विविध

मुस्ताङमा नारी दिवस

मुस्ताङ, २६ फागुन। ८ मार्चमा वर्षेनि मनाइने अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस हिमालपारिको जिल्ला मुस्ताङको कोवाङ गाविसमा पनि मनाइएको छ। महिला तथा बालबालिका कार्यालय जोमसोमको संयोजन तथा महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा महिला, हक, अधिकार सुनिश्चितताको विषयमा सहभागीले आफ्ना विचार राखेका थिए। निमित्त महिला विकास अधिकृत सुशीला तिमिल्सिनाले कार्यक्रमको औचित्यबारे प्रकाश पारेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि मुस्ताङका प्रमुख जिल्ला… पुरा पढौ

वेगनासतालमा निःशुल्क स्वास्थ्य शिविर

लेखनाथ, २६ फागुन। कास्कीको लेखनाथ नगरपालिका वडा नंं. ११, वेगनासतालमा रहेको वेगनास युवा क्लबको आयोजना तथा लेखनाथ सिटी पोलिक्लिनिकको प्राविधिक सहयोगमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।   रोग लाग्नुभन्दा पहिले नै रोग निवारणका उपायवारे जानकारी दिने उद्देश्यले राखिएको शिविरमा एक सय बढीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा थाइराइट, मधुमेह, हाडजोर्र्नी नशा, आँखा, फोक्सो, पेट, छाती, मुटु र मृगौलालगायतका… पुरा पढौ

जनकल्याण युवा क्लबको ११ औँ वाषिर्कोत्सव

गल्याङ, २५ फागुन। स्याङ्जाको तीनदोबाटे गाविस वडा नं ६, चिउरी स्थित जनकल्याण युवा क्लवको ११ औँ वाषिर्कोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद मुक्तिप्रसाद पाठकले युवाका लागि खेलका माध्यमबाट शारीरिक तथा मानसिक विकास जरुरी भएको बताए। उनले युवालाई रचनात्मक कार्यमा सरिक बनाउने अभियान आवश्यक भएको बताए। कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोजगका सदस्य ढाकाराम… पुरा पढौ

आन्द्रा बाहिरै रहेको शिशुको जन्म

दाङ, २५ फागुन। तुलसीपुरमा आन्द्रा बाहिरै रहेको एउटा नवजात शिशुको जन्म भएको छ। राप्ती अञ्चल अस्पतालम सोमवार राति १२.३० बजे आन्द्राभुँडी बाहिरै रहेको बच्ची जन्मिएको अस्पतालले जनाएको छ। तुलसीपुर-१८, क्वाङ्गी निवासी दम्पति उर्मिला चौधरी र सोगतवीर चौधरीको पहिलो सन्तान ती नवजात शिशुको जन्मदा नै आन्द्राभुँडी बाहिरै रहेको अवस्थामा जन्म भएको अस्पतालले जानकारी दिएको छ। आन्द्राभुँडी बाहिरै रहेको अवस्थामा जन्मिएकी ती… पुरा पढौ

टीका रोमा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्व सम्मानित

गल्याङ, २५ फागुन। स्याङ्जाको थुमपोखरा-६, बायाँटारी, झोलुङ्गे बजारको टीका रोमा कोइराला प्रतिष्ठान स्याङ्जा थुमपोखरा थानापाटाको दोस्रो स्मृति दिवस सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सासद् मुक्तिप्रसाद पाठकलले स्मृति कोष निमार्णगरी समाजसेवाको बाटो अंगालेर प्रसंसनीय काम गरेको बताए। कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा समिति आयोगका सदस्य ढाकाराम अर्याल, युवा संघ नेपाल स्याङ्जा क्षेत्र नम्बर तीनका अध्यक्ष किसान श्रेष्ठ, थुमपोखरा… पुरा पढौ

‘समुन्नतिका लागि आत्यात्मिक ज्ञान जरुरी’

पोखरा, २५ फागुन। ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय मालेपाटनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं ८० औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा विश्व परिवर्तनमा नारीको भूमिकाबारे छलफल भएको छ। कार्यक्रमको उद्घाटन गर्दै स्टेप बाइ स्टेपका प्राचार्य निर्मला बरालले विश्व परिवर्तन महिलाको दिव्य ज्ञानबाट मात्र सम्भव हुने उल्लेख गरे। महिला संसारको सृष्टिकर्ता भएकाले पनि समाजलाइ समुन्नत बनाउन महिला आध्यात्मिक रुपमा जाग्न जरुरी रहेको उनको भनाइ… पुरा पढौ

‘अवसर पाए महिलाले पनि देश हाक्छन्’

पोखरा, २५ फागुन। अवसर पाएमा महिलाले पनि मुलुकको नेतृत्व लिन सक्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले महिलाले पनि नेतृत्व लिनसक्ने गतिलो उदाहरण अहिले मुलुकमा देखिएको बताए। अखिल नेपाल महिला संघ (क्रान्तिकारी), कास्की र अखिल नेपाल टे्रड युनियन महासंघ, महिला समिति, कास्कीले आयोजना गरेको 'नयाँ संविधानमा महिला सहभागिता र… पुरा पढौ

न्याय जनताको अन्तिम सेवा : प्रधानन्याधीश

बागलुङ, २४ फागुन। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जनताको अन्तिम सेवा न्याय भएकाले सोही अनुसार लाग्न निर्देशन दिएका छन्। जिल्ला अदालत बागलुङको भवन शिलान्यास गर्दै श्रेष्ठले जनतालाई बलियो बनाएमात्र मुलुक बलियो हुने विचार राखे। जनतालाई न्यायबाट बञ्चित गराउन नहुने उनको भनाइ थियो। श्रेष्ठले प्रयाप्त पूर्वाधार नहुँदा जनतालाई सेवा दिन नसकिने भएकाले पूर्वाधार निर्माणतर्फ आफूले ध्यान दिएको बताए। नेपालका प्रायः अदालत आफ्नै भवनबाट… पुरा पढौ

अर्ना र बाह्रसिङ्गे ल्याउन अध्ययन

चितवन, २४ फागुन। चितवन राष्ट्रिय निकुञ्ज अर्ना र बाह्रसिङ्गेको बासस्थानका लागि उपयुक्त थलो हुन सक्ने भन्दै ती जनावर ल्याउन अध्ययन र तयारी सुरु गरिएको छ। हाल कोसी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गे छन्। चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावर राख्न उपयुक्त हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए। कोसीटप्पु वन्यजन्तु… पुरा पढौ

झुसिलकिराको प्रकोपले भेडाबाख्रा मरे

बाबियाचौर (म्याग्दी), २४ फागुन। म्याग्दीको राहुघाट क्षेत्रमा झुसिलकिराको प्रकोप फैलिएको छ। एक महिनादेखि फैलिएको झुसिलकिराका कारण पशुचौपाया र मानिस प्रभावित भएका छन्। जङ्गलमा चरनका लागि गएका भेडाबाख्राले घाँससँगै झुसिलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताइन्। उनका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटाभन्दा बढी भेडाबाख्रा मरिसकेका छन्। घाँससँगै झुसिलकिरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र ढाडिएर भेडाबाख्रा मर्ने… पुरा पढौ