पाेखरा र सेराेफेराे

महिला खेलाडी बिमलालाई सम्मान

पोखरा, २३ जेठ। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको तेस्रो टिभिएस पोखरा स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई पश्चिमाञ्चल माविले सम्मान गरेको छ। पश्चिमाञ्चलबाट मानविकी संकाय अन्तर्गत कक्षा १२ को परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विद्यालयले बुधबार सम्मान गरेको हो। खेल क्षेत्रबाट विद्यालयको नाम राख्न सफल भएको भन्दै पश्चिमाञ्चलले बिमलालाई सम्मान… पुरा पढौ

प्रदेशमा प्रज्ञा प्रतिष्ठानको माग

पोखरा, २३ जेठ। प्रदेश ४ मा साहित्य, संगीत तथा नाट्य र ललितकलास“ग सम्बन्धित प्रज्ञा प्रतिष्ठान स्थापनाको माग गर्दै प्रदेशका मन्त्रीसमक्ष मागपत्र पेस बुझाइएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ प्रदेश ४ संयोजक मनकुमार श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान गठन पहल समितिका संयोजक पद्मराज ढकालको नेतृत्वमा गएको टोलीले मागपत्र बुझाएको हो। सो क्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र सामाजिक विकास मन्त्री… पुरा पढौ

प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

हेमजा, २३ जेठ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारका लागि दिइएको प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम बुधवार सकिएको छ। तालिम समापनमा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार महासंघ कास्कीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। उनले पत्रकारिता क्षेत्र व्यावसायिक बन्नुपर्ने तर्क गर्दै पोखरामा खोजी पत्रकारिताको आवश्यकता पनि औँल्याए। जिसीले सार्वजनिक सम्पति खरिद ऐन तथा स्थानीय सरकार सञ्चालन कार्यविधिबारे… पुरा पढौ

जनकल्याण सहकारीको रक्तदान

पोखरा, २३ जेठ । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले १६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ। प्रमुख अतिथि जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष रविरमण तिवारीले रक्तदाता सृजना घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए। संस्थाका अध्यक्ष यादब पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरहरि अधिकारीले स्वागत तथा सचिव सन्तोष पौडेलले सञ्चालन गरेका थिए। सहकारी… पुरा पढौ

दीगो विकास लक्ष्यका लागि युवा भूमिका

पोखरा, २२ जेठ । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालको जैविक विविधता संरक्षण तथा दीगो विकास लक्ष्य विषयमा प्रदेशस्तरीय सम्मेलन पोखरामा सम्पन्न भएको छ। वातावरण दिवस अवसरमा भएको सम्मेलनले पोखरा घोषणापत्र जारी गर्दै जैविक विविधता र वातावरण संरक्षण तथा निर्दिष्ट लक्ष्य हासिल गर्न स्थानीयस्तरमा युवाको भूमिका महत्वपूर्ण हुने जनाएको छ। प्रमुख अतिथि उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले युवाको… पुरा पढौ

वातावरण दिवसमा सामुदायिकको वृक्षरोपण

पोखरा, २२ जेठ। विश्व वातावरण दिवस अवसर पोखरा लेखनाथ महानगरपालिका वडा १२ स्थित सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा माटेपानी र सरस्वती आधारभूत विद्यालयले संयुक्त रुपमा वृक्षरोपण गरेका छन्। विद्यालय परिसरमा आयोजित वृक्षरोपण कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका हुन्। त्यस अवसरमा विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपियो । कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्की, प्रहरी निरीक्षक दीपक केसी, विद्यालय… पुरा पढौ

पत्रकारलाई प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

हेमजा, २२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारका लागि दुर्इदिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम मंगलवारदेखि शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा भएको तालिम उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले पत्रकारिता क्षेत्र व्यावसायिक बन्नुपर्नेमा जोड दिए । उनले कास्कीमा क्रियाशील पत्रकारको क्षमता तथा दक्षता वृद्घकिा लागि महानगर सहयोग गर्न तयार रहेको बताए । उनले पोखराका पत्रकार देशभरमै अब्वल… पुरा पढौ

संसदमा गण्डकी, सडकमा तमुवान-मगराँत

पोखरा, २० जेठ। राज्य पुनर्संरचनामा विवादरहित प्रदेश ४ को नामाकरणमा भने केही अन्यौलता सुरु भएको छ । यतिबेला प्रदेशको नामाकरणले निकै चर्चा पाएको छ । प्रदेशभित्रका जातिय संघ संगठनहरुले प्रदेशलाई आफ्नै अनुकुलको नामाकरण हुनुपर्ने दवाव दिइरहेका छन् । विशेषगरी गुरुङ र मगर जातिले तमुवान-मगराँत नाम हुनुपर्नेमा जोड दिएका हुन् । पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने भन्दै तमुवान मगरात संघर्ष समितिले आइतबार पोखरामा बृहत् प्रदर्शन गरेको… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरा, २० जेठ। पोखरा रंगशालामा आइतबवारबाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्सतर्फ १५ सय मिटर छात्रतर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्णपदक ल्याएका छन्। उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पूरा गरेका थिए। सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारे। उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पूरा गरेका थिए भने लमजुङका आदित्य मगरले… पुरा पढौ

गुरुङ चलचित्र ‘मैरिमो’ प्रदर्शन तयारी

लमजुङ, २० जेठ। समाजमा सचेतना फैलाउने उद्देश्यले तयार गरीएको गुरुङ चलचित्र 'मैरिमो’ -सम्झी रहेछु/मिस यु) को जिल्ला सदरमुकाम बेसीशहरमा प्रदर्शनको तयारी गरिएको छ। बेसीशहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा जेठ २६ गते शनिबारका दिन उक्त फिल्म प्रदर्शनको तयारी गरिएको पत्रकार भेटघाटमार्फत आयोजकद्वारा जानकारी गराइएको छ। 'गुरुङ फिल्मको इतिहासमा पहिलोपटक एकसाता लगातार आफ्नो प्रदर्शन गर्न सो गुरुङ चलचित्र 'मैरिमो’ सफल रुप्ामन प्रदर्शन हँदै आएको… पुरा पढौ