पोखरा र सेरोफेरो

आचार्य परिवारलाई मातृशोक

पोखरा, ९ साउन। पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ काहुँ बतासे निवासी डा रामचन्द्र आचार्य र नेपाल दूर सञ्चारका पूर्व कर्मचारी भरतचन्द्र आचार्यलाई मातृशोक परेको छ। आचार्यकी आमा डिलमाया आचार्यको ७३ वर्षको उमेरमा सोमबार बिहान ६ बजे आफ्नै निवास काहुँ बतासेमा निधन भएको हो। २००१ सालमा पोखराको फूलबारीमा जन्मिएकी डिलमाया विगत केही महिनादेखि ब्रेन हेमरेज रोगबाट ग्रसित थिइन्। स्व आचार्यको… पुरा पढौ

सञ्जालद्वारा प्रमुखको ध्यानाकर्षण

पोखरा, ८ साउन। शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटी प्रभावकारी सेवा प्रवाहका लागि विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ। भेटमा शान्तिका लागि नागरिक समाज सञ्जालका संयोजक ढाकाराम पौडेलले सिँधै नागरिकको गुनासो सुन्ने व्यवस्था मिलाउनु पर्ने आवश्यकता रहेको बताए। उनले वडालाई अधिकार सम्पन्न बनाउनुपर्ने, बसपार्कलाई सुविधा सम्पन्न बनाउनु पर्ने, महानगरपालिकाका प्रत्येक चोकमा सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्ने,… पुरा पढौ

लेडी जेसिजको सप्ताहन्त सकियो

पोखरा, ८ साउन। पोखरा लेडी जेसिजको सप्ताहन्त आइतबार सम्पन्न भएको छ। पोखरा लेडी जेसिजले कुष्ठरोगीलाई खाद्यान्न सामग्री वितरण, नेतृत्व र व्यक्तित्व विकास तालिम र अपाङ्गता भएका दुर्इ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेर यस वर्षको सप्ताहन्त मनाएको हो। सप्ताहन्तको पहिलो दिन शुक्रबार पोखरा लेखनाथ महानगरपालिका-१५, टुटुङ्गास्थित पोखरा आरोग्य आश्रममा रहेका १४ जना कुष्ठरोगीलाई संयोजक पुष्पा सापकोटाको संयोजकत्वमा खाद्यान्न सामग्री वितरण गर्‍यो। संयोजक… पुरा पढौ

सांग्रिला बैंकको दुर्इ दिने प्रशिक्षण

पोखरा, ८ साउन। काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शाखा प्रमुखका लागि दुुर्इ दिने प्रशिक्षण पोखरामा सम्पन्न गरेको छ। ग्राहकलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले दुर्इ दिन पोखरामा बैंकका विभिन्न विभागीय प्रमुख क्षेत्रीय प्रबन्धक र शाखा प्रमुख गरी ४५ जना कर्मचारीको सहभागीतामा प्रशिक्षण तथा समीक्षा कार्यक्रमको आयोजना गरिएको बताइएको छ। प्रशिक्षण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी… पुरा पढौ

ढिकुरपोखरीमा तीजमेला तयारी

हेमजा, ८ साउन। अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा यसवर्ष पनि ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा तीज मेला हुने भएको छ। खेलमैदानको स्तरोन्नतीको काम भइरहेकाले विगतमा माछापुच्छे्र माविको खेलमैदानमा हुँदै आएको खुल्ला फुटवल प्रतियोगिता भने यसवर्ष नहुने युवा सञ्जालका अध्यक्ष सुशील भट्टचनले जानकारी दिए। भट्टचनले फुटवल आयोजना नभएपनि तीजगीत प्रतियोगिता, ठेलो हाल्ने, रस्साकसीलगायत अन्य विविध सास्कृतिक कार्यक्रम हुने बताएका छन्। तीजकै अवसरमा खेलमैदानको उद्घाटन… पुरा पढौ

६ ए साइड फुटबलमा पोखरा ट्रेड मल ए विजेता

पोखरा, ८ साउन। फेन्सी तथा रेडिमेट व्यवसायी संघ पोखराको आयोजनामा ६ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पोखरा ट्रेड महल ए विजेता बनेको छ। उसले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ उपविजेता बन्दै नगद १५ हजार, ट्रफी र मेडल हात पार्‍यो। प्रतियोगितामा पोखरा ट्रेड मल ए का मनिष थापा उत्कृष्ठ खेलाडी,… पुरा पढौ

सिद्घेश्वरद्वारा सुइखेत सरसफाइ

हेमजा, ८ साउन। पोखरालेखनाथ महानगरपालिका-२५, हेमजा स्थित सिद्घेश्वर सामुदायिक विकास संस्थाद्वारा आइतवार सुइखेत सरसफाइ गरिएको छ। संस्थाले 'हाम्रो र्सुइखेतः राम्रो सुइखेत’ कार्यक्रम अन्तगत स्थानीय सिर्जनशील आमा समूह, सुइखेत युवा सञ्जाल तथा सुइखेत टोल विकास संस्थाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो। जसअन्तगत स्थानीय कालिकाचोकदेखि बास्कोट क्षेत्रसम्मको पोखरा बाग्लुङ राजमार्गको दायाँवायाँ तथा गाँउवस्तीको सरसफाइ गरिएको हो। कार्यक्रम पछि बोल्दै सुइखेत टोल… पुरा पढौ

हेमजामा बढ्दै छाडा चौपाय

हेमजा, ८ साउन । पोखरा-२५, हेमजाको सडकमा यसअघि अक्कलझुक्कल मात्रै देखिने छाँडा चौपाय हिजोआज निकै देखिन थालेका छन् । हेमजालाई पोखरा उपमहानगरपालिका हुदै पोखरालेखनाथ महानगरपालिकामा समेटिएपछि यहाँका जटिलता पनि थपिदै गएका छन्। त्यही जटिलतामध्ये छाँडा चौपायको विगविगी ठूलो समस्याका रूपमा हिजोआज देखिन थालेको छ। हेमजा मिलनचोकका भरतचन्द्र गौतम छाँडा चौपायको विगविगी देखेर दिक्क छन्। उनले विगत एक महिनाको बीचमा त्यस क्षेत्रमा छाँडा… पुरा पढौ

बृहत् शैक्षिक मेला तयारी

पोखरा, ५ साउन। नेपाल शैक्षिक परामर्श संघ  (इक्यान) कास्की साउन अन्तिम हप्ता हुने बृहत् शैक्षिक मेलाको तयारीमा जुटेको छ। वैदेशिक अध्ययन गर्न इच्छुक विद्यार्थी र अभिभावकका लागि शैक्षिक मेला गर्न लागेको पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कार्यक्रममा प्रदेश नं ४ कै सबैभन्दा बृहत् शैक्षिक मेला बन्ने संयोजक रमेशकुमार थापाले बताए। आयोजकले मेलामा शैक्षिक परर्मर्श व्यवसायी, स्वदेशी शैक्षिक… पुरा पढौ

लायन्स पोखरा फेवा फिस्टेल सिटीद्वारा वृक्षारोपण

पोखरा, ५ साउन। लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले सृजनाचोकदेखि पृथ्वीचोकसम्म वृक्षारोपण गरेको छ। सडकको दायाँ बायाँ टि्रगार्डसहित कपूर, तेजपत्ता, पहारी जात र अशोकका गरि करिब ६० बटा विरुवा रोपिएका छन्। पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसी र लायन्स डिष्ट्रिक ३२५ वि १ का गभर्नर धनराज आर्चायले संयुक्तरुपमा अशोकको विरुवा रोपी कार्यक्रम उद्घाटन गरेका थिए। प्रमुख अतिथि जिसीले… पुरा पढौ