पाेखरा र सेराेफेराे

सरकार र केसी पक्षबीच वार्ता सकारात्मक

पोखरा, ८ साउन । अनशनरत चिकित्सक डा गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको मंगलबाको वार्ता सकारात्मक बनेको छ । दुवै पक्षबीच साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएको मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको जनाइएको छ । बुधबार बिहान पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको सरकारी… पुरा पढौ

बाबुआमा गुमाएका एसओएसको जिम्मामा

पोखरा, ८ साउन । बाबुआमा दुवै गुमाएका रोल्पाको थवाङ गाउँपालिका वडा १, फुर्तीवाङ स्थायी बसोबास भई हाल पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका नाबालकद्वय विवश र विशेषनले पोखराको रामबजारस्थित एसओएसको अविभावकत्व पाएका छन् । गत असार २२ गते शुक्रबार मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा भएको टिपर दुर्घटनामा परी मौषम र्घर्ती मगर र उनकी श्रीमती जीतमाया र्घर्ती मगरको मृत्यु भएपछि नाबालकद्वय विवश… पुरा पढौ

‘सरसफाइ पोखरेलीको पहिचान’

हेमजा, ८ साउन। पोखरामा जारी बृहत् सरसफाइ कार्यक्रम पोखरेलीको पहिचान बन्दै गएको सरोकारवालाले बताएका छन् । बृहत् सफाइ अभियानअन्तर्गत यही साता हेमजामा हुन लागेको ११३ हप्ताको श्रृंखलाको पूर्वतयारी बैठक तथा नागरिक जागरण कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिए। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सरसफाइ र पोखरा पयार्यवाची शब्दजस्तै भएको चर्चा गरे । उनले पोखराको सफाइ यहाँको सभ्यता तथा संस्कृतिसँग… पुरा पढौ

पर्यावरण जोगाउन वृक्षरोपण : सांसद बराल

पोखरा, ८ साउन। गण्डकी प्रदेशका सांसद रामजी बराल जीवनले बिगँ्रदो वातावरणको संरक्षण गरी पर्यावरण जोगाउन वृक्षरोपणले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। विकसित मुलुकले कार्वन उर्त्र्सजन गर्दा वातावरण प्रदुषित भएको भन्दै नेपालको हरियालीले संसारभरको वातावरण संरक्षणमा योगदान पुर्‍याउने धारणा राखे। शुक्रराज मावि पुम्दीभुम्दी आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै जीवनले खाली रहेको ठाउँमा वृक्षरोपण गर्नुपर्ने बताए। सांसद बराल सो विद्यालयका विद्यालय व्यवस्थापन समिति… पुरा पढौ

सांसद मीनाको आर्थिक सहयोग

पोखरा, ८ साउन । प्रदेशसभा सदस्य मीना गुरुङले मानवसेवा आश्रम, पोखरालाई आर्थिक सहयोग गरेकी छन्। छोरा प्रजित गुरुङको ३६ औं जन्मदिन अवसर पारेर उनले मंगलबार आश्रमलाई ३६ हजारको चेक हस्तान्तरण गरेकी हुन्। हालै स्थापित डीकेडिएस फाउन्डेशनकी संरक्षक समेत रहेकी सांसद गुरुङले असहाय व्यक्तिलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । उनले भनिन्, 'विश्वका धेरै मुलुक गरीबी र भोकमरिबाट गुज्रिरहेको अवस्था छ,… पुरा पढौ

कानूनमन्त्रीको अभिव्यक्तिप्रति महिला संघको विरोध

पोखरा, ७ साउन। कानूनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिप्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ। सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानूनमन्त्रीको पुत्ला दहन गरेको थियो। काँग्रेस कार्यालयबाट निस्किएको र्‍याली वीपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानूनमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरे। 'दक्षता प्राप्त गर्न बंगलादेश गएका चेलीलाई यस्तो आरोप… पुरा पढौ

फेवा बजार डटकम शुभारम्भ, अनलाइनबाटै सपिङ

हेमजा, ७ साउन। पोखरा-१६, दीपमा प्रधानकार्यालय रहने गरी खुलेको एस. आचार्य इन्टरनेशनल प्रालिद्वारा संचालित फेवा बजार डटकमको सोमवार उद्घाटन गरिएको छ। कम्पनीको उद्घाटनसँगै अब ग्राहकले अनलाइनबाटै आवश्यक सामग्री खरिद गर्न सक्नेछन्। जसअनुसार सामग्री अर्डर गरेको ३ देखि ५ दिनभित्र ग्राहकको घरमै पुर्‍याउने कम्पनीको योजना छ। यो सेवा पोखराका ३३ वटै वडामा प्रदान गरिने छ। कम्पनी उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ… पुरा पढौ

व्यापार मेलाबाट १० लाख बचत

पोखरा, ७ साउन। राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला-२०७४ बाट १० लाख ५५ हजार ८ सय ८६ रुपैयाँ बचत भएको छ। पोखरा उद्योग वाणिज्य संघले पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरेको मेलामा १ करोड १८ लाख २६ हजार ७ सय ९३ रुपैयाँ आम्दानी भएकोमा खर्च कर्टाई सो रकम बचत भएको हो। यस्तै, १… पुरा पढौ

गुप्तेश्वरमा बूढानीलकण्ठको मूर्ति अनावरण

पोखरा, ७ साउन । पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा निर्माण गरिएको बूढानीलकण्ठ भगवान्को मूर्ति सोमबार अनावरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीले सोमबार मूर्ति अनावरण गरेका हुन् । सो क्रममा मन्त्री अधिकारीले मुस्ताङचोकबाट पुम्दी जाने बाटोसम्म चार लेनको फराकिलो पेटी र ग्रिनेरी सहित सडक बनाउने गरी ७० करोडको योजना अघि सारेको जानकारी दिए । उनले थपे, 'राम्रो गरे… पुरा पढौ

सृजना बैंकिङको डिजिटल प्रविधि सेवा शुभारम्भ

पोखरा, ७ साउन। सृजना विकास केन्द्रअन्तर्गत सञ्चालित सृजना बैंकिङ कार्यक्रमले पोखरा-१३ काहुँखोलास्थित शाखाबाट डिजिटल सेन्टर म्यानेजमेन्ट -डिसिएम) प्रणाली शुरू गरेको छ। वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउने क्रममा उक्त प्रविधि शुरू गरिएको हो। सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि पोखरा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले प्रणालीको शुभारम्भ गरे। उनले स्मार्ट प्रविधि शुभारभ्भ गरेर वित्तीय कारोबारलाई पेपरलेस बनाउन योगदान पुग्ने बताए। कारोबारमा पनि… पुरा पढौ