पाेखरा र सेराेफेराे

बाघमाराको आयोजनामा रक्तदान

पोखरा, ३ असोज । संविधान दिवससँगै संस्थाको छैटौ वाषिर्क साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा बाघमारा बहुउद्देश्यीय सहकारी संस्था, पोखरा ३३ ले रक्तदान कार्यक्रम गरेको छ । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की स्वास्थ्य संयोजक डण्डराज शर्मा र पोखरा वडा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले बुधबार संस्थाका महिला सदस्य ज्ञानुकुमारी पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।  कार्यक्रममा २४ युनिट रगत संकलन… पुरा पढौ

स्वरोजगार कृषि सहकारीमा भुजेल

पोखरा, ३ असोज । स्वरोजगार कृषि सहकारी संस्था लि., बिरौटाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले मनबहादुर भुजेलको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ। समिति उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव सुभाष सापकोटा, कोषाध्यक्ष पूर्णबहादुर भुजेल तथा सदस्यमा यादव गिरी, दीपेन्द्रराज ढकाल र सरस्वती आचार्य तिवारी रहेका छन्। लेखा समिति संयोजकमा इन्द्रप्रसाद शर्मा भट्टरर्ाई, जिल्ला प्रतिनिधि सदस्य शिवजी कोइराला, वरिष्ठ सल्लाहकार शुक्रराज सुवेदी… पुरा पढौ

‘संविधान कार्यान्वयनमा जोड’

पोखरा, ३ असोज। संविधान कार्यान्वयन पक्षमा सबैको सहभागिता आवश्यक रहेको एक कार्यक्रमका वक्ताले बताएका छन्। संविधान दिवसका अवसरमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखरा र जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समितिको सहआयोजनामा आयोजित नेपालको संविधानमा संघीयता कार्यान्वयन, अवसर र चुनौतीविषयक अन्तक्रिर्यामा बोल्ने वक्ताहरूले सो कुरामा जोड दिएका हुन्। प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पितृसत्ता, जातीय विभेद, केन्द्रीकृत शासन प्रणालीले गर्दा… पुरा पढौ

डुंगा दुर्घटनामा ज्यान गुमाउनेको सम्झना

लेखनाथ, २ असोज। बेगनासतालमा भदौ २३ मा ८ जनाको ज्यान जाने गरी भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा मंगलबार शोकसभा गरिएको छ। दिवंगतको ११ औं दिनको पुण्य तिथिमा बेगनासताल डुंगा ब्यवासायी समितिले ताल किनारामा आयोजना गरेको शोक सभामा बोल्ने वक्ताले सावधानी नअनाउँदा भएको मानवीय क्षत्रि्रति दुःख ब्यक्त गर्दै आगामी दिनमा यात्रु सुरक्षाका लागि होशियारी अपनाउनु पर्ने सुझाव राखेका थिए। इलाका… पुरा पढौ

माछापुच्छ्रे महोत्सव हुने

हेमजा, २ असोज। माछापुच्छे्र गाउँपालिका १ स्थित माछापुच्छे्र गुराँसे भूमेँ युवा क्लबले आफ्नो रजत जयन्ती अवसरमा असोज २४ देखि २८ गतेसम्म माछापुच्छ्रे महोत्सव आयोजना गर्ने भएको छ । ‘मौलिक कला संस्कृति, खेलकुद तथा कृषि पर्यटनको लागि’ भन्ने नाराका साथ महोत्सव आयोजना लागिएको पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । महोत्सव मुख्य आकर्षणमा लोकदोहोरी कलाकारको प्रस्तुति, गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल… पुरा पढौ

परिवार नियोजन प्रयोग दर गण्डकीमा कम

काठमाडौं, २ असोज। परिवार नियोजनका बारेमा आमव्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ। परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ। प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ। सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी छ तर प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र छ। कूल प्रजननदर पनि (१५-४९ वर्षका… पुरा पढौ

संविधान दिवस अवसरमा वृक्षरोपण

लेखनाथ, २ असोज । संविधान दिवस अवसरमा पोखरा महानगरपालिका वडा ३०  र स्थानीय टोल विकास संस्थाहरुको आयोजनामा वडा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । महानगरपालिकाको ग्रिन सिटी, क्लीन सिटी अवधारणालाई सार्थक रुप दिन वडा कार्यालय परिसरमा मंगलबार विभिन्न जातका बिरुवा रोपिएको हो । कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष श्रीराम पोख्रेलले मानव स्वास्थ्य र वातावरण संरक्षणको लागि वृक्षरोपण गर्नु जरुरी रहेको बताए । खुँदीमा रहेको वडा… पुरा पढौ

सरोकार समिति गठन

  हेमजा, २ असोज। पोखरा-२५, हेमजामा सरोकार समिति गठन गरिएको छ । विकास निर्माणका योजना, सामाजिक सरोकारका विषय तथा समुदायको हकहितमा आवाज उठाउने उद्देश्यका साथ समिति गठन गरिएको हो । कृष्णबहादुर कुँवर संयोजक, चिरञ्जीवी अधिकारी सहसंयोजक रहेको समिति सदस्यमा कुलप्रसाद दाहाल, अर्जुन पौडेल, माधवशरण बास्तोला, रमा त्रिपाठी, माधवशरण पौडेल, मोतिराज तिम्सिना, भीमप्रसाद श्रेष्ठ, दामोदर त्रिपाठी, नवराज अधिकारी, विष्णुप्रसाद तिम्सिना, टमबहादुर रोका, कृष्णमान… पुरा पढौ

आश्वासनसहित मतदाता फकाउँदै

पोखरा, ३१ भदौ। पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशन मिति नजिकिँदै जाँदा उम्मेदवारले विभिन्न आश्वासन सहित मतदातासमक्ष भोट मागिरहेका छन् । संघमा रवीन्द्रबहादुर प्रजु (रविन्सन) को प्यानल र दामु अधिकारीको प्यानलले आगामी महाधिवेशनमा आफूहरुलाई मतदान गर्न आग्रह गर्दै घरदैलो गरिरहेका हुन् । यसैक्रममा रवीन्द्रबहादुर प्रजूको प्यानलले पोखराको ट्राफिक व्यवस्थापन आफ्नो प्राथमिकता रहेको जनाएको छ । सो प्यानलले पार्किङ र ट्राफिक व्यवस्थापनले… पुरा पढौ

मुख्यमन्त्रीको विरोधदेखि बलात्कारको कटाक्ष

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशको आइतबार बसेको बैठकमा पछिल्ला घटनाक्रमबारे सांसदको गुनासो र प्रश्न छ । सांसदहरुले बलात्कारका घटनादेखि मुख्यमन्त्रीको अभिब्यक्तिसम्मको विरोध गर्न भ्याए । केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीलाई परिचयपत्र दिएर कर लिने कुरालाई बहसमा ल्याउनुपर्ने बताएका थिए । अधिकांशले उनको अभिव्यक्तिलाई स्वागत गरे । तर केहीले भने त्यसको विरोध गरेका छन् । आइतबारको केन्द्रिय संसद र प्रदेश संसदमा पनि सांसदहरुले… पुरा पढौ