पोखरा र सेरोफेरो

हेमजा एफएमको परीक्षण प्रसारण

ढिकुरपोखरी, २० जेठ।हेमजा सञ्चार सहकारी संस्था लिमिटेड कास्की हेमजाको पहलमा स्थापित सामुदायिक रेडियो हेमजा ८८.५ मेगाहर्जको परीक्षण प्रसारण सुरू भएको छ। राधाकृष्ण मन्दिर लामेआहाल लेखनाथका पण्डित महन्त लक्ष्मीशरण उपाध्याय एवं महाकाव्यकार जर्नादन शरण त्रिपाठीले सयुक्तरूपमा स्वस्तीवाचन गराई तीन कन्याबाट रेडियोको जिङ्गल बजाएर परीक्षण प्रसारणको सुरूवात गरेका थिए। सो अवसरमा बोल्दै सञ्चारकर्मी परशुराम अधिकारी, हेमजा सञ्चार सहकारी संस्थाका अध्यक्ष अरूणस्तोप त्रिपाठी,… पुरा पढौ

शहीद भावना स्मृति पार्कको उद्घाटन

पोखरा, २० जेठ। जनयुद्धका शहीदहरु रीता नेपाली (भावना), दामोदर गौतम (संग्राम) र दुर्गादेवी पौडेल(रञ्जना) को स्मृतिमा लामाचौर, ठूलीपोखरीमा निर्माण गरिएको शहीद भावना स्मृति पार्कको लामाचौरमा उद्घाटन गरिएको छ। प्रमुख अतिथि एकीकृत नेकपा -माओवादी) का वैकल्पिक केन्द्रीय सदस्य तथा कास्की संयोजक झलकपाणि तिवारीले दामोदर गौतम, रीता नेपाली र दुर्गादेवी पौडेलको सामूहिकरुपमा राखिएको शहीद स्तम्भको शिलालेखको अनावरण गर्दै पार्कको उद्घाटन भएको घेाषणा… पुरा पढौ

भारतीय अधिकारीहरूद्वारा पोखराको भ्रमण

पोखरा, १९ जेठ।नेपाल-भारत गृहसचिवस्तरीय सुरक्षा बैठकमा भाग लिन नेपाल आएको भारतीय अधिकारीहरूको टोलीले आइतबार पोखराका पर्यटकीय एवं धार्मिक स्थलको भ्रमण गरेको छ। सो टोलीले आइतबार पोखराको फेवाताल र कास्कीको पुम्दीभुम्दीस्थित अनदूडाँडामा रहेको शान्ति स्तुपाको भ्रमण गरेको हो। टोलीले फेवातालको बीचमा अवस्थित बाराही मन्दिर पुगेर पुजाअर्चना गर्नुको साथै फेवातामा डुङ्गा सयर पनि गरेको थियो। सो टोली सोमबार बिहान कास्कीको पर्यटकीय क्षेत्र… पुरा पढौ

वेदव्यास महषि पुरस्कारबाट गोशली सम्मानित

पोखरा, १९ जेठ।सनातन धर्म सेवा धर्म समिति कास्कीले वेदव्यास महषि पुरस्कार सुशीलकुमार गोशलीलाई प्रदान गरेको छ। समितिले शनिबार पोखरा-९ स्थित राममन्दिरमा एक कार्यक्रमको आयोजना गरी परमहंश सन्त शिरोमणि स्वामी डा. रामानन्द गिरी महाराजको हातबाट सो पुरस्कार गोशलीलाई प्रदान गरेको हो। प्रमुख अतथि डा. स्वामीले गोशलीलाई दोसल्ला ओढाइ सम्मानपत्र र नगद २० हजार, एक रुपैयाँ राशिको पुरस्कार प्रदान गरे। डा. रामानन्द… पुरा पढौ

चित्रकला प्रतियोगितामा तिलष्मी प्रथम

पोखरा, १९ जेठ।अन्नपूर्ण आरोहण दिवसको अवसरमा वि दि अन्नपूर्णाज्ले आइतबार आयोजना गरेको अन्नपूर्ण र पर्यावरण शीर्षकमा विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा टप्स उच्च माविकी तिलष्मी गुरुङ प्रथम भएकी छिन्। विभिन्न विद्यालयका ४३ जना विद्यार्थी सहभागी प्रतियोगितामा ग्लोबल कलेजियटका देवान गुरुङ द्वितीय, शिशु निकेतनका अभिषेक पौडेल तृतीय तथा टप्सकै हरि गुरुङले सान्त्वना स्थान प्राप्त गरे। प्रतियोगिताको निर्णायकमा एलपी गुरुङ, क्षेत्रलाल कायस्थ गोपाल श्रेष्ठ… पुरा पढौ

हेरालोद्वारा शैक्षिक राहत वितरण

पोखरा, १९ जेठ।हेरालो प्रतिष्ठान कास्कीले स्थापना गरेको हेरालो शैक्षिक राहत परियोजनाअन्तर्गत सेतीबाढीबाट प्रभावित ४६ जना बालबालिकामध्ये अतिविपन्न सात परिवारका १७ जना बालबालिकालाई राहत वितरण गरिएको छ। विशेषगरी बाढीबाट प्रभावित माछापुच्छे र सार्दीखोला गाविसका अतिविपन्न सात परिवारका १७ जना बालबालिकालाई शिक्षादिक्षा र लालनपालनमा अत्यन्तै समस्या देखिएको भन्दै राहत वितरण गरिएको संस्थाका अध्यक्ष रोश गुरुङले बताए। उनले प्रतिष्ठानद्वारा स्थापित हेरालो शैक्षिक राहत… पुरा पढौ

आमा मिलन केन्द्रको अभिमुखीकरण

पोखरा, १९ जेठ।आमा मिलन केन्द्र पोखरा-८, कास्कीले सार्वजनिक स्वास्थ्य सेवामा सामुदायिक अड्ढपत्र जवाफदेहीता अभिवृद्धि परियोजनाअन्तर्गत आयोजना गरेको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रममा संस्थाकी अध्यक्ष इन्दिरा पौडेलले संस्थाका परिचयसहित परियोजनाको विषयमा प्रकाश पारेकी थिइन्। सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारी, जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव दामोदर गौतम, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष… पुरा पढौ

आश्विनीलाई मिस थकाली नेपालको उपाधि

पोखरा, १८ जेठ। थकाली भाषा र संस्कृतिको सर्म्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेनर नेपालको आयोजनामा आयोजित पहिलो मिस थकाली नेपालको उपाधि आश्विनी थकालीले हात पारेकी छन्। पोखराको सभागृह हलमा शनिबार भएको फाइनल चरणको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिन सफल भएकी हुन्। उपाधिसँगै उनले नगद ५० हजार नगद हात पार्न पनि सफल भइन्। यस्तै गरी प्रतियोगितामा सन्ध्या गौचन… पुरा पढौ

अधिकारीको ‘झटारो’ लोकार्पण

पोखरा,१८ जेठ।साहित्यकार तीर्थराज अधिकारीको मुक्तक सङ्ग्रह 'झटारो’ पोखरामा शनिबार एक समारोहका बीच लोकार्पण भयो। सङ्ग्रहको कवि तेजनाथ घिमिरे र प्राज्ञ सरुभक्तले संयुक्त रूपमा लोकार्पण गरेका थिए। त्यस अवसरमा कवि घिमिरेले साहित्य कला र सङ्गीतले मानिस सुसंस्कृत हुने बताए। साथै उनले बुझ्नेका लागि साहित्य अमूल्य कुरा भएको र नबुझ्नेले अनुत्पादक मान्ने गरेको उल्लेख गरे। प्राज्ञ सरुभक्तले २०३५ सालमा पोखरामा टिकटमा मुक्तक… पुरा पढौ

मेरी सेण्टरमा निःशुल्क बालसुरक्षा खोप

पोखरा, १८ जेठ।उज्यालो भविष्य नेपालद्वारा पोखराको पृथ्वीचोकस्थित नागढु·ामा सञ्चालित मेरी प्रजनन् स्वास्थ्य सेवा केन्द्रमा बालबालिकाका लागि निःशुल्क शिशुसुरक्षा खोप कार्यक्रम सुरु भएको छ। प्रत्येक महिनाको १९ गतेमात्र खोप कार्यक्रम सञ्चालन हुने कार्यक्रम प्रमुख एकबहादुर गुरुङले जानकारी दिए। खोप कार्यक्रमका लागि डि.पि.टी, हेप वि-हिव, पोलियो, दादुरा, टि.टि., बि.सि.जी., जापनीज इन्सेप्लाइटिस लगायतका खोप सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रदान गरिनेछ।त्यस्तै सुरक्षित गर्भपतन सेवाका… पुरा पढौ