पाेखरा र सेराेफेराे

शान्तिसुरक्षामा कुनै सम्झौता हुँदैन : प्रजिअ

पोखरा, १६ साउन । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । जिल्लामा हालैमात्रै सरुवा भइ आएका प्रजिअ बुढाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भने, 'शान्तिसुरक्षा कायम गर्ने हो, त्यसमा कुनै सम्झौता र ढिलासुस्ती हुँदैन ।’ उनले नागरिकको गुनासो नआउने गरि काम गर्ने र गुनासो आए तत्काल सुधार गरिने बताए । उनले सरकारी… पुरा पढौ

रामानन्द स्वामीको स्मृतिमा कवि सम्मेलनको तयारी

पोखरा, १६ साउन।ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको स्मृतिमा कवि सम्मेलन हुने भएको छ। पुरुन्चौरको काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा यही साउन १९ गते शनिवार सम्मेलन गर्ने तयारी भइरहेको आश्रम व्यवस्थापन समितिका सचिव नारायण अधिकारीले जानकारी दिए।सो आश्रमका पीठाधीशसमेत रहेका डा. गिरी २०७४ असार २४ गते गुरु पूणिर्माका दिन ब्रह्मलीन भएका थिए। महेश सन्यास आश्रम एवम् महेश संस्कृत गुरुकुल आश्रम देवघाटका संस्थापक… पुरा पढौ

‘डेरा सरी सरी’ बजारमा

पोखरा, १६ साउन । हरितालिका तिज नजिकिँदै गर्दा कलाकार रामजी पौडेल, सरस्वती परियार र माया गिरीले 'डेरा सरी सरी’ बोलको गीत बजारमा ल्याएका छन्। गीतमा डेरामा बस्नेहरुका पीडा समावेश गरिएको छ। एक महिना एउटा घरमा बसेपछि त्यसपछि डेरा सर्नुपर्ने बाध्यता गीतमार्फत प्रस्तुत गरिएको छ । गायक रामजी पौडेलको शब्द तथा लय रहेको गीतमा रामजी पौडेल, माया गिरी ,सरस्वती परियार, रत्न रसाइली र… पुरा पढौ

ला ग्रान्डी कलेजमा एक्स्पो हुने

पोखरा, १६ साउन । ला ग्रान्डी इन्टरनेसनल कलेज, पोखराले दोस्रो 'ला ग्रान्डी एक्स्पो २०१८’ गर्ने भएको छ। 'बृजिङ एकेडेमी टु कम्युनिटी’ भन्ने नाराका साथ साउन १८ र १९ गते रत्नचोकस्थित क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोमा विद्यार्थीको क्षमता अभिवृद्धिमा टेवा पुग्ने लक्ष्य लिइएको छ। विद्यार्थीलाई कुनै न कुनै तवरबाट अवसर दिनुपर्छ भनेर एक्सपो सञ्चालन गरिएको कलेजका प्रिन्सिपल इ. किरण केसीले बताए। केसीका… पुरा पढौ

लाम्पाटा क्षेत्रको गाँजा नष्ट

हेमजा, १६ साउन।पोखरा-२५, हेमजा स्थित लाम्पाटा क्षेत्रको हरियो गाँजा बुधवार नष्ट गरिएको छ। सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाको आयोजनामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय बगर, टोल विकास समन्वय समिति हेमजा तथा लाम्पाटा स्थित सुनौलो टोल विकास संस्थाले सघाएका थिए। सो अवसरमा संकलित करिब २ क्वीन्टल गाँजा जलाएर नष्ट गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाकी अध्यक्ष… पुरा पढौ

सार्वजनिक जग्गामा नेकपाको ब्यानर

पोखरा, १५ साउन। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पोखरा न्यूरोडस्थित सार्वजनिक जग्गा व्यक्तिले हडप्न लागेको भन्दै राष्ट्रियकरण गर्न माग गरेको छ। सो पार्टीले मंगलबार पार्टीको कालो व्यानर राखेर त्यस्तो माग गरेको हो। राज्यको सम्पत्ति संरक्षण अभियान अन्तर्गत त्यसो गरिएको पार्टीको पर्चामा उल्लेख छ। पार्टीका तयार पारिएको पर्चामा सो जग्गा खरिद बिक्री नगर्न, बैंकमा धितो नराख्न एवं भाडामा लिने काम… पुरा पढौ

विष्णुपादुकामा प्रिक्वाटरफाइनलका खेल सकियो

हेमजा, १५ साउन। विष्णुपादुका माध्यमिक विद्यालयको स्वर्णमहोत्सव अवसरमा आयोजित अन्तरमाध्यमिक तह छात्र सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा मंगलवार प्रिक्वाटर फाइनलका खेल सम्पन्न भए। जसमा बालकल्याण, इमानुयल, स्नो भ्यू, अम्बिका, बेसलाइन, हेमजा बोर्र्डिङ, प्रतिभा र धवलागिरी विजयी भए । पहिलो खेलमा बालकल्याणले तालवाराहीलाई १-० गोलअन्तरले हरायो भने दोस्रो खेलमा इमानुयलले डाइनामिकलाई १-० गोलअन्तरमै पाखा लगायो । स्नो भ्यू र जनजागरणबीचको तेस्रो खेलमा… पुरा पढौ

सुजुकीको स्वीफ्ट एक्सचेञ्ज

पोखरा, १५ साउन । मारुती सुजुकी ब्राण्डको लोकप्रिय गाडी स्वीफ्टको पोखरामा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ। तीनदिनसम्म भएको सो कार्यक्रमअन्तगृत अन्तिम दिन मंगलबार ७ वटा स्वीफ्ट गाडी बिक्री भएको र ६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ। सुजुकीको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता वतास व्रदर्श प्रालिले साउन १३ देखि १५ सम्म एक्सचेञ्ज कार्यक्रम गरेको हो। एक्सचेञ्जमा ११.९९ प्रतिशत व्याजदर, पुरानो गाडीको उचित… पुरा पढौ

४७ वर्षपछि घर

लमजुङ, १४ साउन । लमजुङका ७१ वर्षे एक वृद्ध बेपत्ता भएको ४७ वर्षपछि घर सम्झेर फर्केका छन् । वेशीशहर नगरपालिका-२, भकुण्डेमा स्थायी बसोबास भएका प्रेमबहादुर खड्का सर्म्पर्कविहीन भएको ४७ वर्षपछि घर फर्केका हुन्। खड्कालाई गाउँ आउँदा बुढापाकाले मात्र चिनेका र उनले पनि थोरैमात्र पाको उमेरकालाई चिनेका छन्। उनले भने, 'बाचेर गाउ' र्फकन्छु भन्ने सोचेको थिइन', जन्मथलो आए', सबैसँग भेटघाट भयो,… पुरा पढौ

लायन्स रिजन-१२ को पदस्थापन

पोखरा, १४ साउन । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको रिजन १२ अन्तर्गत जोन २४ र २५ का ८ क्लबको संयुक्त पदस्थापन भएको छ । प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय एलसीआईएफ एरिया लिडर बालकृष्ण बुलाकोले चम्पासिंह पुनलाई हृवीलचेयर प्रदान गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०२० सफल गराउन र पर्यटन विकासमा लायन्स… पुरा पढौ