पोखरा र सेरोफेरो

अलिमियाँ प्रतिष्ठानले बालन प्रदर्शन गर्ने

पोखरा, ११ माघ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीले आगामी माघ १३ गते शनिबार पोखरा सभागृहमा  दशावतार बालन लोकनाटक देखाउने भएको छ। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको प्रतिष्ठानले जानकारी दिएको छ। शनिबार बिहान ११: ३० बजे पोखराको पृथ्वीचोकबाट झाँकीसहितको र्‍याली निकालिने पनि सो अवसरमा जानकारी दिइयो। प्रतिष्ठानका सल्लाहकार डा. कुशुमाकर न्यौपानेले दशावतार बालन लोकनाटकको महत्त्वको… पुरा पढौ

गण्डकी मेडिकल कलेजमा रक्तदान

पोखरा, ११ माघ। गण्डकी मेडिकल कलेज लेखनाथमा एक कार्यक्रमका साथ बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान नै जीवनदान भन्ने मुल नाराकासाथ एम.वि.वि.एस तहमा अध्ययनरत २०१० समूहका विद्यार्थीद्वारा आयोजना र पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा ७८ प्वाइन्ट रगत सड्ढलन भएको थियो। कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले कार्यक्रमको उदघाटन गरेका थिए भने कलेजका… पुरा पढौ

समाजसेवी वीरसिंह गुरुङको योगदानको स्मरण

पोखरा, ९ माघ। स्वर्गीय मेजर वीरसिंह गुरुङले पोखरा र आसपासको शिक्षा, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै स्मरण गरिएको छ। पोखरामा म·लबार आयोजित एक कार्यक्रममा विभिन्न व्यक्तिले उनको योगदानलाई स्मरण गरे। उनैको अगुवाइमा काहूँको धरहरा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, अमरसिंह नमुना उमावि र पोखरामा भारतीय पेन्सन क्याम्पको स्थापना भएको थियो। गुरुङको नाममा स्थापना भएको स्वर्गिय वीरसिंह गुरुङ स्मृति प्रतिष्ठानको… पुरा पढौ

११ औं आहा ! रारा गोल्ड कप सुरु उद्घाटन खेलमा जावलाखेल विजयी

पोखरा, ९ माघ। सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा मङ्गलबारदेखि पोखरा र·शालामा ११ औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०६९ सुरु भएको छ। उद्घाटन खेलमा ए डिभिजनको रेलिगेशनबाट जोगिन सङ्र्घर्षरत जावालखेल युथ क्लबले धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्‍यो।निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टु·एिको थियो। टाइब्रेकरमा धरानका सुरुका… पुरा पढौ

बास्तोलाद्वारा प्रेस युनियनलाई सहयोग

पोखरा, ९ माघ । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको अक्षयकोषमा रकम थपिने क्रम जारी छ। यस क्रममा म·लबार नेपाली काङ्ग्रेस पोखरा उप-महानगरपालिका वडा नं. ९ का क्रियाशील सदस्य रामकृष्ण बास्तोलाले २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन्। बास्तोलाले मङ्गलबार नेपाल प्रेस युनियनका कास्की अध्यक्ष शिरोमणि बराललाई अक्षयकोषका लागि सो रकम हस्तान्तरण गर्दै आफ्नी स्वर्गीय ममातामयी माता हरिकला… पुरा पढौ

मेट्रो डेभलपमेन्ट बैड्ढको नाफा एक करोड २० लाख

पोखरा, ९ माघ। पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैड्ढ लिमिटेडले आर्थिक वर्ष २०६९/०७० पहिलो अर्धवाषिर्कमा एक करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। २०६६ साल पुस १ गतेदेखि पोखराको न्यूरोडबाट कारोबार सञ्चालन सुरु गरेको सो बैड्ढले आर्थिक वर्ष २०६९/०७० को अर्धवाषिर्क अवधि अर्थात् स्थापनाकालको चौथो वर्ष प्रवेशसँगै प्रधान कार्यालयसहित भोलेटार लमजुङ, रत्नचोक पोखरा, हस्पिपटलचोक पोखरा र… पुरा पढौ

समाजसेवी जोशीद्वारा महायज्ञमा उल्लेखनीय दान

पर्वत, ८ माघ। गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालाले शनिवारदेखि सञ्चालन गरेको श्रीमदभागवत धनधान्याचल ज्ञान महायज्ञको सफलताको लागि कुश्माका समाजसेवी हरिप्रसाद जोशी, मखमली जोशी र उनको परिवारले १० लाख ५१ हजार दुर्इसय ४० रुपैयाँ“ नगद दान गरेको छ। महायज्ञ मूल आयोजक समितिका अध्यक्ष समेत रहेका जोशीले महायज्ञको उद्घाटनपूर्व नै उक्त रकम दिएर यज्ञको प्रमुख चन्दादाता भएका छन्। यज्ञमा शिवालय-७ निवासी पूर्णकुमारी श्रेष्ठ… पुरा पढौ

आजदेखि ११ औं आहा ! रारा गोल्ड कप

पोखरा, ८ माघ। सहारा क्लब पोखराको आयोजनामा म·लबारदेखि पोखरा र·शालामा ११ औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०६९ हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल गत वर्षको उपविजेता जावलाखेल युथ क्लब र धरान फुटबल क्लबबीच हुने छ। माघ २० गतेसम्म सञ्चालन हुने सो मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, थ्री स्टार क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, आरसीटी, त्रिभुवन आर्मी क्लब, फ्रेण्डस्… पुरा पढौ

पोखराको अधिकांश भाग भूकम्पीय दृष्टिकोणले असुरक्षित

पोखरा, ७ माघ। पोखराको अधिकांश भाग भूकम्पीय दृष्टिकोणले असुरक्षित रहेको एक कार्यक्रममा बताइएको छ। भूगोल विभाग पृथ्वीनारायण क्याम्पस, कम्युनिटी सपोर्ट ग्रुप, सिर्द्धार्थ क्लब पोखरा र विपद् उत्थानशील समुदाय निर्माण परियोजनाले आइतबार संयुक्तरूपमा आयोजना गरेको पोखरा क्षेत्रमा भूकम्प जोखिमको अवस्था जोखिम न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रममा त्यस्तो बताइएको हो। १५ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. देवेन्द्रबहादुर… पुरा पढौ

सत्य सेवा आमा समूहको अध्यक्षमा सिग्देल

पोखरा, ७ माघ। पोखरा-१३ बाँझापाटनस्थित सत्य सेवा आमा समूहको १० औ साधारणसभा तथा पाँचौ अधिवेशनले शान्तिदेवी सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा विष्णु कार्की (ख), सचिवमा सरस्वती बराल, कोषाध्यक्षमा जमुनादेवी श्रेष्ठ, सहसचिवमा सीता आचार्य र सदस्यमा जानुका सापकोटा, माया श्रेष्ठ (ख), राधा भट्टराई, ज्ञानु कार्की, सरस्वती कार्की र प्रभा सुवेदी छन्। त्यसैगरी आमन्त्रित सदस्यमा सुशीला सुवेदी र… पुरा पढौ