विविध

लायन्स आदर्श चौतारीमा नयाँ नेतृत्व

पोखरा, २३ चैत।  लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सन् २०१६/०१७ का लागि राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले प्रथम उपाध्यक्षमा दयाशंखर गौतम, द्वितीय उपाध्यक्षमा चन्दे्रश्वर वस्ताकोटी, तृतीय उपाध्यक्षमा नारायणबहादुर थापा, सचिवमा सुशील कोइराला, सहसचिवमा शिव नेपाली, कोषाध्यक्षमा अशोक केसी र सहकोषाध्यक्षमा किशोर रञ्जितलाई छनौट गरेको छ। त्यस्तै, टेलट्विष्टरमा वसन्तराज कोइराला, मेम्बरसीप चिफ पर्सनमा शंकर कार्की,  निर्देशकमा… पुरा पढौ

यसरी लुटिएका थिए जुग्जाली

म्याग्दी, २२ चैत। बेनीबजारमा चैत १ गते बेनीबजारको एक होटलमा नशालु पदार्थ सेवन गराइ भएको लुटपाट देशैभर चर्चित भयो। सो लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बेनीबजार हाडेभिरमा कृषि औजार आरन सञ्चालक कुलदीप जुग्जालीको सुन, पैसा र साथमा रहेको मोवाइलसमेत चोरी गर्ने दाङको घोराही नगरपालिका-१० घर भइ हाल पोखरा उपमहानगरपालिका-४ बस्ने देविका पुन, मनकामना-४, स्याङजाका जुद्धबीर कामी… पुरा पढौ

भाट समाज पश्चिमाञ्चलमा श्रीबहादुर

पोखरा, २२ चैत। भाट समाज नेपाल पश्चिमाञ्चलमा श्रीबहादुर रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर रानाभाट, उपाध्यक्षमा इ. सुरज रानाभाट र क्या. देवबहादुर रानाभाट, सचिवमा बलराम रानाभाट, सहसचिवमा मिना रानाभाट, कोषाध्यक्षमा मीनबहादुर रानाभाट, सहकोषाध्यक्षमा जयन्ती रानाभाट रहेका छन्। त्यस्तैगरी, कार्य समिति सदस्यमा कृष्णबहादुर ानाभाट, इन्दु रानाभाट, वसन्त बन्जारा भाट, नरेन्द्र, बलराम, मिना, ज्ञयप्रसाद, रामबहादुर,… पुरा पढौ

लेखनाथलाई प्लाष्टिक मुक्त बनाउन छलफल

लेखनाथ, २१ चैत। लेखनाथलाई प्लाष्टिक मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ आइतबार लेखनाथमा प्रारम्भिक छलफल भएको छ। विकल्प खोजी गर्दै दिगो वातावरण संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमका सहभागीले वर्तमान युग प्लाष्टिकको युग भएको तर यसका नकारात्मक पक्ष धेरै भएकाले विकल्प खोजी गरिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले लेखनाथलाई प्लाष्टिक झोला मुक्त बनाउन पहल गर्नुपर्ने बताएका थिए। लेखनाथका नगर स्तरीय राजनीतिक पार्टीा… पुरा पढौ

मधुमेह वर्षमा १० हजारको निःशुल्क परीक्षण

पोखरा, २० चैत। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले यो वर्ष विभिन्न संघ, संस्थासँगको सहकार्यमा पोखरा र आसपासका क्षेत्रमा २० वटा निःशुल्क मधुमेहसम्बन्धी रक्त परीक्षण शिविर आयोजना गरेको छ।   ती शिविरमा १० हजार बढीको निःशुल्क मधुमेह परीक्षण गरिएको छ। विभिन्न प्रकारका रोगको मुहान मानिएको मधुमेह पछिल्लो समय निकै तीव्र गतिमा बढिरहेको छ। व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गरी सर्वसाधारणलाई सुलभ रुपमा… पुरा पढौ

बुढानीलकण्ठ मन्दिर संरक्षण समितिको साधारणसभा

पोखरा, २० चैत। पोखरा-४, गणेशटोलमा रहेको बुढानीलकण्ठ मन्दिर संरक्षण समितिको अध्यक्षमा पुनः श्यामबहादुर कोइराला निर्वाचित भएका छन्। समितिको शनिबार भएको चौथो अधिवेशन तथा नवौं साधारणसभाले कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा शान्ति कोइराला, सचिवमा उपेन्द्रराज गौतम, सहसचिवमा शारदाप्रसाद कोइराला र कोषाध्यक्षमा उदारराज राजभण्डारी छन्। त्यसैगरी, सदस्यहरूमा लक्ष्मी कोइराला, रामबहादुर कोइराला, भोलाप्रसाद पराजुली, फणीन्द्र अधिकारी, सुमित्रा… पुरा पढौ

अन्नपूर्णमा एक सय ९२ द्वारा रक्तदान

पोखरा, २० चैत। रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको रक्तदानमा एक सय ९२ युनिट रगत सङ्कलन भएको छ। ‘रक्तदान म पनि गर्छु भन्ने नाराका साथ भएको कार्यक्रमको रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिका क्षेत्रीय संयोजक गोविन्दराज पहारीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे। युवा पुस्तालाई रक्तदानप्रति आकषिर्त गर्न र नयाँ रक्तदाता खोजी अभियानमा सघाउन रेडियोले प्रत्येक… पुरा पढौ

उपभोक्ताले पाउँदैनन् ग्याँस कता हराउँछ ?

पोखरा, १९ चैत। भारतबाट मार्च महिनामा २७ हजार टन ग्याँस आएको छ। भारतले नाकाबन्दी खुला गरेपछि मार्चमा भित्रिएको ग्याँस सबैभन्दा बढी हो। मार्चमा भित्रिएको ग्याँस सामान्य समयको माग अनुसार हो। माग अनुसार ग्याँस भित्रिएपनि बजारमा अभाव भने कायमै छ। मार्चमा भित्रिएको ग्याँस व्यवस्थापन गर्न सकिएको भए अभाव व्योहोर्नु पर्ने थिएन। ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतको नाकाबन्दीको समयमा… पुरा पढौ

कृष्णलक्ष्मी सप्लायर्समा वाइसिएलको छापा

  पोखरा उपमहानगरपालिका-२९ हेमजास्थित कृष्णलक्ष्मी सप्लायर्सको ग्याँस गोदाममा शुक्रबार दिउँसो एमाओवादीको युवा संगठन वाइसिएलले छापा मारेको छ। वाइसिएल क्षेत्र नं.४ का अध्यक्ष भोजराज पौडेलको नेतुत्वमा गएको टोलीले सप्लायर्समा छापा मारेको हो। ‘सप्लायसमा ग्याँस लिन लाइन बसेकाले ग्याँस नपाएपछि छापा मारेको हौं’-वाइसिएल क्षेत्र नं.४ का अध्यक्ष पौडेलले भने-’लुकाएर राखिएको ग्याँस फेला पार्‍यौं र प्रहरीको रोहबरमा स्थानीय उपभोक्तालाई बिक्री गरियो।’ यता कृष्णलक्ष्मी… पुरा पढौ

ज्येष्ठ नागरिकसँग छोरीको जन्मदिन

पोखरा, १९ चैत। पोखरा नयाँबजार-९ निवासी नरेन्द्र र सुनिता श्रेष्ठले ज्येष्ठ नागरिकसँग छोरीको जन्मोत्सव मनाएका छन्।   पोखरा-१८ मा रहेको वात्स्यायन वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई विभिन्न सहयोग तथा केक काटेर शुक्रबार छोरी सलिनाको २१ औं जन्मोत्सव मनाएका हुन्। अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत सलिनाको जन्मोत्सवमा हजुरबुबा वेदकुमार र हजुरआमा बुद्ध श्रेष्ठले केक काटेर ज्येष्ठ नागरिकलाई खुवाए। छोरीको जन्मोत्सवमा हुने खर्च वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई… पुरा पढौ