पाेखरा र सेराेफेराे

चिसापानी आमा समूहको पहिलो वाषिर्कोत्सव

पोखरा, ४ भदौ। पोखरा महानगरपालिका वडा १३ स्थित चिसापानी आमा समूहले सोमबार पहिलो वाषिर्कोत्सव मनाएको छ। त्यस अवसरमा आमा समूहले चिसापानी टोलमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ। कार्यक्रममा ज्येष्ठ नागरिक गोपना गुरुङ, भावी गुरुङ र क्होलासोथर गाउँपालिका वडा ४ की सदस्य गमी गुरुङलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङले टोलभित्रको सद्भाव र… पुरा पढौ

स्वरोजगार निर्माण व्यवसायी समिति महानगरपालिकामा

पोखरा, ४ भदौ। स्वरोजगार निर्माण व्यवसायी समिति कास्कीले पोखरा महानगरपालिकाले बढाएको शुल्कप्रति ध्यानाकर्षण भएको जनाएको छ। समितिले सोमबार महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बढाएको शुल्क घटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। समितिका अध्यक्ष रमेश सिकेले मेयरलाई ध्यानाकर्षण बुझाएका थिए। ध्यानाकर्षणपत्रमा २०६९ सम्म प्रतिर्फम एक हजारमा दर्ता र नवीकरण गर्दै आएकोमा २०७० सालदेखि १० हजार र तीन हजार तिर्दै आएको उल्लेख… पुरा पढौ

मदरल्याण्डमा अन्तक्रिर्या

पोखरा, ४ भदौ । मदरल्याण्ड माध्यमिक विद्यालयले शिक्षक अभिभावक अन्तक्रिर्या सम्पन्न गरेको छ । कक्षा ३, ६ र ८ का कक्षा शिक्षक र अभिभावकबीच अन्तक्रिर्या गरिएको कार्यक्रममा सोही कक्षामा अध्ययन गर्ने बाबुनानीहरूका सम्पूर्ण अभिभावकहरूको उपस्थिति रहेको थियो। समयसापेक्ष भएको परिवर्तनबारे अभिभावकलाई जानकारी दिने, अभिभावकका चाहना र अपेक्षालाई बुझन तथा बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउन सो कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रममा सम्बन्धित… पुरा पढौ

विज्ञान शिक्षक समाजद्वारा हाजिरीजवाफ

पोखरा, ४ भदौ। विज्ञान शिक्षक समाज नेपाल कास्कीले विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगिता गरेको छ। रेन्बो एकेडेमी कोलपाटनमा आयोजित प्रतियोगिताको पहिलो चरणमा ८५ स्कूलका एक सय ४६ टिम र दोस्रो चरणमा १६ स्कूल सहभागी थिए। प्रतियोगितामा मेट्रोपोलिटन स्कूल प्रथम, मदरल्याण्ड स्कूल दोस्रो, डाइमन्ड स्कूल तेस्रो तथा धौलागिरी बोर्र्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गरेका छन्। पुरस्कृत विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र र… पुरा पढौ

नेल्टाको पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम शुरु

पोखरा, ४ भदौ। नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधानसम्बन्धी तालिम सोमबारदेखि शुरु भएको छ। प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ। तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागी छन्। तालिम उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गरेका थिए। त्यस अवसरमा पशु सेवा निर्देशनालय पोखराका… पुरा पढौ

कर फिर्ता लिन माग

पोखरा, ३ भदौ। नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ।समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमशः करको दरभन्दा दायरालाई फराकिलो पार्नुपर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ । नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति… पुरा पढौ

लाइफ टाइम फोटोग्राफी अवार्ड शाक्यलाई

पोखरा, ३ भदौ । यस वर्षको लाइफ टाइम फोटोग्राफी अवार्डबाट पोखराका पूराना फोटोग्राफर शम्भुरत्न शाक्य सम्मानीत भएका छन्। पोखरा फोटोग्राफर संघको आयोजनामा फोटोग्राफी दिवसको अवसरमा विशेष कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरिएको हो । उनले २५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। गण्डकी प्रदेशमा फोटोग्राफी पेसामा विशेष योगदान पुर्‍याएका र कम्तीमा १५ बर्ष फोटोग्राफी गरेका व्यक्तिलाई सम्मान गर्न लाइफटाइम… पुरा पढौ

इनरव्हिल मिडटाउनद्वारा बृद्वबृद्वालाई सहयोग

पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग गरेको छ । क्बलले तीजको अवसर पारेर आश्रमका १५ जना बृद्वबृद्वालाई एक छाक खाना खुवाउनुको साथै कपडा, फलफूल र खाद्यान्न सहयोग गरेको हो । क्लबकी अध्यक्ष सावित्री नेपालीले बृद्वाबृद्वालाई सहयोग हस्तान्तरण गरेकी थिइन् । सो कार्यक्रमका लागि क्लबकी पूर्वअध्यक्ष शारदा शर्मा, भक्ति गुरुङ,… पुरा पढौ

गाईघाटको बस्ती जोखिममा

पोखरा, ३ भदौ।फेवाताल किनार गाईघाटको सुकुम्वासी बस्ती जोखिममा परेको छ। फिके खोलामा आएको बाढीले बस्ती छेउको धनमाया महर्जन र पूर्णबहादुर माझीको घर आडमै भङ्गालो बनाएपछि बस्ती जोखिममा परेको हो। खोलाको पुछारमा थुप्रिएको माटो फाल्न लगिएको जेसिभी हिलोमा फसेकोमा निकाल्ने क्रममा तटबन्ध फोडिएपछि फिके खोलाको बाढी पसेको स्थानीय बाबुराम अधिकारीले जानकारी दिए। सम्बन्धित निकायसँग हार गुहार गर्दा उद्धारमा ढिलाई भएपछि स्थानीय… पुरा पढौ

पोखरा-२१ को पिउनेपानी अभियान वर्ष

पोखरा, ३ भदौ । पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो वर्षलाई पिउने पानीबर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी वर्ष घोषणा गरेरै काम अघि बढाइएको हो । खासगरी निर्मलपोखरी, कृष्ति क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या छ । वडाले खानेपानी समस्या समाधान गर्नका लागि चालू वर्षको बजेटबाट १ करोड रुपैयाँ विनियोजन गरेको छ ।… पुरा पढौ