पोखरा र सेरोफेरो

बालोदयमा शैक्षिक प्रदर्शनी तथा रक्तदान कार्यक्रम

पोखरा, १५ माघ।पोखराको बिरौटास्थित बालोदय उच्च मावि पोखराले रजत जयन्ती विशेष कार्यक्रमअन्तर्गत बुधबार दोस्रो दिन वृहत् शैक्षिक तथा विज्ञान प्रदर्शनी एवं रक्तदान कार्यक्रम गरेको छ। शैक्षिक तथा विज्ञान प्रदर्शनीअन्तर्गत विद्यार्थीद्वारा निर्मित विभिन्न हस्तकलाका साथै अत्याधुनिक विज्ञान एवं प्रविधिका क्रेनसम्मका सामग्रीको प्रदर्शनी गरिएको थियो भने रक्तदान कार्यक्रममा २१ युनिट रगत सड्ढलन भएको विद्यालयले जनाएको छ। प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका… पुरा पढौ

सयपत्री बचतका सदस्यहरू अवलोकन भ्रमणमा

पोखरा, १५ माघ। सयपत्री बचत तथा ऋण सहकारी संस्था पोखरा-११ का सदस्यहरूको टोली अवलोकन भ्रमणमा बुधबार साँझ दाङतर्फ प्रस्थान गरेको छ। टोलीमा ५३ जना सदस्य सहभागी रहेको भ्रमण टोलीका संयोजक धर्मप्रसाद बास्तोलाले जानकारी दिए। टोलीले विभिन्न सहकारी संस्थाका साथै लुम्बिनी र स्वर्गाद्वारीको अवलोकन भ्रमण गर्ने छ। यसैगरी उक्त सहकारीको अको टोली बिहीबार बिहान खासातर्फ प्रस्थान गर्दैछ। सो टोलीमा ८७ जना… पुरा पढौ

प्रधानसम्पादक बास्तोला सम्मानित

पोखरा, १४ माघ।आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला काठमाडौंमा सम्मानित भएका छन्। जनआन्दोलनका घाइतेको विषयमा निरन्तर आवाज उठाएर सहयोग गरेको भन्दै शहीद तथा घाइते सरोकार नागरिक समन्वय समिति एवं जनआन्दोलन २०६२/०६३ शहीद परिवार तथा घाइते सरोकार समितिले स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका बास्तोलालाई सम्मान गरेको हो। यसैगरी बास्तोलासहित सम्मानित हुनेमा नेपाल टेलिभिजनका दीपक समीर, कान्तिपुर दैनिकका घनश्याम… पुरा पढौ

पहिलो पटक पोखराको खुला आकाशमुनि ‘नेपथ्य’ ले तताउँदै

पोखरा, १४ माघ।नेपाली लोकरक समूह नेपथ्यले आफ्नो मूलथलो पोखरामा पहिलोपटक खुला आकाशमुनि कर्न्र्सट गर्ने भएको छ। यसै सहरबाट उदाएको यो टोलीले यसअघि सभागृहमा बन्द हलभित्र मात्रै आफूलाई प्रस्तुत गर्दै आएको थियो। यसपटक भने आगामी फागुन ३ गते शनिबार प्रदर्शनी केन्द्रको मैदानमा नेपथ्य गुञ्जिन लागेको हो। 'नेपथ्यका निम्ति पोखरा आयोजना स्थलमात्र नभएर प्रतिष्ठा पनि हो’-टोलीका अगुवा गायक अमृत गुरुङ भने-'आफूले हेरेर… पुरा पढौ

समाज कल्याण परिषद्को टोलीद्वारा अनुगमन

पोखरा, १४ माघ।समाज कल्याण परिषद््को एक टोलीले जलवायु परिवर्तन अनुकुलनका प्रयास  कार्यक्रमअन्तर्गत कास्कीमा सञ्चालित तीन साना परियोजनाको सोमबार अनुगमन भ्रमण सम्पन्न गरेको छ। परिषद्का निर्देशक मदनराज रिमालसहितको तीन सदस्यिय टोली अनुगमनमा जुटेको हो। जसमा आइडी नेपाल, रूपान्तरणलगायतका संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। टोलीले माझठानाको स्याङखुदीमा रहेको सुगन्धित तेलवाली प्रशोधन केन्द्र, लुम्लेस्थित सम्झौता बचत तथा क्रृण सहकारी संस्थामार्फत् सञ्चालनमा आएको… पुरा पढौ

अर्मलाको जियोफिजिकल सर्भे आवश्यक : विज्ञहरू, अब हाम्रो भविष्य के हुने ? : स्थानीयवासी

पोखरा, १३ माघ।कास्कीको अर्मलाबासी र विज्ञहरूबीचमा त्यहाँको भ्वाङ पर्ने समस्याको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ। अन्तरक्रियामा विज्ञहरूले अर्मलाको भासिएको क्षेत्रको जियोफिजिकल सर्भे आवश्यक भएकोमा जोड दिएका छन्। यता स्थानीयवासीले भने दुर्इ महिना हुन लाग्दा पनि आफ्नो घर, खेत र सम्पत्तिको अवस्था के हुने, त्यहाँ बसोवास र खेती गर्न हुने वा नहुने जानकारी नपाउँदा निकै चिन्ता प्रकट गरेका छन्। उनीहरूले एकै… पुरा पढौ

श्रमिकका छोराछोरीको लागि हेमजाको मसिना बगरमा विद्यालय स्थापना हुने

पोखरा, १३ माघ। नेपाल ट्रेड युनियन महासंघ जिफन्टले कास्कीले हेमजा १ मसिना बगरमा श्रमिकका छोराछोरीहरूको लागि विद्यालय निर्माण गर्ने भएको छ। नेपाली प्रवासी श्रमिक एक्यवद्धता केन्द्र, होप एण्ड सोलीडारीटी ट्रेड युनियन कोरीयाको संयुक्त सहयोगमा उक्त विद्यालय निर्माण गर्न लागिएको हो। उक्त विद्यालयको नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शिलान्यास गरे। अध्यक्ष जिसीले विद्यालय निर्माणपछि निजी विद्यालयस्तरको शिक्षा… पुरा पढौ

प्लम्बिङ र हाउस वायरिङ तालिम

पोखरा, १३ माघ।सिर्द्धार्थ क्लब, कम्युनिटी सपोर्ट गु्रप तथा विपद् उत्थानशील समुदाय निर्माण परियोजना (बिडिआरसी) पोखराको सहयोग र ज्योति भोकेसनल ट्रेनिङ सेन्टरद्वारा सञ्चालित तीनमहिने प्लम्बरिङ तथा हाउस वायरिङ तालिम सम्पन्न भएको छ। ज्योति भोकेसनल ट्रेनिङ सेन्टरका कार्यक्रम संयोजक मदन खड्काले कार्यक्रमको अध्यक्षता गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्नु पर्ने र अरुलाई पनि सिकाएर सीपको विस्तार गर्नुपर्ने धारणा राखे। सिर्द्धार्थ क्लबका प्रथम उपाध्यक्ष… पुरा पढौ

व्यापार मेलाको चौथो दिनसम्म साढे तीन करोडको कारोबार

पोखरा, १२ माघ।पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७० को चौथो दिन शनिबारसम्म तीन करोड ५० लाखको कारोबार भएको छ। आयोजक संस्था पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव नारायण कोइरालाका अनुसार २८ हजार दर्शकले मेलाको अवलोकन गरेका छन्। उनका अनुसार आइतबार झण्डै सात हजार दर्शकले मेलाको अवलोकन गरे भने ७० लाखको कारोबार भयो। यता मेलाअन्तर्गत भएको विद्यालयस्तरीय सामूहिक नृत्य… पुरा पढौ

वाषिर्कोत्सवको अवसरमा गण्डकी विकास बैङ्कद्वारा रक्तदान कार्यक्रम

पोखरा, १२ माघ।पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैड्ढ लिमिटेड आइतबारदेखि सफलताको नवौं वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको छ। बैड्ढ स्थापनाको दिन पारि माघ १२ गते बैड्ढले बैड्ढको केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान जीवनदान भन्ने मूल नाराकासाथ रक्तदान कार्यक्रम आयोजना गरियो। नेपाल रेडक्रस सोसाईटी, पोखराको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रममा बैड्ढका सञ्चालक,… पुरा पढौ