पाेखरा र सेराेफेराे

सर्द्धमको वाषिर्कोत्सवमा सम्मान

पोखरा, २६ साउन । सर्द्धम सभाको २८ औं तथा धर्म संघ बुद्ध विहारको ६३ औं वाषिर्कोत्सवमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । प्रमुख अतिथि डा कविन्द्र बज्राचार्यले शनिबार वाषिर्कोत्सव समारोह उद्घाटन गर्नुका साथै उनीहरुलाई सम्मान गरे । ज्येष्ठ सदस्य सूर्यमाया बज्राचार्य र कर्णखर बज्राचार्यलाई डा बज्राचार्यले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन्। एसर्इइमा सर्वोत्कृष्ट अंक ल्याउने मञ्जुलराज शाक्य र कृपा… पुरा पढौ

मनिपाल समस्या सुल्झाउन समिति

पोखरा, २३ साउन । मनिपाल शिक्षण अस्पतालमा पछिल्ला वर्षमा महिनैपिच्छे विवाद सिर्जना हुन थालेको छ । जसको असर कलेजमा डाक्टरी पढ्ने विद्यार्थीलाई परेकै छ, सँगसँगै बिरामीले पनि निकै सास्ती भोग्दै आएका छन् । सामान्य समस्या उत्पन्न हुने वित्तिकै अस्पतालमा हड्तालकै अवस्था आईपर्छ । भारतीय लगानीमा निर्माण भएको मनिपाल अस्पतालमा भारत र नेपालका कर्मचारीहरु काम गर्छन् । कलेजमा पनि नेपाल सहित भारत, बंगलादेश, श्रीलंका लगायतका देशबाट… पुरा पढौ

लेखनाथ जेसीजले सप्ताहन्त कार्यक्रम गर्ने

लेखनाथ, २३ साउन। लेखनाथ जेसीजले विगतका वर्ष झै यस वर्ष पनि जेसीज सप्ताहन्त कार्यक्रम गर्ने भएको छ। 'परिवर्तनका लागि युवा’ भन्ने प्रकरणका साथ साउन २४ देखि २६ गतेसम्म जेसीज सप्ताहन्त गर्ने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकाससँगै समाजमा सक्रिय नागरिकहरुको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि लेखनाथ जेसीजले आफ्ना सदस्यको… पुरा पढौ

सिद्धेश्वरमा शिव महापुराण शुरु

पोखरा, २३ साउन। पोखरा-१५, ढुङ्गोसाँघुस्थित सिद्धेश्वर शिव मन्दिरमा शिव महापुराण ज्ञानयज्ञ २०७५ शुरु भएको छ। सिद्धेश्वर भजन मण्डल तथा संरक्षण समितिद्वारा आयोजित महायज्ञको प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले बुधवार एक समारोहबीच उद्घाटन गरे। मन्दिरका संरक्षक एवम् ज्ञानयज्ञका प्रमुख कमलनयन गौतमले हिन्दू संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै साउन महिना शिवको महिमा भएकाले वाषिर्क अनुष्ठानको रुपमा ज्ञान यज्ञ सञ्चालन हुँदै आएको बताए। कार्यक्रममा… पुरा पढौ

महानगरको निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २३ साउन । पोखरा महानगरपालिका कार्यालयमा बुधबार निःशुल्क स्वास्थ्य शिविर भएको छ। महानगरको  स्वास्थ्य महाशाखाको आयोजनामा भएको शिविरमा महानगरका कर्मचारी, जनप्रतिनिधि र महानगरमा आउने सेवाग्राहीलाई लक्ष्य गरेर स्वास्थ्य शिविर गरिएको महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए। शिविरमा ३ सय ७३ जनाले रक्तचाप, मधुमेहको परीक्षण गरेको गर्नुका साथै ८५ जनालाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो। कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई नियमित… पुरा पढौ

पोखरामा विश्व आदिवासी दिवस मनाइने

पोखरा, २२ साउन। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीले पोखरामा विश्व आदिवासी दिवस मनाउने भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। सो दिवसमा अवसरमा साउन २४ गते पोखरामा र्‍याली र सभा गरिने छ। पोखरा सभागृहबाट भेषभूषा, झाँकी र सांस्कृतिक कार्यक्रम सहित शुरु हुने र्‍याली पोखरा महानगरपालिका वडा… पुरा पढौ

शैक्षिक गुणस्तरबारे शिवालयमा अन्तक्रिर्या

पोखरा, २२ साउन । रुपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच अन्तक्रिर्या भएको छ। आधारभूत र माध्यमिक तहका छुट्टाछुट्टै दुर्इ चरणमा भएको अन्तर्क्रियामा विद्यालयको शैक्षिक गुणस्तर उकास्न आवश्यक पहलबारे छलफल भएको थियो। विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयलाई शैक्षिक उन्नति र प्रतिभा प्रस्फुटनको केन्द्रका रुपमा विकास गर्न विद्यालय प्रशासन लागिपरेको बताए। विद्यालय भनेको किताब पढाउने थलो मात्र नभएको भन्दै… पुरा पढौ

रेष्टुरेन्टको टिप्स सहारालाई

पोखरा, २२ साउन। मुग्लान रेष्टुरेन्ट एण्ड बार, सभागृहको टिप्स बक्समा संकलित रकम सहारा एकेडेमीलाई प्रदान गरिएको छ । रेष्टुरेन्ट आउने ग्राहकले सेवाबाट खुशी हुँदै भ्याट र अतिरिक्त कर बाहेक टिप्स बक्समा खसालेको रकम सहारा एकेडेमीलाई प्रदान गरिएको मुग्लानका संचालक राजमान थकालीले बताए। छ महिनादेखि शुरु रेष्टुरेन्टको टिप्स बक्समा ५ हजार जम्मा भएको र सो रकम एकेडेमीलाई हस्तान्तरण गरिएको उनले बताए । सो… पुरा पढौ

सामाजिक परिचालक आन्दोलित

पोखरा, २१ साउन। गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालक आन्दोलित भएका छन्। उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ। तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन्। पोखरामा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले तीनबुँदे माग अघि सारे। नेपाल सकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गर्राई तत्काललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एकपटक… पुरा पढौ

केदारेश्वरमा भक्तजनको घुइँचो

पोखरा, २१ साउन । केदारेश्वर मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । शिवलिङ्गमा पवित्र जल, दूध चढाउँदै भगवान् शिवको पूजा आराधना गर्न साउने सोमबार भक्तजनको घुइँचो लाग्ने गरेको हो । विगत १५ वर्षेखि निरन्तर चल्दैआएको बोलबम जलयात्रामा पनि भक्तजनको भीड बाक्लो छ । गाउँ गाउँबाट भक्तजन बोलबम जलयात्रामा सहभागी हुँदै केदारेश्वर मन्दिर दर्शनार्थ आउने गरेको बोलबम संयोजक शंकर खरालले बताए । साउनको तेस्रो सोमबार मन्दिर… पुरा पढौ