विविध

प्रजनन महिलाको नैसर्गिक अधिकार : पौडेल

पोखरा, ३० फागुन। सांसद शारदा पौडेलले प्रजननसम्बन्धी अधिकार महिलाहरुको नैसर्गिक अधिकार भएको बताएकी छन्। पोखरा कोमागाने मातृशिशु मितेरी अस्पतालको सहयोगमा हात्तीढुङ्गापथ नागरिक सचेतना केन्द्र र टोल विकास संस्थाले आयोजना गरेको मातृशिशु स्वास्थ्य शिक्षासम्बन्धी सचेतना कार्यक्रमको उद्घाटन गर्दै पौडेलले यस्तो बताएकी हुन्। प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकारलाई पूर्ण रुपमा पालना गर्न उनले आग्रह गरिन्। सन्तान जन्माउने अधिकार महिलाको भएको बताउँदै पौडेलले कति समय… पुरा पढौ

नेल्टामा रावलको नेतृत्व

पोखरा, २९ फागुन। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को अध्यक्षमा बाजुराका जनकबहादुर रावल चयन भएका छन्। शनिवार भएको महाधिवेशनबाट रावलको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। संघको वरिष्ठ उपाध्यक्षमा लोकबहादुर शाही, महासचिवमा कास्कीका सुरेशकुमार श्रेष्ठ, सचिवमा शिवराज अर्याल, कोषाध्यक्षमा संगीता नेपाल चयन भए। यस्तै, उपाध्यक्षतर्फखुल्लामा पुष्कर नेपाल, आदिवासी जनजातिमा गोरखबहादुर तामाङ, पिछडा वर्गमा दिपेन्द्र परियार र… पुरा पढौ

दाताले बनाइदिए विद्यालय भवन

लेखनाथ, २९ फागुन। लेखनाथ-८, मोहरियामा पोखराका समाजसेवी सनतकुमार र श्रीमती दुर्गा श्रेष्ठले १२ कोठे विद्यालय भवन बनाइदिएका छन्।   श्रेष्ठ दम्पतिको सहयोगमा एक करोड ५१ लाख रूपैयाँको लागतमा लेखनाथको नवज्योति निमाविको दुर्इ तले १२ कोठे भवन निर्माण भएको हो। विद्यालय भवन बनाइदिएका श्रेष्ठ दम्पतीको नाम विद्यालयमा जोडिएको छ। ठूलो सहयोग गरेर विद्यालय भवन निर्माण गरिदिएपछि शिक्षा मन्त्रालयले नवज्योति निमाविलाई नवज्योति… पुरा पढौ

ढिकुरपोखरीको शिविरमा दुर्इ सय ७५ को स्वास्थ्य परीक्षण

पोखरा, २९ फागुन। पोखरा भाँडा व्यवसायी संघ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले संयुक्तरुपमा शनिवार कास्कीको ढिकुरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ।   पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा दुर्इ सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएको पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष कुश कार्कीले जानकारी दिए। स्वास्थ्य परिक्षणपछि विरामीलाई झण्डै ७५ हजार मूल्य बराबरको औषधी वितरण गरिएको… पुरा पढौ

काफ्ले समाज कास्कीमा हिमलाल

पोखरा, २९ फागुन। काफ्ले समाज कास्कीको शनिबार ११ औं साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनले हिमलाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। १५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा श्रीधर काफ्ले र लोकप्रसाद काफ्ले, सचिवमा सिर्द्धार्थ काफ्ले, सहसचिवमा लक्ष्मण काफ्ले र कोषाध्यक्षमा वीरेन्द्र काफ्ले छन्। त्यस्तै, समितिका सदस्यहरूमा कृष्णप्रसाद काफ्ले, गोविन्द काफ्ले, बबिता काफ्ले, माया काफ्ले, देविकृष्ण काफ्ले, केशव काफ्ले, रीता काफ्ले… पुरा पढौ

केदारनाथमा महायज्ञको तयारी

गल्याङ, २७ फागुन। स्याङ्जाको पेलाकोट गाविस वडा नं ७, चोक स्थित केदारनाथ मन्दिरमा  श्रीमदभागवत् ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। केदारनाथ मन्दिर तथा धार्मिक पर्यटन विकास समिति एवं महायज्ञ सम्पादन समितिले पेलाकोट-७, चोकमा रहेको केदारनाथ मन्दिरमा गर्न लागिएको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले ४२ उपसमितिले आफ्नो जिम्मेवारी अनुसार काम… पुरा पढौ

झोवाङको शिव मन्दिर जिर्णाेद्वार

हेमजा, २७ फागुन। महाशिवरात्रीको अवसरमा कास्कीको सल्यान-९, झोवाङ स्थित शिवमन्दिरको जिर्णाेद्वार एवम् सम्मान कार्यक्रम भएको छ। स्थानीय नवजागृत आमा समूहले पुनर्निर्माण गरेको मन्दिरको समाजसेवी टंकप्रसाद पौडेलले एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरे। मन्दिर पुननिर्माणका लागि समाजसेवी जीवनाथ पौडेलले छ लाख सहयोग गरेका छन्। कार्यक्रममा सहयोगदाता जीवनाथ पौडेललाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको छ भने जग्गादाता कष्णकुमारी पौडेल, देवीप्रसाद पौडेल, विदुरकुमार… पुरा पढौ

‘एसिया ट्राइ २०१६’ सुरु

पोखरा, २६ फागुन। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय महाअभियान 'एसिया ट्राइ २०१६’ पोखरामा बुधबार शुभारम्भ गरिएको छ।   अर्थपूर्ण समावेशीकरणः सबै क्षमताका व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने नाराका साथ महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिवको संयोजकत्वमा सरोकारवाला निकायको सहभागितामा मूल आयोजक समिति गठन गरी अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र, काठमाडौंले अभियान सुरु गरेको हो। अभियान काठमाण्डौं… पुरा पढौ

सार्क बैठकबाट पोखराको प्रवर्द्धन हुने अपेक्षा

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को परराष्ट्रमन्त्री स्तरीय ३७ औं बैठक चैत १ गतेदेखि पोखरामा हुँदै छ। यसका लागि सरोकारवाला निकायहरू तयारीमा जुटिरहेका छन्। चार दिनसम्म चल्ने बैठक सार्कको मिनी शिखर सम्मेलनको रुपमा समेत परिचित छ। बैठक बिरौटा स्थित पोखरा ग्राण्ड होटलमा हुने क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ। बैठकको तयारी अन्तिम चरणमा पुगेको क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले जानकारी… पुरा पढौ

महोत्सवको नाफाबाट सिसी क्यामरा र सोलार बत्ति

खैरेनीटार, २६ फागुन। 'आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, खैरेनीटार महोत्सव कला, सीय र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ यही चैत २८ गतेदेखि वैशाख ९ गतेसम्म हुने आठौं खैरेनीटार महोत्सवको तयारी भइरहेको छ। बुधवार विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र महोत्सवका निर्ण्ाायक समितिबीच अन्तक्रिर्या आयोजना गरिएको छ। महोत्सवबाट हुने केही नाफाबाट बजार क्षेत्रमा सिसि क्यामेरा र सोलार… पुरा पढौ