पाेखरा र सेराेफेराे

पानीमा रुझेरै सरसफाइ

पोखरा, ३० असार । पोखरामा जारी बृहत् सफाइ अभियानको १११ श्रृंखला शनिबार केदारेश्वर मन्दिर परिसर र कोमागाने पार्कमा सम्पन्न भएको छ । अविरल वर्षाका बाबजुद पनि सरसफाइमा सहभागीले सो अभियानमा ऐक्यबद्धता जनाएका थिए । 'हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित अभियानको सो श्रृंखला प्रदेश सांसद राजीव पहारीले उपस्थिति सहभागीलाई सरसफाइसम्बन्धी शपथ ग्रहण गराउँदै उद्घाटन गरेका थिए । उनले अभियानले पोखरालाई… पुरा पढौ

ज्येष्ठ नागरिक मिलन केन्द्रद्वारा सम्मान

पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा १० स्थित रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रले विभिन्न व्यक्तिलाई शनिवार सम्मान गरेको छ । केन्द्रले पोखरा-१० का वडाध्यक्ष राजकुमार गुरुङ, वडासदस्य नीशा मल्ल ठकुरी, प्रतिभा बिक पोखरेल, सम्मरबहादुर श्रेष्ठ र नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिला जिसीलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक ९६ वर्षीय गौप्रसाद गुरुङ र ८८ वर्षीया दीलमाया श्रेष्ठले उनीहरुलाई… पुरा पढौ

शिवशक्तिमार्ग जनपथ पिच बाटो शुभारम्भ

पोखरा, ३० असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ शिवशक्तिमार्गमा नवनिर्मित जनपथ पिचबाटो शनिबारदेखि शुभारम्भ भएको छ। बाटो उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले बाटो बनाउनु मात्र ठूलो काम नभई त्यसलाई संरक्षण र सरसफाइ गर्नु आवश्यक रहेको बताउँदै पुरानो रुख विस्थापित भएपनि नयाँ विरुवा रोपेर वातारण हरियाली बनाउन आग्रह गरे। पोखरा लेखनाथ महानगरपालिकाको १९ लाख ४२ हजार एक… पुरा पढौ

हेमजामा आयुर्वेद स्वास्थ्य शिविर

हेमजा, ३० असार। पोखरा-२५, हेमजामा गण्डकी अञ्चल आयुर्वेद औषधालयको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह-आयोजनामा शुक्रवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले स्थानीय गंगा कार्कीलाई पूर्र्जी कार्यक्रम उद्घाटन गरेका थिए। शिविरमा २ सय ७० जना लाभान्वित भएका छन्। वडाध्यक्ष तिम्सिनाले विश्व विद्यालयमा पनि आयुर्वेदसम्बन्धी शिक्षा दिनुपर्ने बताउँदै आयुर्वेदको अनुसन्धान गर्न जरुरी भएको औँल्याए।… पुरा पढौ

पोखरेली पर्यटनलाई पटनाको सुझाव

पोखरा, ३० असार। पटनाका पर्यटन व्यवसायीले नेपालमा पटनाबाट सीधा हवाइ शुरु गर्न सुझाव दिएका छन्। गाडीमा जाँदा पर्यटकलाई धेरै समस्या हुने गरेको भन्दै सीधा हवाइ उडान शुरु गर्न सके नेपाल र पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनीहरुको सुझाव छ। 'सीधा हवाइ सेवा नहुँदा आधा पर्यटक कलकतादेखि बैंकक जान्छन्। पटनादेखि सीमरा, चितवन वा पोखराका लागि सीधा हवाइ उडान भए बैंकक जाने… पुरा पढौ

ए एण्ड बी अस्पतालको सेवा विस्तार

पोखरा, ३० असार। ए एण्ड बी अस्पताल, पोखराले आधुनिक तथा स्तरीय सेवा विस्तार गरेको जनाएको छ। पोखरा-२, विन्ध्यवासिनीस्थित अस्पतालमा आधुनिक प्रविधिको उपकरणसहित विशेषज्ञ सेवा विस्तार गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो। दश वर्षअघि फिजियोथेरापी र अकुशनल थेरापी उपचार सेवाबाट शुरु साविकको एबी केयर एण्ड रिहाविलिटेसन हस्पिटल १ वर्षदेखि आधुनिक उपचार पद्दतिसँगै गुणस्तरीय सेवाको साथमा सञ्चालनमा आएको व्यवस्थापक ऋषि खतिवडाले जनाए।… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित

पोखरा, २७ असार । कास्की जिल्लालाई वुधवार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। बच्चा जन्मिएपछि १५ महिनाभित्र अनिवार्य रुपमा लगाउनुपर्ने ११ प्रकारका खोपका लक्ष्य प्राप्तिसँगै पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो। 'स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित जिल्ला खोप समन्वय समिति कास्की र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रदेशको राजधानी पोखरासँगै… पुरा पढौ

श्रीपति कोइरालाको शालिक अनावरण

पोखरा, २७ असार। श्रीपति कोइराला गुठीद्वारा विविध कार्यक्रम गरी श्रीपति कोइरालाको २११ औं जन्म जयन्ती मनाइएको छ। पोखरा-९, साँघुमुखस्थित गुठी परिसरमा निर्मित श्रीपतिको शालिक बुधबार अनावरण गरियो। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले शालिक अनावरण गर्दै सन्ततिका लागि अग्रजले आफ्नो जीवनमा राम्रो कार्य गर्नुपर्ने बताए। जीवनमा आमूल परिवर्तन ल्याउने मानिसमा अदृश्य शक्ति हुन्छ भन्दै नागरिकले आफ्नो कर्त्तब्यलाई मातृभूमिको सेवामा लगाउनुपर्ने औंल्याए।… पुरा पढौ

भारतीय पर्यटक बोलाउँदै पर्यटन व्यवसायी

पोखरा, २७ असार । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारततर्फ प्रस्थान गरेको हो । भारतका पटना, बनारस, लखनउ लगायत विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त… पुरा पढौ

मिस पोखरालाई अस्टे्रलिया घुम्ने अवसर

पोखरा, २७ असार । पोखरा जेसीजले आयोजना गर्ने मिस पोखरा-२०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मिस पोखरा कार्यक्रमका मूल संयोजक देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समीर थापाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।मिस पोखरा कार्यक्रम युवा नारीको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपूर्ण कार्यक्रम हो। जसबाट युवा नारीहरुले आफूभित्रको क्षमता प्रस्फुटन… पुरा पढौ