पोखरा र सेरोफेरो

गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा

पोखरा, १३ असार।वाषिर्क शुल्कको नाममा मनोमानी ढङ्गले शुल्क असुलेको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलित विद्यार्थीले कलेजका प्रमुख कार्यकारी अधिकृतसहित छ जना प्रशासनिक निकायका प्रतिनिधिलाई समेत धुनेका छन्। कलेजले त्रिभुवन विश्वविद्यालयको वाषिर्क शुल्कको नाममा वाषिर्क शुल्क मनोमानी ढ·ले शुल्क लिएको विरोधमा उक्त शुल्कको खारेजीको माग राख्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका छन्। तालाबन्दीका कारण पठनपाठन तथा प्रशासनिक… पुरा पढौ

विग आइकनमा भोटिङ राउण्ड सुरु

पोखरा, १३ असार।सामसुङ ग्यालेक्सी विग आइकनअन्तर्गत बिहीबार उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीले अघिल्लो चरणका लागि प्रस्तुति दिएका छन्। अबको चरणमा दश जनामध्ये एक जना प्रतिस्पर्धी प्रतियोगिताबाट बाहिरिने एफएमले जनाएको छ। एफएमले दिएको जानकारीअनुसार अबको हरेक चरणमा एक जना प्रतिस्पर्धी स्रोताको एसएमएस भोटिङ र निर्णायकको मतको आधारमा प्रतियोगिताबाट बाहिरिने छन्। एसएमएस भोटिङ राउण्ड सुरु भएपछि प्रतियोगीले अघिल्ला चरणमा आफूलाई उभ्याउनका… पुरा पढौ

निरमायाले विविध कार्यक्रम गर्ने

पोखरा, १३ असार।पोखराको चिप्लेढु·ामा सञ्चालित निरमाया दोहोरी साँझले आठौं वाषिर्कोत्सवको अवसरमा असार १५ देखि १८ गतेसम्म विविध कार्यक्रम गर्ने भएको छ। पोखराका बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। दोहोरी साँझका सञ्चालक सिम गुरुङका अनुसार असार १५ गते लोक तथा दोहोरी गायक नारायण रायमाझीलाई सम्मान र १६ गते खेलकुद पत्रकार मञ्च कास्कीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने छ। चारै दिनसम्म… पुरा पढौ

जन्मोत्सवमा वृद्धाश्रममा खाद्य सामग्री तथा खानेपानी पाइप हस्तान्तरण

पोखरा, १३ असार।पोखरा-९ पालिखेचोक निवासी प्रदीपशंकर पालिखेले आफ्नो ८७ औँ जन्मोत्सवको उपलक्ष्यमा बिहीबार पोखरा-१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमका ६३ जना वृद्धवृद्धालाई  खाद्यान्न तथा फलफूल वितरण गरेका छन् । सो अवसरमा उनले वृद्धाश्रमको लागि अत्यावश्यक खानेपानीका निम्ति दुर्इ सय मिटर पाइपको लागि आवश्यक पर्ने १० हजार एक सय १६ रूपैयाँ वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई हस्तान्तरण गरे। पालिखेले वृद्धाश्रममा रहेका वृद्धवृद्धाको दीर्घजीवनको कामना पनि… पुरा पढौ

लागु औषध दुर्र्व्यसनीको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड

पोखरा, १३ असार।२६ औं विश्व लागु औषध दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताले नेपालमा लागु औषध दुर्र्व्यसनीको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी जिल्ला समन्वय समिति, कास्कीले बुधबार आयोजना गरेको लागु औषधसम्बन्धी जनचेतनामूलक कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रमका प्रमुख अतिथि नौलो घुम्ती नेपालका कार्यकारी अधिकृत रामप्रसाद ज्ञवालीले लागु औषधको प्रयोगले… पुरा पढौ

पोखरा उप-महानगरपालिकाको सार्वजनिक सुनुवाइल सात बुँदे प्रतिबद्धता घोषणा तथा पाँच सदस्यीय निगरानी समूह गठन

पोखरा, १२ असार।पोखरा उप-महानगरपालिकाको गुणस्तरीय सेवा तथा विकास निर्माणका सम्बन्धमा बुधबार आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। पोखरा उप-महानगरपालिकाको सेवा र सुविधामा २० दिनभित्र व्यवस्थित गर्ने, सम्पूर्ण कर्मचारीले सेवाग्राहीलाई शिष्ट र नम्र व्यवहार गर्नुगर्ने, पोखरा उप-महानगरपालिकाभित्रको फोहोर मैला अझ व्यवस्थितरूपले व्यवस्थापन गर्नुपर्ने, साउन १ देखि फोहोर सड्ढलन गर्नका लागि जाने गाडीको विवरण चालकको… पुरा पढौ

अनुगमन टोलीद्वारा पाँच दाना सप्लायर्सलाई कारबाहीको सिफारिस

पोखरा, १२ असार।जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुमतिमा बुधबार भएको अनुगमनपछि पोखरामा सञ्चालित पाँच कुखुराका चल्ला तथा दाना सप्लायर्सलाई कारबाहीको लागि सिफारिस गरिएको छ। यसरी कारबाही सिफारिस गरिएका सप्लायर्समा कुखुरापालक कृषि सहकारी सप्लायर्स, पोखरा-१६, दीप, रोशन दाना उद्योग, बाटुलेचौर, विशाल दाना उद्योग बाटुलेचौर, दृष्टि पोल्ट्री सप्लायर्स, मिरुवा र आधुनिक पोल्ट्री सप्लायर्स, नयाँबजार छन्। अनुगमन गरिएका सगरमाथा फिड इण्डष्ट्रिज एण्ड आर्जन कोल्ड… पुरा पढौ

कन्या माविले मनायो ५७ औ वाषिर्कोत्सव

पोखरा, ११ असार।कन्या माध्यामिक विद्यालय पोखरा नदीपुर-३ को ५७ औ वाषिर्कोत्सव म·लबार सम्पन्न भएको छ। वाषिर्कोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नारायण ज्योति प्रतिष्ठानका संरक्षक तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि क्याम्पस र माविले सहकार्य गर्नुपर्ने बताए। जिल्ला शिक्षा कार्यालय कास्की विद्यालय निरीक्षक अर्जुन ढकालले विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि शिक्षक अभिभावक र विद्यार्थीबीच त्रिकोणत्मक… पुरा पढौ

ठकुरी युवा परिवारद्वारा इन्द्रा र विष्णु सम्मानित

पोखरा, १० असार।ठकुरी युवा परिवार कास्कीद्वारा २७ औं मलेसियन अन्तर्राष्ट्रिय मास्र्र्टस एथ्लेटिक्स च्याम्पियनसीपका पदक विजेता खेलाडीद्वय इन्द्रा र विष्णु मल्ल सोमबार सम्मानित भएका छन्। प्रतियोगितामा इन्द्राले तीन कि.मि. वाकिङ्ग तथा ज्याभलिङ्गमा दोहोरो स्वर्ण्र्ाापदक जितेका थिए भने विष्णुले आठ मिटर दौडमा काँस्य पदक जित्न सफल भएका थिए। पदक विजेता मल्लद्वय पोखरा निवासी सहोदर दिदी बहिनी हुन्। उनीहरु लामो समयदेखि खेल जीवनमा… पुरा पढौ

महिला कलाकारहरुको चित्रकला प्रदर्शनी सुरु

पोखरा, १० असार।पोख्रेली आठ जना युवा महिला कलाकारहरुको चित्रकला प्रदर्शनी कार्यक्रम सोमबारदेखि पोखरामा सुरु भएको छ। महिला कलाकार समूह नेपाल काठमाडौको आयोजनामा सुरु भएको तीनदिने चित्रकला प्रदर्शनीमा ५० वटा चित्रहरु प्रदर्शन गरिएका छन्। कार्यक्रमका प्रमुख अतिथि कलाकार तथा व्यङ्ग्य चित्रकार दुर्गा बराल वात्स्यायनले पोखरालाई पानी रंगको पाठशालाका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए। पोखरामा आफैमा पानी रंगको पाठशालाको रुपमा विकास हुदै… पुरा पढौ