पोखरा र सेरोफेरो

जगन्नाथ सिग्देल हिमदूत पत्रकारिता पुरस्कारबाट नेपाली पुरस्कृत

पोखरा, २१ फागुन। स्वर्गीय जगन्नाथ सिग्देल हिमदूत पत्रकारिता पुरस्कारबाट पत्रकार प्रेम नेपाली पुरस्कृत भएका छन् । पोखराका पहिलो पत्रकार जगन्नाथ सिग्देलको ८० औं जन्मजयन्तीमा पोखरामा शनिबार आयोजित समारोहमा प्रमुत्तीर्ण जिल्ला अधिकारी हरिप्रसाद मैनालीले पत्रकार नेपालीलाई पुरस्कृत गर्दै ११ हजार एक सय ११ रुपैयाँसाथमा सम्मानपत्र हस्तान्तरण गरे । प्रजिअ मैनालीले जिम्मेवारपूर्ण पत्रकारिताका लागि आमपत्रकार सचेत हुनुपर्ने बताए । सामाजिक रुपान्तरणको अभियानमा पत्रकारिताको माध्यमबाट योगदान गर्न… पुरा पढौ

पोखरामा बढ्दै वर्डफ्लू

पोखरा, २१ फागुन। पोखरामा एक सातामै पुनः वर्डफ्लू देखिएको छ । पोखरा १८ खाल्टेमसिनाको शुभकामना टोलमा वर्डफ्लू देखिएको हो । स्थानीय दीपेन्द्र केसीले पालेको कुखुरामा एचफाइभएनवन जीवाणु पोजिटिभ पाइएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । अघिल्लो साता मसिनाटोलकी मीना परियारको घरमा वर्डफ्लू देखिएपछि निरन्तर सर्भेका क्रममा शंका लागेर परीक्षणका लागि पठाएकोमा पशु सेवा विभागले शुक्रबार वर्डफ्लूको घोषणा गरेको थियो । ‘पहिले देखिएको… पुरा पढौ

विवाहको डेढ महिनामै १२ तोला सुन चोरी

पोखरा, २१ फागुन।विवाहको डेढ महिनामै एक दम्पत्तिको ठूलो परिणाममा सुनका गरगहना चोरी भएको छ । पोखराको मासबासस्थित कृष्णप्रसाद पौडेलको घरमा गत महिनादेखि फ्ल्याटमा बस्दैआएको दम्पत्ति कृष्ण र नारायणी बरालको १२ तोला सुन, पाँच तोला चाँदी र नगद एक लात्तीर्ण रुपैयाँ चोरी भएको हो । घरको तल्लो तलाको फ्ल्याटमा बस्दैआएको सो दम्पत्ति शुक्रबार दिउँसो साढे १२ बजे ढोका बन्द गरेर बाहिर गएको बेला… पुरा पढौ

‘एक व्यक्ति एक पेसा नीति तत्काल कार्यान्वयन नगर’

पोखरा, २१ फागुन। नेपाल अडिर्टस एशोसिएसन (अडान) ले २०७४ साउनबाट लागू गर्न लागेको ‘एक व्यक्ति, एक पेसा’ नीति तत्काल कार्यान्वयन नगर्न भनेको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) ले लागू गर्न लागेको उक्त नीति पर्याप्त जनशक्ति अभावमा स्थानीय तहमा संस्थागत सुशासनमा समस्या देखिने र अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने अवस्था रहेकोले नीतिलाई २०८० सम्मका लागि पर सार्न माग गरेको छ ।… पुरा पढौ

वेस्ट पोइन्टको चौथो अभिभावक तथा पुरस्कार वितरण

पोखरा, २१ फागुन। वेस्ट पोइन्ट चिल्डे्रन एकेडेमी, बिरौटाको चौथो अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार भएको छ । उक्त अवसरमा उत्कृष्ट शिक्षकबाट सविता जैसीलाई सम्मान तथा विद्यालयमै सवोर्त्कृष्ट अंक ल्याउने विद्यार्थी प्रकृति अधिकारी (कक्षा ७) लाई पुरस्कृत गरियो । त्यस्तै, उत्कृष्ट अनुशासित विद्यार्थी प्रशंसा क्षेत्री, सरसफाइमा उत्कृष्ट अनिसा गुरुङ, उत्कृष्ट रातो सदन पुरस्कृत भए । यसैगरी, शिक्षक प्रकाश पंगेनी, कविता पौडेल, कमलादेवी… पुरा पढौ

ट्रेड युनियन काँग्रेसको स्थापना दिवस

पोखरा, २१ फागुन। नेपाल ट्रेड युनियन काँग्रेसको ७१ औ स्थापना दिवस एवं १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा पोखरामा शनिबार अन्तर्त्रिmया गरिएको छ। नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रममा काँग्रेसका नेता र ट्रेड युनियनसँग आवद्व संस्थाका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा सांसद शारदा पौडेलले ट्रेड युनियनका लागि आवश्यक कानुन बनाउन सरकारसँग लविङ गर्ने बताइन्। उनले काँग्रेसले सबै जात, भाषा,… पुरा पढौ

गणतान्त्रिक टोलमा समाजघर शिलान्यास

पोखरा, २१ फागुन। पोखरा ९ स्थित गणतान्त्रिक टोलमा गणतान्त्रिक समाजघर शिलान्यास गरिएको छ। कार्यक्रममा वडा नागरिक मञ्च पोखरा ९ की संयोजक सरु श्रेष्ठले समाजघर शिलान्यास गर्दै विकासबाट नै समाजलाई सवृद्धतर्फ उन्मुत्तीर्ण गराउन सकिने बताइन्।  उनले समाजघर निर्माणको लागि व्यक्तिगत ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिन्।कार्यक्रममा नेकपा एमाले वडा कमिटी ९ का अध्यक्ष प्रकाश शर्माले सुकुम्बासीका… पुरा पढौ

रेडक्रसद्वारा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २१ फागुन। पोत्तीर्णरा-३, नदीपुरस्थित कन्या क्याम्पसमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी पोत्तीर्णरा २/३ उपशाखाद्वारा पाँचौ स्वास्थ्य दिवस अवसरमा आयोजित शिविरमा एक सय १८ जनाले स्वास्थ्य परीक्षण गरेको उपशाखा २/३ का अध्यक्ष त्तीर्णगेन्द्र पराजुलीले बताए। शिविरमा पाठेघरको क्यान्सर तथा मुटु, पेट र छातीसम्बन्धी रोगको परीक्षण गरिएको थियो। पोत्तीर्णरा वडा नं ३, जिल्ला जनस्वास्थ्य कार्यालय र… पुरा पढौ

अनेमसंघद्वारा निःशुल्क परीक्षण

पोत्तीर्णरा, २१ फागुन। अखिल नेपाल महिला संघ कास्कीले शनिबार मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण गरेको छ । कार्यक्रममा तीन सय ४२ जनाको निःशुल्क परीक्षण गरिएको हो । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि-युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा वरिष्ठ फिजिसियन डा तारा कोइरालाले मधुमेह विभिन्न रोगको मूल कारक भएकाले त्यसबाट बेलैमा जोगिन र लागिसकेको भए सन्तुलनमा राख्न अपनाउनुपर्ने सावधानीका उपायबारे प्रकाश पारेका थिए । उनले… पुरा पढौ

हराएको कार्ड क्रान्तिकारी बस्ने घरमा

पोखरा, १९ फागुन । पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र (आइडी कार्ड) भेटिएको छ । प्रहरीले बिहीबार राति पोखरा ११, तुल्सीमार्गस्थित एक घरमा एक सय ५९ कार्ड नियन्त्रणमा लिएको हो । मतदानको सँघारमै फागुन १४ गते राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालयबाट कार्ड चोरी भएको पाइएपछि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले निर्धारित स्ववियु चुनाव नै स्थगन गर्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेको थियो । कार्ड… पुरा पढौ