पोखरा र सेरोफेरो

संस्कृतिको संरक्षणमा साहित्यकारहरूले कलम चलाउनुपर्ने

पोखरा, १५ असोज।पोखरामा सम्पन्न साहित्यिक भेटघाट कार्यक्रममा साहित्यकारहरूले धर्म संस्कृतिको संरक्षणका लागि कलम चलाउनुपर्ने आवश्यकता औंल्याइएको छ। काठमाडौंबाट आएका साहित्यकारहरूसँग पोखरेली साहित्यकारहरूको भेटघाट तथा उनीहरूलाई पोखरामा स्वागत कार्यक्रममा उक्त आवश्यकता औंल्याइएको हो। समाज रूपान्तरणका लागि साहित्यकारले खेल्ने भूमिका अतुलनीय रहेको भन्दै सहभागीले साहित्यकारले अब आफ्नो सन्तुष्टिका लागि र मायाप्रेमका विषयमा मात्र नभई समाजमा रहेका विकृति विस·तिका विरुद्धमा समेत कलम चलाउनुपर्ने… पुरा पढौ

मोर्डन इरा टुर्स एण्ड ट्राभल्सको सातौं वाषिर्कोत्सव

पोखरा, १५ असोज।पर्यटकीय नगरी पोखरादेखि भारतको नयाँ दिल्ली सीधा यातायात सेवा सञ्चालन गरेको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिको सातौं वाषिर्कोत्सव म·लबार पोखरामा सम्पन्न भयो। वाषिर्कोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले यातायात व्यवसाय अति संवेदनशील क्षेत्र भएकोले यसतर्फ राज्यले जति ध्यान दिनुपर्ने हो त्यति ध्यान दिन नसकेको आरोप लगाए। उनले मौजुदा कानुनले गर्दा आवश्यकमात्रामा… पुरा पढौ

सहभागितामूलक गुणस्तर निर्धारणसम्बन्धी अन्तरक्रिया

पोखरा, १४ असोज।कास्की जिल्लामा सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली सुरू गर्ने सम्बबन्धमा द बजार कृषि सहकारी संस्था लिमिटेड रिभान र डेभलपमेन्ट भोयाज प्रालिको संयुक्त आयोजनामा प्राङ्गारिक प्रमाणिकरण र सहभागितामूलक गुणस्तर निर्धारणसम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।प्राङ्गारिक कृषिका सरोकारवाला संघसंस्थाहरूसँग आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले प्राङ्गारिक कृषितर्फ आकर्षण बढ्दै गएको बताए। कास्की जिल्लामा सहभागीतामूलक गुणस्तर निर्धारण प्रणाली सुरूवात गर्नुपर्ने… पुरा पढौ

लायन्स क्लब अफ भैरबद्वारा वेद विद्याश्रमलाई प्रिन्टर

पोखरा, १४ असोज।   पोखरा चिसाखोला वेद विद्याश्रम सराङ्कोट-६, कास्कीलाई लायन्स क्लब अफ पोखरा भैरवले एक थान प्रिन्टर हस्तान्तरण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि   डिष्ट्रिक गभर्नर ३२५ बी १ नेपालका जोन चेयर पर्सन दूधमान गुरुङ  तथा क्लबका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ एवं पदाधिकारीले विद्याश्रमका अध्यक्ष मणिरत्न अधिकारी एवं प्रअलाई एक थान प्रिन्टर सहयोग हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि दूधमान गुरुङ्ग,… पुरा पढौ

चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना

पोखरा, १४ असोज।पृथ्वी राजमार्ग बस व्यवसायी समितिले आइतबार चालक, परिचालक तथा व्यवसायीलाई ट्राफिक नियम सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। करिब एक सय २० जना मजदुर सहभागी कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले सहजीकरण गरेका थिए। पाठकले ट्राफिक नियमसम्बन्धी जानकारी, चालक परिचालकको लापरबाहीबाट हुन सक्ने दुर्घटना र त्यसबाट हुने क्षतिलगायत चार्डपर्वमा हुने सवारी दुर्घटनाका… पुरा पढौ

मितेरी नारी समूहद्वारा कलाकारलाई आर्थिक सहयोग

पोखरा, १४ असोज।लेकसाइडको मितेरी नारी समूहले पोखराको कोमागाने पार्कमा मूर्र्त्ति निर्माणमा जुटेका कलाकार समूहलाई सहयोग गरेको छ। समूहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्लगायतको आयोजनामा भैहरेको मूर्र्त्तिकला कार्यशालामा सहभागी कलाकारलाई सोमबार बिहानको खाजा र नगद पाँच हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेको हो। समूहका अध्यक्ष कल्पना पहारीले एक समारोहबीच सो रकम पोखरा पर्यटन परिषद्का… पुरा पढौ

नारी उत्थान दिदीवहिनी समूहको दोस्रोब साधारणसभा

पोखरा, १४ असोज।नारी दिदीबहिनी समूह छोरेपाटन-१७ बेलघारीको दोश्रो साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा समूहले आयोजना गरेको छमहिने साक्षरता कार्यक्रमका ३० जना सहभागी तथा दुर्इमहिने मादल बजाउने तालिमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएएको थियो। साथै साक्षरता कार्यक्रमका प्रशिक्षण टीका कार्कीलाई समेत सम्मान गरिएको थियो।प्रमुख अतिथि कास्कीका शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले सम्मानीत व्यक्तिलाई सम्मानपत्र तथा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए। लुइँटेलले महिला… पुरा पढौ

पोखरामा आठौं अन्तर्राष्ट्रिय बहिरा दिवस

पोखरा, १४ असोज।गण्डकी बहिरा संघको आयोजनामा आठौं अन्तर्राष्ट्रिय बहिरा दिवस आइतबार पोखरामा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन गर्दै संघका वरिष्ठ सल्लाहकार हरिप्रसाद बरालले विगत २६ वर्षदेखि अनवरतरुपमा बहिराहरुको सर्म्पर्क रहँदै आएको बताए। सूर्य र स्व. ओमजस्ता व्यक्तित्वहरुबाट बहिरा शिक्षामा ठूलो योगदान पुर्‍याएको चर्चा गर्दै प्रमुख अतिथि बरालले उनीहरुको योगदानलाई बहिराहरुले कहिल्यै भुल्न नहुने सुनौलो अक्षरले लेख्नुपर्ने विचार व्यक्त गरे। बहिरा विद्यालय… पुरा पढौ

हिमालयन कलेजको विद्यार्थी स्वागत तथा शुभकामना कार्यक्रम

पोखरा, १४ असोज।पोखराको महेन्द्रपुलस्थित हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले, सो कलेजमा १८ महिने होटलसम्बन्धी तालिम लिइरहेका र फिल्ड ट्रेनिङका लागि भारत जान लागेका विद्यार्थीबीच स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमक सम्पन्न गर्‍यो। कार्यक्रममा सो कलेजमा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई समेत स्वागत गर्‍यो। विद्यार्थीलाई कलेजका प्रबन्ध निर्देशक ज्ञानबहादुर रानाले अबिर तथा प्रमुख अतिथि टेम्पल ट्री रिसोर्टका रेसिडेन्ट मेनेजर कृष्ण… पुरा पढौ

अमूल्य महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा बास्तोला

पोखरा, १३ असोज।     अमूल्य महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड आइतबार सम्पन्न प्रारम्भिक भेलाले ओमकुमारी बाँस्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णकुमारी त्रिपाठी, सचिवमा गंगा त्रिपाठी, कोषाध्यक्षमा गीतालक्ष्मी त्रिपाठी, सहसचिवमा लक्ष्मी बाँस्तोला तथा सदस्यमा पार्वती बाँस्तोला, उमा त्रिपाठी, कालिका क्षेत्री, सरस्वती त्रिपाठी, सरिमा छत्याल र तिलमाया छन्त्याल रहेका छन्। लेखा समितिको संयोजक सीता बाँस्तोला,… पुरा पढौ