुरा पढौ

सिमलचारैमा माघे संक्रान्ति महोत्सवको तयारी

पोखरा, २२ पुस।पोखराको पहिलो राजमार्गसँग जोडिएको पिचबाटो तथा पुरानो व्यापारिक केन्द्रको रुपमा परिचित सिमलचौरलाई चिनाउन पहिलो पटक सिमलचौर 'माघे संक्रान्ति मेला-२०७०’ हुने भएको छ। महोत्सव आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। स्वस्थानी कथामा उल्लेखित सत्यदेवीको अङ्ग पतन भइ उत्पत्ति भएकी जाल्पादेवीकोसमेत मन्दिर रहेको सिमलचारै धार्मिक तथा ऐतिहासिक रुपमा पनि महत्वपूर्ण रहेको छ। माघ १ गते श्रीस्वस्थानी… पुरा पढौ

आजदेखि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को छैटौं सम्मेलन

पोखरा, १८ पुस।रोटरी क्लब यललगायत पोखरा र लेखनाथस्थित रोटरी क्लबहरूको आतिथ्यमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को छैटौं डिष्ट्रिक्ट सम्मेलन शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ।  पोखरा सभागृहमा हुने सम्मेलन आइतबारसम्म चल्ने छ। सम्मेलन सम्पन्न गर्न गठित मूलआयोजक समिति र विभिन्न उपसिमितिले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको मिडिया सब कमिटीका संयोजक माधवप्रसाद सिग्देलले जानकारी दिए। सम्मेलनस्थल पोखरा सभागृहलाई तामझामका साथ सिँगारिएको छ।… पुरा पढौ

छोरेपाटन उच्च माविको ३५ औं वाषिर्कोत्सव, शिक्षा ऐनको नयाँ मस्यौदा पेस गर्ने तयारी : शर्मा

पोखरा, १८ पुस।छोरेपाटन उच्च मावि पोखरा-१७, छोरेपाटनको ३५ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ। समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले सरकारले नयाँ संसदको प्रारम्भ हुनेबित्तिकै शिक्षा ऐनको नयाँ प्रारूपसहितको मस्यौदा पेस गर्ने तयारी शिक्षा मन्त्रालयतले गरेको जानकारी दिए। उनले सबैले सहजरूपमा शिक्षा प्राप्त गर्ने वातावरण बनाउन लागिपर्नुका साथै वर्तमान अवस्थाको ८१… पुरा पढौ

पोखरा जेसीज र लेडी जेसीजको संयुक्त पदस्थापन

पोखरा, १७ पुस।पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापन समारोह तथा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भयो। हालै चयन गरिएको दुवै संस्थाका वर्ष-२०१४ को कार्यसमिति पदाधिकारी तथा सदस्यलाई पदस्थापन गराइएको हो। पोखरा जेसीजका वर्ष-२०१३ का अध्यक्ष विष्णुबहादुर थापाले वर्ष २०१४ का अध्यक्ष तिलकराम पौडेललाई तथा पोखरा लेडी जेसीज वर्ष-२०१३ की अध्यक्ष बसन्त केसीले वर्ष २०१४ की अध्यक्ष लक्ष्मी गुरुङलाई… पुरा पढौ

डा. पौडेललाई भाटभटेनीको मोटरसाइकल उपहार

पोखरा, १७ पुस।विजयादशमी, दीपावली, छठ पर्व, ल्होछार, क्रिसमस एवं अंग्रेजी नयाँ वर्षको अवसरमा भाटभटेनी सुपर स्टोर पोखराले आयोजना गरेको भाटभटेनीको खरिदारी, बजाजको सवारी नामको उपहार योजनाको नतिजा बुधबार सार्वजनिक भएको छ। लक्की ड्रमा मणिपाल शिक्षण अस्पतालका कार्यरत डा. नवराज पौडेलले बजाजको डिस्कभर मोटरसाइकल हात पारेका छन्। बुधबार नै उनलाई मोटरसाइकल हस्तान्तरण गरिएको छ। दोस्रो उपहार रसिद नं. २०७६३९८ का राजकुमार… पुरा पढौ

ल्होछारमा ङ्योए तमु धीँद्वारा विविध कार्यक्रम

लेखनाथ, १७ पुस।ङयोए तमु धीँ लेखनाथले बुधबार विविध कार्यक्रमका साथ सामूहिकरूपमा तल्हो (घोडा) ल्होछार पर्व मनाएको छ।  तमु जातिको संस्कृतिलाई रक्षा गर्दै जातीय एकताको सन्देश दिँदै ल्होछार पर्वलाई लेखनाथ नगर क्षेत्रभित्र रहेका २६ वटा समाज, प्हेलु सङ्घ र बौद्धमार्गीको संयुक्त सहभागितामा ल्होछार मनाइएको हो। कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीले विभिन्न जात जातिको मौलीक संस्कृतिलाई रक्षा गर्दै… पुरा पढौ