पोखरा र सेरोफेरो

सोसल पब्लिकको १३ औं अभिभावक दिवस

पोखरा, २५ माघ।पोखराको बुद्धचोकमा रहेको सोसल पब्लिक स्कुलले १३ औं अभिभावक दिवस तथा पुररस्कार वितरण समारोह विविध कार्यक्रम शनिबार सम्पन्न गरेको छ। प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले निजी विद्यालयले गरेका शिक्षण सिकाइका उत्तम अभ्यासलाई सरकारी विद्यालयमा पनि लागू गराउन सहयोग पुर्‍याउन आग्रह गरे। उनले पोखराको बुद्धचोकमा रहेको सोसल पब्लिक स्कुलको प्रगति र शैक्षिक उपलब्धिले आफू प्रभावित भएको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य सङ्घ ६० औं वर्ष प्रवेश

पोखरा, २५ माघ।पोखरा उद्योग वाणिज्य सङ्घ ६० औं वर्षमा प्रवेश गरेको छ। २०११ साल माघ २५ गते तत्कालीन समयमा रहेका उद्योगी तथा व्यवसायीको भेलाले स्व. अमृतप्रसाद  शेरचनको नेतृत्वमा सङ्घ स्थापना भएको हो।  सङ्घले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा कार्य गर्दै आएको छ। पोखराको जेठो सामाजिक सस्थाको समेत परिचय बनाएको सङ्घले पहलमा पोखरामा पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय, महेन्द्रपुल तथा… पुरा पढौ

सिटी रेवान महोत्सवबाट दुर्इ लाख बढी बचत

पोखरा, २५ माघ।पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसिएसनले पोखरामा मङ्सिर १३ देखि २३ गतेसम्म आयोजना गरेको दोस्रो सिटी रेवान महोत्सव तथा फूड फेस्टिभलबाट दुर्इ लाख ३६ हजार ६ सय ३० रुपैयाँ बचत भएको छ। महोत्सवमा ३४ लाख ८४ हजार आम्दानी भएको र महोत्सव सम्पन्न गर्न ३२ लाख ४७ हजार तीन सय ७० रुपैयाँ खर्च भएको छ। एशोसिएसनले पोखरामा शनिबार पत्रकार… पुरा पढौ

अनिल पौडेलद्वारा लिखित ‘अतीतको बिस्कुन’को परिचर्चा जीवनका हरेक पक्षलाई परोपकारसँग जोड्नुपर्छ : मिश्र

पोखरा, २५ माघ।हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराले साहित्यकार अनिल पौडेलद्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह 'अतीतको बिस्कुन’को शनिबार पोखरामा परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो। स्व. पहारीको तस्विरमा पुष्पापण गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि बीबीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्रले पीडालाई परोपकारमा परिणत गर्ने कार्य स्वरुप पहारीको स्मृतिमा प्रतिष्ठान गठन भएकोमा त्यसको सराहना गरे। साथै उनले पत्रकारितालाई जनहित भनिए पनि परोपकारमा लगाइयो… पुरा पढौ

कल्याण शेरचनको स्मृति दिवसमा भैरवबहादुर थापा सम्मानित नवलपरासीको थारु लठ्ठी नाचदेखि सुर्खेतको सिंगारु नृत्य सभागृहमा

पोखरा, २४ माघ।लोकस्रष्टा कल्याण शेरचनको तेस्रो पुण्य तिथिको सर्न्दर्भमा कल्याण शेरचन स्मृति प्रतिष्ठान, पोखराले शुक्रबार वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई सम्मान गरेको छ। प्रतिष्ठानको आयोजनामा भएको स्रष्टा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा नेपाली लोक साँस्कृतिक नृत्य क्षेत्रमा छ दशकदेखि निरन्तर अतुलनीय योगदान दिँदै आएका, नेपाली पहिलो चलचित्र मनको बाँधका निर्देशक ८२ वर्षीय थापालाई नगद २५ हजार एक रुपैयाँ सहित… पुरा पढौ

नाट्टा पश्चिमाञ्चलको १९ औं वाषिर्क साधारणसभा, विमानस्थल बनाउनको लागि सशक्त आन्दोलनको खाँचो : अध्यक्षमा श्रेष्ठ

पोखरा, २४ माघ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विभिन्न बहानामा ढिला भएको भन्दै पोखराका पर्यटन व्यवसायीले विमानस्थल निर्माणका लागि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।  नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराको शुक्रबार आयोजित १९ औं वाषिर्क साधारणसभा तथा आठौं अधिवेशनमा बोल्ने वक्ताले उक्त कुरामा जोड दिएका हुन्। उनीहरूले पोखरामा विमानस्थल बन्न नदिन विभिन्न खेल… पुरा पढौ

केयर नेपालद्वारा जलवायु परिवर्तन विषयक सचेतनामूलक गोष्ठी

पोखरा, २४ माघ। हरियो वन कार्यक्रमअन्तर्गत केयर नेपाल पोखराको आयोजनामा दुर्इदिने 'स्थानीय विकास योजनामा जलवायु परिवर्तन अनुकूलन र प्रकोप जोखिम न्यूनीकरणको मूलप्रवाहीकरण’ विषयक सचेतनामूलक कार्यशाला गोष्ठी शुक्रबारदेखि पोखरामा सुरु भयो। गोष्ठीको उद्घाटन सत्रमा बोल्दै जिल्ला विकास समिति कास्कीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत निशानराज गौतमले जलवायु परिवर्तन अनुकूलनका प्रयास सम्बन्धमा विभिन्न संस्थाले धेरै कर्मकाण्डीय कार्य गर्दै आएको भए पनि त्यसले… पुरा पढौ

ट्रकको ठक्करबाट वृद्धाको ज्यान गयो

पोखरा, २४ माघ। ट्रकले ठक्कर दिँदा शुक्रबार पोखरामा एक वृद्धाको ज्यान गएको छ। मृत्य हुनेमा पैदलयात्री ६० वर्षीया चन्द्रकला लामिछाने रहेकी छन्। पोखराबाट विजयपुर हुँदै जाँदै गरेको ना४ख ७२५५ नम्बरको ट्रकले पोखरा-१४ चाउथेचोक नजिकै लामिछानेलाई ठक्कर दिएको हो। लेखनाथ नगरपालिका वडा नं. ६ मा बस्दै आएकी लामिछानेलाई सकडमा हिँडिरहेका बेला दिउँसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो।… पुरा पढौ

सनफ्लावरको रजत जयन्तीमा हाजिरीजवाफ प्रतियोगिता

पोखरा, २४ माघ।पोखरा-२ अर्चलबोटमा रहेको सनफ्लावर बोर्र्डिङ स्कुलले रजत जयन्तीको अवसरमा शुक्रबार अन्तरप्राविस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा गण्डकी आवासीय उच्चमावि, सरस्वती उच्चमावि, पश्चिमाञ्चल उच्चमावि, मदरल्याण्ड उच्चमावि, ज्ञानुवावा उच्चमावि डिज्नील्याण्ड एकेडमीका विद्यार्थीको सहभागिता रहेको थियो। लेकसाइडको बसुन्धरापार्कमा भएको प्रतियोगितामा नेपालको प्रकृति सुन्दरताका बारेमा चित्र बनाइएका थिए।प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई माघ २७ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने विद्यालयका निर्देशक दीपक… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि फेरि आन्दोलनको कुरा आन्दोलनको नेतृत्व लिन दलहरूलाई आग्रह

पोखरा, २३ माघ।वर्षौदेखि बन्छ कि झैं भइरहेको तर पोखरामा ४० वर्ष यतादेखि बन्न नसकेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन फेरि आन्दोलनको आवश्यकता महसुस हुन थालेको छ। पटक-पटक सरकारका प्रधानमन्त्री, मन्त्री र उच्च तहका कर्मचारीले वर्षौदेखि पोखरामा नै अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर बाँड्दै आएको आश्वासनले मूर्तरूप लिन नसकेपछि डेढ वर्ष पहिले पनि पोखरामा आन्दोलन भएको थियो। यद्यपि आन्दोलन सहमतिमा गएर… पुरा पढौ