पोखरा र सेरोफेरो

रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२को सम्मेलनको तयारी

पोखरा, ८ पुस।रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२को छैटौं डिष्ट्रिक सम्मेलन पुसको तेस्रो साता पोखरामा हुने भएको छ। आयोजक समिति छैटौं डिष्ट्रिक सम्मेलन रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिइएको हो । आगामी पुस १९ देखि २१ गतेसम्म हुने सम्मेलनमा नेपालका ८६ र भुटानको एक गरी ८७ रोटरी क्लबका प्रतिनिधिहरु सहभागी हुने छन् । सम्मेलनमा अमेरिका, पाकिस्तान, कोरियाबाट पनि… पुरा पढौ

अर्मलामा अतिक्रमित जग्गा सिमाङ्कन, पीडितहरूलाई राहत उपलब्ध गराउने सभासद् पौडेलको भनाइ

पोखरा, ८ पुस।एकाएक जमीन भासिएर क्षतविक्षत भएको अर्मला गाविसको ठूलीवेसी फाँटको अतिक्रमित सार्वजनिक जग्गा सिमाङ्कन गर्ने काम सकिएको छ । नापी कार्यालय कास्कीबाट सोमबार खटिएको प्राविधिकहरूको टोलीले अतिक्रमित जग्गा सिमाङ्कन गरिएको विपत व्यवस्थापन समितिले जानकारी दिएको छ । पानीको निकास भएको जग्गा अतिक्रमित हुँदा जमीनको सतहको पानी भूमिगतरूपमा बग्न थालेपछि ठूलीवेंशी फाँट एकाएक भासिन थालेको थियो। भासिएको स्थानमा गरिएको स्थलगत अध्ययनअनुसार करीब… पुरा पढौ

जनप्रियमा गुण मापन तथा प्रत्यायनको प्रभाव विषयक अन्तरक्रिया

पोखरा, ८ पुस। जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सोमबार गुणमापन तथा प्रत्यायन कार्यक्रमको प्रभावविषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। विश्व बैंकका परामर्शदाता प्रा.डा. चन्द्रलाल श्रेष्ठ र प्रा.डा. दुर्गालाल श्रेष्ठले जनप्रिय क्याम्पसको गुण विश्वसनियताको प्रभावका बारेमा अध्ययन गर्दै अन्तरक्रियाको सहजीकरण गरेका थिए । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय क्याम्पसको नीति तथा पद्धति, भौतिक पूर्वाधार, अध्ययन अध्यापनको मूल्याङ्क, पुस्तकालय, प्रयोगशाला, अनुसन्धान केन्द्र, सूचना व्यस्थापन र सार्वजनिक सूचना… पुरा पढौ

मान्छेको वास्तविक स्वरुप आत्म ब्रहम हो

पोखरा, ८ पुस।अद्वैत संस्था ढिकुरपोखरी शाखा नाउडाँडा कास्कीमा आयोजित चतुदशीय २५ औं राष्ट्रव्यापी वृहत् सत्स· समारोहको प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीले सोमबार उद्घाटन गरे। त्यस अवसरमा ब्रहमज्ञानी डा. क्षितिशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद पारायण गर्दै प्रमुख अतिथि सरस्वतीले मान्छेको वास्तव स्वरुप जन्म मृत्युरहीत आत्म ब्रहम हो भनी बताए। यो कुराको अनुभव गर्न इश्वर भावको साक्षात्कार गर्नुपर्दछ यसैलाई शस्त्रले मुमुक्षु भनेको… पुरा पढौ

नगर विकासमा बास्तोलालाई काम गर्न दिनू : सवोर्च्च

पोखरा, ७ पुस।पोखरा उपत्यका नगर विकास समितिमा कास्की काङ्ग्रेसका उसभापति विष्णुप्रसाद बास्तोलाको नेतृत्वमा रहेको समितिलाई नै निरन्तरता दिन सवोर्च्च अदालतले आदेश दिएको छ। आइतबार सवोर्च्च अदालतका न्यायाधीशहरू सुशीला कार्की र गिरिशचन्द्र उपाध्यायको इजलासले यसअघिका सम्पूर्ण मुद्दा खारेज गरि बास्तोलालाई नै निरन्तरता दिन सवोर्च्च अदालतले आदेश दिएको नगर विकास समितिका सदस्य एवं अधिवक्ता दुर्गा कोइरालाले जानकारी दिए। नगर विकास समितिमा तत्कालीन… पुरा पढौ

भाटभटेनीमा फेष्टिभल अफर

पोखरा, ६ पुस।भाटभटेनी सुपरमाकेट एण्ड डिपार्टमेण्टल स्टोर्सले गत वर्षझैं यस वर्ष पनि फेष्टिभल अफर ल्याएको छ। यो अफरमा ग्राहकलाई विभिन्न सामान खरिदमा १० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। यसका अलावा एक हजार रुपैयाँसम्मको सामान खरिदमा लक्की ड्र कुपन दिने व्यवस्था जारी छ। पोखराको व्यस्त सडक न्यूरोडमा रहेको भाटभटेनीले मेरी क्रिसमस, नयाँ वर्ष सन् २०१४ तथा तमु ल्होछारको अवसरमा ग्राहकको सुविधालाई… पुरा पढौ

हिमालय क्लबको रक्तदान तथा सम्मान कार्यक्रमको तयारी

पोखरा, ६ पुस।हिमालय क्लब बाटुलेचौरले यही पुस १० गते आयोजना गर्ने खुल्ला रक्तदान तथा सम्मान कार्यक्रम तयारी पूरा भएको जनाएको छ। सो कार्यक्रममा क्लबद्वारा सञ्चालित तथा स्थानीय समाजसेवी स्व. नरहरि देवकोटाको स्मृतिमा स्थापित समाजसेवा राष्ट्रिय पुरस्कारबाट उद्योगपति गणेशबहादुर श्रेष्ठलाई सम्मान गरिने कार्यक्रम रहेको सचिव मोहन थापाले जानकारी दिए। प्रत्येक दुर्इ वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि नगद १५ हजार र… पुरा पढौ

घर बनाउन लुमन्तिको सहयोग

पोखरा, ६ पुस।पोखरामा लामो समयदेखि डेरामा बस्दै आएका केही व्यक्तिलाई लुमन्तिले शनिबार पोखराका विभिन्न स्थानमा घर बनाउने जग्गा देखाएको छ।    समुदायको अगुवाइमा आवास कार्यक्रम गर्दै आएको लुमन्तिले विभिन्न जिल्लाबाट पोखरा आएर आ-आफ्नो पेशा व्यवसाय गरि बसेका करिब ४० घरमुलीलाई जग्गा देखाएको हो। न्यून आएका भएका, पाँच वर्षदेखि पोखरामा डेरा गरि बसेकालाई पोखरामै घर बनाउने सहयोग गर्ने उद्देश्यले लुमन्तिले वडा… पुरा पढौ

न्याश्नल इन्भेन्टिभको १६ औं वाषिर्कोत्सव

पोखरा, ५ पुस।पोखराको बैदामस्थित न्याश्नल इनभेन्टिभ आवासीय उच्च माविमाको १६ औै वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। प्रमुख अतिथि कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले समाजको मागअनुसारको शिक्षा विद्यालयले प्रदान गर्नुपर्ने र विद्यार्थीलाई स्वाबलम्वी र स्वरोजगार बनाउन विद्यालयले गहन भूमिका वहन गर्नुपर्ने बताए। प्याब्सनका केन्द्रीय कृष्ण केसीले बच्चाका अगाडि जे बोलिन्छ त्यो गर्नुपर्ने तथा विद्यार्थीलाई विद्यालयको जिम्मामा मात्र… पुरा पढौ

फुटपाथ निषेधित क्षेत्रमा व्यवसाय रोक्न साना व्यवसायीहरूको माग, माग सम्बोधन नभए संघर्षमा उत्रिने चेतावनी

पोखरा, १ पुस।पोखराका साना व्यवसायीहरू (फुटपाथ व्यापार गर्ने) ले सोमबार पोखरा उपमहानगरपालिकालाई मागपत्र पेश गरेका छन्। पोखरा हङकङ्ग बजार व्यवस्थापन समितिका अध्यक्ष दीलिपकुमार सुनार, पोखरा सस्तो बजार व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद खनाल, गण्डकी मिनी मार्केट व्यवस्थापन समितिका अध्यक्ष दीपक गिरी र चिप्लेढुङ्गा मिनी मार्केट व्यवस्थापन समितिका अध्यक्ष तारानाथ अधिकारीले संयुक्तरूपमा मागपत्र पेश गरेका हुन्। उनीहरूले पोखरा उपमहानगरपालिकाका कर्मचारीमार्फत् पोखरा उपमहानरपालिकाका… पुरा पढौ