विविध

श्रीमानको कैद मिनाहा गर्न खोज्दा श्रीमतीसमेत पक्राउ

चितवन, १९ चैत। श्रीमानलाई अदालतले तोकेको कैद सजाय र जरिवाना मिनाहा गराउन खोज्दा श्रीमतीसमेत पक्राउ परेकी छन्। गएको वैशाख १२ गतेको भूकम्पमा परी श्रीमानको मृत्यु भएको भन्दै नक्कली कागजात बनाइ अदालतमा कैद सजाय, जरिवाना मिनाहा तथा धरौटीमा राखेको जग्गा फुकुवा गर्न पुगेकी खैरहनी नगरपालिका-१० निवासी शान्ति ढुङ्गाना र उनका श्रीमान् विष्णुप्रसाद ढुङ्गाना बिहीबार पक्राउ परेका हुन्। जिल्ला अदालत चितवनका सूचना… पुरा पढौ

प्राध्यापक रेग्मीको बिदाइ

पोखरा, १९ चैत। राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसले विभागका प्राध्यापक पद्मशरण रेग्मीको बिदाइ गरेको छ। त्रिविमा करिब ३१ वर्ष प्राध्यापन गराएका रेग्मी पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन समिति पूर्व सदस्य तथा राजनीतिशास्त्र विभागका पूर्व अध्यक्षसमेत भएर कार्य गरेका थिए। विभागका अध्यक्ष डा.उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछाने, सहायक क्याम्पस प्रमुखहरु प्रा. विश्व अधिकारी, प्रा.तारा खनाल, सहप्राध्यापक बसन्त पराजुली एवम्… पुरा पढौ

चिनियाँ निजी क्षेत्रलाई लगानी गर्न प्रधानमन्त्रीको आग्रह

पोखरा, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित नेपाली तथा चिनियाँ व्यापारिक समुदायलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र नै चिनियाँ अर्थतन्त्रसँग समाहित भएको यस घडीमा नेपाल यसबाट बाहिर रहन नसक्ने बताए। उनले चीन आफ्नो विशाल भूगोलका कारणले नभई इतिहासमै… पुरा पढौ

थापा मेम्बरस अफ ब्रिटिस एम्पाएरबाट विभूषित

बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्व ब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई 'मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गरिएको छ। [caption id="attachment_44690" align="aligncenter" width="690"] a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 …Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fsf] qmddf kf]v/fsf] lj|l6; SofDkdf /x]sf] ;lxb :df/sdf >4fGhnL ck{0f ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;[/caption]   समाजसेवा र सहासी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा… पुरा पढौ

ब्रसेल्स विष्फोटमा २६ मारिए

पोखरा, ९ चैत। बेल्जियम र युरोपियन युनियन (इयु)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राटि्रय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ।   विष्फोटको धमाकाले त्यस आसपासका जनमानसमा ठूलो त्रास उत्पन्न भएको छ। दुर्इ ठाउँमा भएको विष्फोटमा अहिलेसम्म २६ जनाको ज्यान गएको पुष्टि भएको छ। मङ्गलबार स्थानीय समयअनुसार बिहान करिब ८ बजेको व्यस्त समयमा विमानस्थल डिपार्चर एरियामा भएको बम… पुरा पढौ

फागुमेलामा झडप हुँदा तीन घाइते

चितवन, ९ चैत। दारेचोक-३, लामीडाँडामा फागुपूणिर्मा अवसरमा आयोजित मेलामा सोमबार राति दुर्इसमूहबीच झडप हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुर्इ जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ र्घाईते भएका छन्। सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको चितवन… पुरा पढौ

कास्कीमा ५७ पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले मङ्गलबार ५७ जनालाई पक्राउ गरेको छ। होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, जथाभावी रंग दल्दै हिड्ने, लोला हान्ने, उच्छृङखल गतिविधि गर्ने ५७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेशबहादुर वमले जानकारी दिए। पक्राउ परेकामध्ये ३७ जनालाई छाडिएको छ भने २० जनामाथि छानबिन भइरहेको छ। उनीहरूलाई कास्कीका विभिन्न स्थानबाट पक्राउ गरिएको… पुरा पढौ

टुकुचेमा उजिहारा स्मृति पार्क

मुस्ताङ, ९ चैत। टुकुचेमा निर्मित उजिहारा स्मृति पार्क तथा बगैचाको मङ्गलबार उजिहाराकी छोरी मुचुकी र उनको टोलीले उद्घाटन गरेका छन्।   मितेरी समाजमा राखिएको उजिहाराको अस्तुलाई बाजागाजा र लामा गुरूहरूले मन्त्रोच्चारण गरी स्तुपामा लगेर अस्तु राखेका छन्। उजिहाराको योगदान स्मरण गर्दै टुकुचेका स्थानीयले १२ लाख चन्दा उठाइ पार्क निर्माण गरेका हुन्। झन्डै ३० वर्षअगाडि फापर खेतीको अन्वेषणमा टुकुचे आएका जापानिज… पुरा पढौ

महायोगी सिद्धबाबा पोखरा आउँदै

पोखरा, ९ चैत। जगतगुरु श्री रामानन्दचार्य बराहक्षेत्र, चतराधाम, सुनसरीका संस्थापक महायोगी सिद्धबाबा श्री १००८ श्री वैष्णव डा. कृष्णदासजी महाराज बिहीबार पोखरा आउने भएका छन्। गत फागुन १६ गतेबाट २५ सम्म चतराधाममा सञ्चालित रामार्चन महायज्ञको प्रसाद तथा पूर्ण घडाको जलाभिषेस एवम् आशीर्वचन प्रदान गर्न उनी बिहीबार पोखरा आउने कार्यक्रम छ। नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका पीठाधीशसमेत रहेका डा. कृष्णदासजी महाराजले सिद्ध… पुरा पढौ

नेपाल-चीन १० सम्झौता, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पक्का

पोखरा, ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन सोमबार द्विपक्षीय १० बुँदे सम्झौता एवम् समझदारी भएको छ।   दुर्इ देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको सम्झौतामा दुर्इ देशबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यान्वयनका लागि आर्थिक एवम् प्राविधिक सहयोगसम्बन्धी सम्झौता, यातायात तथा पारवहन, हुम्ला र सिवारा नदी (हिल्सा) मा पुल निर्माण, व्यवस्थापन, मर्मतलगायतमा सम्झौता भएको हो। पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय… पुरा पढौ