पोखरा र सेरोफेरो

नेपाल संवत ११३८ को अवसरमा भिन्तुना र्‍याली

पोखरा, ५ कात्तिक। नेपालीहरुको मौलिक संवत् नेपाल संवत ११३८ को अवसरमा पोखरामा शुक्रबार भिन्तुना र्‍याली निकालियो। नेवा खलः कास्कीको अग्रसरतामा पोखरामा बृहत भिन्तुना र्‍याली गरिएको हो। नेपालीहरुको महान पर्व दिपावली अन्तगतको नेवारी समुदायमा प्रचलित म्ह पुजाको दिन बाट नयाँ बर्ष प्राराम्भ हुने हुँदा उक्त दिन हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा भिन्तुना र्‍याली निकालिएको हो। सो अवसरमा नेवार जाति मात्र… पुरा पढौ

लेखनाथ पत्रकार मञ्चमा बराल

लेखनाथ, ५ कात्तिक। लेखनाथ पत्रकार मञ्चको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन आगामी तीन वषै कार्यकालको लागि पुनः भीमपाणि बरालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। मञ्चको उपाध्यक्षमा कविराज खनाल, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्ष सन्दीप पौडेल, सहसचिवमा स्मीता अधिकारी चयन भएका छन्। यसैगरी, सदस्यमा राजन परियार, महेन्द्र ढु·ाना, सरिता पंगेनी तिमिल्सिना, रामशरण नेपाली, सुमन जिसी र सचिन रानाभाट चयन भएका… पुरा पढौ

पर्यटकका निधारमा सप्तरंगी टिका

पोखरा, ४ कात्तिक। तिहारको अन्तिम दिन पश्चिमाञ्चल होटल संघ पोखराले शनिवार आयोजना गरेको ११ औं भाइटिका महोत्सवमा १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका छन्। भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहोर्‍याएर समेत टिका लगाउन पोखरा आउन थालेका छन्। पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो पटक महोत्सव आयोजना गरिएको थियो। संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना… पुरा पढौ

विषादी न्यूनिकरणमा ध्यान देऊ

हेमजा ५, कात्तिक। विषादी न्युनिकरणमा उचित ध्यान दिनुपर्ने आइतवार सम्पन्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। जागरण अभियान नेपालको आयोजनामा हेमजामा भएको कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन्। कार्यक्रममा बोल्दै प्राध्यापक डा धनपति न्यौपानेले किसानले उचित रुपमा विषादी न्युनिकरणमा ध्यान नदिएकाले त्यसले पर्यावरणमा ठुलो असर पारेको बताए। प्रा डा न्यौपानेले रासायनिक मललाई रासायनिक बिष्फोटक पदार्थसँग तुलना गर्दै त्यसले ढिलो… पुरा पढौ

भाइटीकामा पनि सफाइ अभियान

पोखरा, ५ कात्तिक। पोखरामा जारी बृहत् सफाइ अभियान भाइटीकाको दिनमासमेत सम्पन्न भएको छ। १६ औं महिनामा प्रवेश गरेको सफाइ अभियान मुसलेधारे वर्षा, बन्द हड्ताल र चार्डपर्वमा पनि रोकिएन। हप्तामा एकघण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ सञ्चालित ७३ औं हप्ताको अभियान वडा न. ११, फूलबारीस्थित रामेश्वर मन्दिरमा भएको हो।  सिद्धिबक्स गण फूलबारी व्यारेकका सहायक सेनानी तीर्थ बस्नेतले राष्ट्रिय गान बजाएर… पुरा पढौ

‘तिहारको खेल, मज्जाको खेल’ मा ३३ हजार जिते

पोखरा, ५ कात्तिक। तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन गरेको रेडियो गेम शो 'तिहारको खेल मज्जाको खेल’ मा दर्जन स्रोताहरुले सहभागिता जनाउँदै नगद जितेका छन्। कुकुर तिहार, लक्ष्मीपूजा र गोर्बर्द्धनपूजाको दिन खेलाइएको सो खेलमा उनीहरुले एक रुपैंयादेखि १२ हजार रुपैंयासम्म जित्न सफल भएका हुन्। १२ जनाले कूल ३३ हजार चार सय ७१ जितेका छन्। वर्षेनी आयोजना गर्दै… पुरा पढौ

२१ जुवाडेबाट झण्डै १८ लाख बरामद

पोखरा, ५ कात्तिक। पोखरामा तिहारमा तास खेलिरहेका अवस्थामा २१ जना प्रहरी फन्दामा परेका छन्। तीन खालबाट प्रहरीले झण्डै १८ लाख रुपैंया बरामद गरेको कास्की प्रहरीले सार्वजनिक गरेको छ। कास्की प्रहरीले पोखराका विभिन्न ठाउँमा जुवा तास खेल्दै गरेका चार महिला सहित २१ जनालाई पक्राउ गरी १७ लाख ८६ हजार सात सय ५५ बरामद गरेको जानकारी दिएको हो। प्रहरीले पोखरा लेखनाथ महानगरपालिका… पुरा पढौ

लेउवा संघ विजयी टिमको स्वागत

लेखनाथ, ३१ असोज । लेखनाथ उद्योग वाणिज्य संघको ११ औं महाधिवेशनबाट नव निवार्चित पदाधिकारी तथा सदस्यलाई बूढीबजार बजार व्यवस्थापन समितिले मंगलबार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विजयी टिमलाई व्यवसायीका समस्याबारे जानकारी गराउँदै आगामी दिनमा साना व्यवसायीको हकहितका सवालमा काम गर्न व्यवसायीले सुझाव दिए। समितिका अध्यक्ष अशोकप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कृष्णहरि भण्डारीले व्यवसायीको व्यापार प्रवर्द्धनका लागि… पुरा पढौ

सृजना विकास केन्द्रको साधारणसभामा सम्मान

पोखरा, ३१ असोज। सृजना विकास केन्द्रले संस्थाको ४० औं साधारणसभा अवसरमा कर्मचारीलाई सम्मान गरेको छ । केन्द्रीय कार्यालय सिमलचौर र शाखा कार्यालयमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने सवोर्त्कृष्ट कर्मचारी केशवप्रसाद ढकाल, प्रतिमा गुरुङ र आरती रानालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो । यस्तै, केन्द्रको विभिन्न शाखामा पाँच वर्षभन्दा बढी कार्यरत २० जना कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित गरियो । प्रमरख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर… पुरा पढौ

पोखरामा ट्राफिक लाइटको लागि देउसी भैलो

पोखरा, ३१ असोज । पोखरामा बढ्दो ट्राफिक समस्या कम गर्न तिहार अवसरमा युवा देउसी भैलो खेल्दैछन् । युवा सञ्जाल नेपाल र फेसबुक समूह 'वी आर वान’ को संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । देउसीभैलो खेलेर संकलित सम्पूर्ण रकम उनीहरुले पोखराको ट्राफिक लाइट राख्नका लागि प्रदान गर्ने जनाएका छन् । यसमा स्थानीय प्रशासनको सहमति पनि लिइसकेका छन् । वनभोज, भ्रमणका लागि खेलिने देउसीभैलोमा साथ… पुरा पढौ