पाेखरा र सेराेफेराे

पृथ्वीचोकदेखि एयरपोर्टसम्म बृहत् सफाइ

पोखरा, ५ साउन । पोखरामा जारी बृहत् सफाइ अभियान पृथ्वीचोकदेखि एयरपोर्टसम्म उल्लेख्य सहभागिता सहित समापन भएको छ । 'हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित ११२ हप्ताको अभियानमा झण्डै ५ टन फोहरमैला संकलन गरिएको वडा सचिव एवं अभियन्ता लोकदर्शन कोइरालाले बताए । यसअघि गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले अभियानप्रति शुभकामना व्यक्त गर्दै सरसफाइमा जुटेर ऐक्यबद्धता जनाएका थिए । यस हप्ताको अभियानमा… पुरा पढौ

एफएसयू टेक्निकल फेस्टिवल सकियो

पोखरा, ५ साउन ।इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा सञ्चालित टेक्निकल फेस्टिवलको शनिवार समापन भएको छ। समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अनसनरत डा. गोविन्द केसीको बाटोमा हिँड्न नसकिने बताएका छन् । डा. केसीको काम डाक्टरले गर्ने काम होइन । उनको जिद्धि पाराको पछि लाग्न सकिदैंन ।’ भने, 'उनको बाटोमा हिँडे हामी सकिन्छौं ।’ सबैले आफ्नो जिम्मेवारी, कर्तव्य के… पुरा पढौ

छोरेपाटनमा पनि सीसी क्यामेरा हस्तान्तरण

पोखरा, ५ साउन । अब, पोखराको छोरेपाटन क्षेत्रमा सीसी टिभी जडान गरिने भएको छ । डेविजफल क्लबको सक्रियतामा पोखरा लेखनाथ १७ छोरेपाटन क्षेत्रमा राखिएका सीसी टिभी छोरेपाटन चौकीलाई हस्तान्तरण गरिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले सीसी टिभी खोलेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सीसी टिभि राखिएको क्षेत्रमा अब कुनैपनि प्रकारको घटना, दुर्र्घटना हुन रोकिने तथा भई हालेमा पनि छिटो छरितो रुपमा कारवाही… पुरा पढौ

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकबाट आउने रेलमा नेपालको मिनिरल वाटर भरेर पठाउने बताएका छन् । नेपालमा जस्तो मिनिरल वाटर अरु देशमा नपाइने भन्दै उनले नेपालमा आउने रेलमा पानी भरेर पठाउने योजना अघि सारेका हुन् । 'हिउँबाट पग्लिदै आएको पानी पहरोमा पसेपछि मिनिरल र खनिजसँग मिलेर मिनिरल वाटर बन्छ । हाम्रोमा बाहेक दुनियाँमा मिनिरल वाटर झुठ्ठो कुरा हो,’ उनले भने, 'रेल… पुरा पढौ

वैदेशिक रोजगार शाखा संरक्षण संघमा शाही

पोखरा, ३ साउन। वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीको अध्यक्षमा दिनेश शाही निर्वाचित भएका छन्। संघको पोखरामा विहीवार सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनले शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। समितिको उपाध्यक्षमा सोवित बिक, सचिव सा मोहम्मद मियाँ, सहसचिव नरबहादुर भुजेल, कोषाध्यक्ष सुदन सुवेदी र सदस्य सुजन श्रेष्ठ, रवि घिमिरे, मोहम्मद गोफुर मियाँ र अरमान… पुरा पढौ

हेमजामा आधुनिक सुपरमार्केट

हेमजा, ३ साउन। पोखरा २५, हेमजाको नहरचोकमा आधुनिक सुपरमार्केट सञ्चालनमा ल्याइएको छ। हेमजा आधुनिक सुपरमार्केट नाम दिइएको उक्त मार्केट स्थानीय कृष्णबहादुर थापाले स्थापना गरेका हुन्। उनले करिब ६ रोपनी आफ्नै जग्गामा २ करोड ३० लाख रुपैयाँ लगानी गरी सो मार्केट स्थापना गरेका हुन्। जसमा ५८ सटर, एक क्यान्टिन, पार्किङस्थल, लक्ष्मीनारायणको मन्दिर, कार्यक्रमका लागि स्टेज, खेलकुदका लागि खेल मैदानको व्यवस्था पनि… पुरा पढौ

पोखरा विश्वविद्यालयको १९ औं साधारण सभा

लेखनाथ, ३ साउन । विश्वविद्यालयको १९ औं साधारण सभाबाट पोखरा विश्वविद्यालय, संयुक्त आंगिक महाविद्यालय/शैक्षिक संस्था तथा संयुक्त आंगिक कार्यक्रम सञ्चालनसम्बन्धी नीति, २०७५ र नियमावली, २०७५ पारित भएको छ । प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विहीवार पोखरा ३०, खुँदीमा भएको साधारणसभाले सो पारित गरेको हो । यस्तै, विश्वविद्यालयको आव २०७५/०७६ को लागि कुल ८६ करोड २९ लाखको बजेट पारित भएको… पुरा पढौ

सृजना माविमा अभिमुखीकरण

पोखरा, ३ साउन । सृजना आवासीय माविमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा युनिभर्सिटीका पूर्व भाइस चान्सलर प्राडा विष्णुराज तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीलाई पढ्नुपर्छ भन्ने धारणा जगाउने, शिक्षा लिइसकेपछि त्यसलाई व्यवहारमा समेत उतानुपर्ने, पुरानो पढाउने तरिकालाई परिर्वतन गरी प्रयोगात्मक विधिबाट पठनपाठन गराउनुपर्ने कुरामा जोड दिए । नवआगन्तुक विद्यार्थीको तर्फबाट सुस्मिता रामदाम र कक्षा १२ का विद्यार्थीको तर्फबाट प्रकाश शर्मा, जानकी थापाले… पुरा पढौ

रोटरी पोखरा लेकसाइडको पदस्थापन

पोखरा, ३ साउन  । रोटरी क्लब अफ पोखरा लेकसाइडको तेस्रो पदस्थापन समारोहसम्पन्न भएको छ । पोखरामा बुधबार भएको समारोहमा क्लबका वर्ष २०१७/१८ का अध्यक्ष भगतकुमार श्रेष्ठले वर्ष २०१८/१९ का अध्यक्ष जयराम पौडेललाई पद हस्तान्तरण गरे । प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२, नेपाल-भुटानका डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराईले समारोह उद्घाटन गर्दै रोटरी अभियानमा रोट्रयाक्टको उपस्थिति बलियो रहेको जानकारी दिए । संयुक्त राष्ट्र संघको स्थापनामा पहल, पोलियो… पुरा पढौ

रतनपाण्डेमा इन्टरनेट जडान र शैक्षिक सामग्री वितरण

पोखरा, ३ साउन । नेपाल टेलिकम वकर्स युनियन पोखरा इकाइले पोखरा १३, आर्वास्थित रतनपाण्डे माविमा निःशुल्क कम्प्युटर, इन्टरनेट जडान तथा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा विहीवार आयोजित समारोहमा टेलिकम पोखरा शाखाका कार्यालय प्रमुख प्रबन्धक अनिल जोशीले विद्यालयमा प्रविधि सूचनामैत्री शिक्षण सिकाइका लागि इन्टरनेट जडानले ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तार हुने बताए । नेटमा सिंगो विश्व हुने हुदा यसलाई सही ढंगले प्रयोग… पुरा पढौ