पाेखरा र सेराेफेराे

पाल्पाली समाज पोखराको स्वागत

पोखरा, १९ जेठ । पाल्पाली समाज पोखराले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवलगायत व्यक्तिलाई स्वागत सम्मान गरेको छ । समाजले शनिबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, सहायक प्रजिअ राजेश पन्थी, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा कार्यरत डा. खेमराज अधिकारी, पाल्पाली कवि शालिकराम नेपाल र ज्योतिष भगवान शास्त्रीलाई समाजमा स्वागत तथा… पुरा पढौ

स्पोर्ट्स अवार्ड आज

पोखरा, १७ जेठ ।तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को पूर्वसन्ध्यामा मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विहीबार बिहान पोखरामा र्‍याली निकालेको छ । युवाहरुमाझ लोकप्रिय टीभीएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु र्‍यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु भएको टीभीएस र्‍याली महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सृजनाचोक,… पुरा पढौ

पोखरामा विश्व धुमपानरहित दिवस

पोखरा, १७ जेठ। पोखरामा विहिबार विश्व धुम्रपानरहित दिवस मनाइएको छ। नेपाल अर्वुदरोग निवारण संस्था कास्की शाखाद्धारा धुम्रपानरहित दिवस मनाएको हो। यस वर्षको नारा 'सुर्तिजन्य पदार्थ र मुटु सम्बन्धी रोग’ को विषयलाई माविस्तरीय चित्रकला प्रतियोगिता गरिएको थियो।  दिवसको पूर्वसन्ध्यामा धुम्रपानसम्बन्धी आयोजना गरिएको चित्रकला प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्‍यो। चित्रकला प्रतियोगितामा सैनिक आवासिय माविका सचिन केसी प्रथम, अमरसिंह माविकी अञ्जली के.सी.… पुरा पढौ

जय मनकामना सहकारीको वाषिर्कोत्सव

पोखरा, १७ जेठ । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लामाचौर पोखराको २० औं वाषिर्कोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सहकारी निकै संघर्ष गरेर अहिलेको अवस्थामा आएको अध्यक्ष पौडेलले बताए ।  कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमानसिंह भण्डारी लगायतले बोलेका थिए । लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीको चिप्लेढुङ्गामा सेवा केन्द्र छ । थप ४ सेवाकेन्द्र संचालन तयारी भइरहेको छ । करिब ५५ करोड कारोबार… पुरा पढौ

सेन्ट फ्रान्सिसको सचेतना र्‍याली

लेखनाथ, १७ जेठ ।धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने असरबारे जनचेतना फैलाउने उद्देश्यले पोखरा लेखनाथ-१४ मा रहेको सेन्ट फ्रान्सिस विद्यालयले विहिवार विभिन्न ठाउँमा सडक नाटकसहित सचेतनामूलक र्‍याली निकालेका छन् । विद्यालयको आयोजना, शिक्षकहरुको ब्यवस्थापन र विद्यार्थीहरुको सहभागितामा पोखरा लेखनाथ महानगरपालिका अन्तरगत लेकसाईड, बगर, चिप्लेढुङा र लेखनाथ नगर क्षेत्रको विजयपुरदेखि तालचोकसम्म धुम्रपानका असर र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे जनचेतनामूलक कार्यक्रम गरिएको हो।… पुरा पढौ

मिड टाउनको आयोजनामा रक्तदान

पोखरा, १७ जेठ । लायन्स क्लब अफ पोखरा मिड टाउनले बिहीबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रुद्रनाथ बरालले लायन्स क्लबले विभिन्न सामाजिक तथा महत्वपूर्ण काम गर्दै आएको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका ब्लड डोनेसन कमिटी चियरपर्सन चुडामणि बराल, रिजन चियरपर्सन बिनोद… पुरा पढौ

लक्ष्मी माविलाई भूतपूर्व विद्यार्थीको सहयोग

लेखनाथ, १७ जेठ ।पोखरा लेखनाथ महानगरपालिका-२६, अघौर्स्िथत श्री लक्ष्मी माविको शौक्षिक तथा भौतिक विकासका लागि भूपू विद्यार्थीहरुको सहयोग आउने क्रम जारी छ । विद्यालय परिसरभित्र निर्माणाधीन भवनको लागि पछिल्लो समय ललितपुर महानगरपालिका वडा नं १० कुपन्डोलनिवासी सृजना बराल सुवेदीले स्वर्गीय पिता भिमपाणि बरालको स्मृतिमा नगद १ लाख ११ हजार १ सय ११ सहयोग गरेकी छन् । उक्त सहयोग रकम आमा राधिका बरालले विद्यालयका… पुरा पढौ

गोनेसाद्वारा ५ सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

पोखरा, १५ जेठ । असल छिमेकी सहयोग संघ (गोनेसा) ले यस शैक्षिक वर्षका लागि करिब ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघले विद्यालय भर्ना सहयोग कार्यक्रमअन्तर्गत स्कूल ब्याग, पोशाक लगायत शैक्षिक सामाग्री वितरण गरेको हो । गोनेसाले सन् २००३ देखि आर्थिक रुपमा कमजोर बालबालिकालाई अध्ययनका लागि सहयोग गर्दैआएको छ । गोनेसाको सहयोगमा कक्षा १ देखि १२ कक्षासम्म चार सय २४ जना… पुरा पढौ

१७ युनिट रगत संकलन

हेमजा, १५ जेठ। रेडियो दिदीबहिनी कुष्मा पर्वत र अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीस्थित युवा आवाज नेपालको आयोजनामा मंगलवार सम्पन्न रक्तदान कार्यक्रममा १७ युनिट रगत संकलन भएको छ। अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले पहिलो रक्तदाता रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी हुन् । गुरुङले सबैभन्दा ठूलो दान रक्तदान भएको उल्लेख गरिन्। सो अवसरमा रेडियोका अध्यक्ष कल्पना चापागार्इं, युवा आवाजका… पुरा पढौ

गणतन्त्र दिवसमा सृजना विकास केन्द्रको दौड र रक्तदान

पोखरा,  १५ जेठ । सृजना विकास केन्द्र,  सिमलचौर पोखरा-८ को आयोजनामा मंग्ालबार खुला दौड प्रतियोगिता एवं रक्तदान कार्यक्रम भएको छ। ११ औं गणतन्त्र दिवस अवसर अवसरमा भएको दौड प्रतियोगितामा फूलबारी व्यारेकका रामजी बस्नेत प्रथम भएका छन्। निर्धारित ८ किमीको सो दौड बस्नेतले २४ मिनेट ५८ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन्। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा नेपाल… पुरा पढौ