विविध

पोखरेलीमा खुसी

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि विमानस्थल निर्माणका लागि लामो प्रतीक्षा र संघर्ष गरेका पोखरेलीमा खुसीयाली छाएको छ। बहुप्रतीक्षित विमानस्थल बन्ने पक्का भएपछि पोखराका विभिन्न संघ, संस्थाले ऋण सम्झौताको स्वागत गरेका हुन्। संसद भवन ग्रेट हल अफ पिपुलमा चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधि मण्डलबीच वार्तापछि भएकोपोखरा विमानस्थल निर्माण… पुरा पढौ

चार हजार लिटर घरेलु मदिरा नियन्त्रणमा

चितवन, ८ चैत। जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो मात्रामा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालय भरतपुरमा दाखिला गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न ठाउँबाट चार हजार छ सय लिटर घरेलु मदिरा, एक हजार आठ सय ४० किलो घरेलु मदिरा निर्माण गर्ने कच्चा पदार्थ, एक सय छ थान भाडावर्तनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। मदिरा ओसारपसार गर्ने… पुरा पढौ

ह्यारीको स्वागतमा आतुर पोखरा

पोखरा, ७ चैत। पोखरा लाहुरेहरूको सहर। लाहुरे इतिहासको लामो कालखण्ड पार गरेको पोखराले अहिले पनि लाहुरेहरू जन्माइरहेका छ। भारत बेलायतलगायतका देशसँग गोर्खा सैनिकको सम्बन्ध जोडेको पोखराले दुर्इ यस वर्ष पूरा गरिसकेको छ। इमान्दार र साहसी सेनाका रूपमा नाम कमाएको गोर्खा सैनिकको सहर पोखराले मङ्गलबार अर्को अवसर प्राप्त गर्दैछ। बेलायती सेनामा सेवा गरेकाहरूको सहर पोखराले बेलायती राजकुमार हेनरी चार्ल्स अर्ल्बर्ट डेभिड… पुरा पढौ

‘कोइराला सङ्कट समाधान गर्ने नेता’

पोखरा, ७ चैत। स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई सङ्कट समाधान गर्न सक्ने नेताकारूपमा सम्झना गरिएको छ। नेपाल प्रेस युनियन कास्कीले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसमा गरेको प्रवचन कार्यक्रमका सहभागीले हरेक समस्याको समाधान सहजै गर्न सक्ने क्षमतावान नेताकोरूपमा कोइरालाको सम्झना गरेका हुन्। कार्यक्रममा सांसद शारदा पौडेलले कोइरालालाई दुरदर्शी नेताको रुपमा चर्चा गरिन्। 'उहाँ जस्तो दुरदर्शी नेता पाउन अब गाह्रो छ’-उनले भनिन्-'पार्टीा मात्रै… पुरा पढौ

पर्यटन प्रवर्द्धनमा सघाउन आग्रह

पोखरा, ७ चैत। पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनका गतिविधिमा सघाउन पर्यटन बोर्डका पदाधिकारीसँग आग्रह गरेका छन्। पर्यटन बोर्ड पोखरा क्षेत्रीय कार्यालयमा आएका नयाँ अधिकृतसँगको अन्तक्रिर्यामा व्यवसायीले बोर्डको भूमिका सशक्त पार्न आग्रह गरेका हुन्। बोर्ड क्षेत्रीय प्रमुखको रुपमा आएका उदय भट्टराइ र अर्का अधिकृत सूर्य थपलियाको स्वागतमा आइतबार गरिएको छलफलमा आयोजक पोखरा पर्यटन परिषद्का पदाधिकारीले बोर्ड निजी व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिए। परिषद्को… पुरा पढौ

मिस नेवा पोखराको ताज जोशीलाई

पोखरा, ७ चैत। पोखरा मोहोरियाटोलका एलिशा जोशीले छैटौँ मिस नेवाः पोखरा नेपाल संवत ११३६ को ताज पहेरिएकी छन्। शनिबार भएको प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई उछिन्दै जोशीले मिस नेवा पोखराको ताज पहिरिएकी हुन्। विजेता जोशीले ४० हजार नगदको साथमा स्वराज गहना मोहोरियाटोलको सौजन्यमा १८ तोलाको चाँदीको ताजसहित बिभिन्न गिफ्ट हृयाम्पर प्राप्त गरिन्। उनले मिस ट्यालेण्टको टाइटलसमेत जितिन्। यसैगरी, फस्ट रनरअप सुबी… पुरा पढौ

फागुपूणिर्मा मेलाको तयारी पूरा

पोखरा, ७ चैत। स्याङ्जा जिल्ला टक्सार-१, प्युरी दोभानमा हुने पाँचौं ऐतिहासिक फागुपूणिर्मा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्याङ्जा, तनहुँ र कास्कीको संगमस्थल प्युरीदोभानमा हुने मेला स्थानीय श्री ब्राइट फ्युचर युथ क्लबले चैतको नौं गतेदेखि ११ गतेसम्म गर्न लागेको हो। मेलाको सम्पूर्ण तयारी पूरा भएको क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। मेलास्थलमा अस्थायी शौचालयको निर्माण, खानेपानीको प्रबन्ध, सुरक्षाकर्मी,… पुरा पढौ

सार्क सम्मेलनको मिति तोकियो

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं सम्मेलन यसैवर्षको नोभेम्बर ८, ९ र १० तारिखमा हुने भएको छ। सम्मेलन पाकिस्तानमा हुने निर्णय भएको भएपनि मिति भने तोकिएको थिएन। सार्क राष्ट्रका विदेशमन्त्री स्तरीय बैठकले बिहीबार शिखर सम्मेलन हुने मिति टुङ्गो लगाएको हो। यसैबीच बैठकले आगामी शिखर सम्मेलन नोभेम्बर महिनामा मात्रै गर्ने निर्णय समेत गरेको छ। यसअघिका शिखर सम्मेलनहरु बेला-बेला… पुरा पढौ

विदेशीले दिए विद्यालयलाई पाँच लाख

लमजुङ, ४ चैत। बेसीसहर नगरपालिका-१३ मकैडाँडामा रहेको एक विद्यालयलाई विदेशी नागरिकले सहयोग गरेका छन्। जर्मनका नागसरक गिट्टर यिनिकम्यानले गङ्गा मिलन माध्यमिक विद्यालयको स्तर वृद्धिका लागि साँढे पाँच लाख आर्थिक सहयोग गरेका हुन्। म्यानले विद्यालयलाई अक्षयकोष स्थापना गर्नका लागि पाँच लाख रुपैयाँ र विद्यालयमा विद्यार्थीको प्रतिभा विकासका लागि सञ्चालन गरिने अतिरिक्त क्रियाकलापको पुरस्कार स्वरुप ५० हजार रुपैयाँ गरी साँढे पाँच लाख… पुरा पढौ

जमिन बाँझो राख्नेलाई जरिवाना

पर्वत, ४ चैत। पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन बाँझै रहने क्रम बढ्दै गएको छ। बढ्दो युवाशक्तिको पलायनले जनशक्ति अभाव, उत्पादनमा कमीलगायत कारणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ। खेती गर्न फुर्सद नभएको र जनशक्ति नपाएको कारण देखाउँदै जमिन बाँझो राख्ने जिल्लाका 'जमिनदार’ अब कारबाहीमा पर्ने भएका छन्। जिल्लालाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने उद्देश्यले उच्चस्तरीय बोर्डले आठौँ जिल्ला परिषद्मा… पुरा पढौ