विविध

‘हाकिम सा’ब हाम्रो फाइल खै ?’

पोखरा, २१ बैशाख। पोखराका उद्योगी व्यवसायीले कम्पनी रजिष्टारको कार्यालयबाटै फाइल हराउने गरेको गुनासो गरेका छन्। पोखरा उद्योग वाणिज्य संघ र कम्पनी रजिष्टारको कार्यालयले आयोजना गरेको अन्तक्रिर्याका सहभागीले कम्पनी दर्ता गर्दा दिइएका फाईल हराउने र अनावश्यक रुपमा जरिवाना तिर्नु गरेको गुनासो गरे। ‘प्रत्येक वर्ष हाम्रो फाइल कार्यालयमा पुगेको हुन्छ’-पर्यटन व्यवसायी रामचन्द्र शर्माले भने-’तर त्यही फाइलपछि खोज्दा पाइँदैन, कसरी हराउँछ -’ उनले… पुरा पढौ

डढेलोले घरगोठ नष्ट

पोखरा, २१ बैशाख। कास्कीको चापाकोटमा आगलागीबाट दाजुभाइको घरगोठ नष्ट भएको छ। स्थानीय क्यानिफोर कान्ले खोरिया सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै बस्तीमा फैलिएको थियो। आगलागीबाट चापाकोट वडा नम्बर ७ का सालिकराम लामिछाने र राजु लामिछानेको घरगोठ नष्ट भएको हो। सोही वनमा सोमबार लागेको आगो स्थानीयले निभाएका थिए। तर पूरै ननिभेका कारण मङ्गलबारको हावा, हुरीले पुनः सल्किएको स्थानीय दामोदर पराजुलीले जानकारी दिए।… पुरा पढौ

आगलागी पीडितलाई राहत

पोखरा, २१ बैशाख। स्याङ्जाको मनकामना-७, लामडाँडामा भएको आगजनीबाट पीडित २० घर, परिवारलाई स्याङ्जाली सर्म्पर्क सदन पोखराले आपतकालीन राहत प्रदान गरेको छ। सदनको नेतृत्वमा पोखराबाट गएको लायन्स क्लब अफ पोखरा सेन्टरसहितको टोलीले आगलागीबाट पीडित परिवारलाई अत्यावश्यक दाल, चामल, तेल, चिउरा, भाँडाकुँडा, कम्बल, म्याटरेसलगायतका सामाग्री वितरण गरेको हो। सदनका अध्यक्ष चिरञ्जीवी पोखेरेल र सदनका सल्लाहकार डा. दिलबहादुर क्षत्रीले घटनास्थलमा पुगेर मनकामना गाविस… पुरा पढौ

कुश्मा कालिका भ्यु टावर बन्ने

पर्वत, २० बैशाख। पर्वत सदरमुकाम आसपासका सबै पर्यटकीय दृश्यावलोकनका लागि पर्वतमा भ्यू टावर बन्ने भएको छ। लामा र अग्ला झोलुङ्गे पुल, यान्त्रिक पुल, निर्माणाधीन बञ्जी जम्पका साथै अल्पेश्वर र गुप्तेश्वर मन्दिर एकै ठाउँबाट देख्न सकिने गरी कुश्मा कालिका भ्यू टावर निर्माण गर्न लागिएको हो। भ्यू टावर निर्माणका लागि स्थानीयले १३ सदस्यीय तदर्थ समिति गठन गरेका छन्। टावर निर्माणका लागि रकम… पुरा पढौ

कोरियाको कोटा घटयो, आकांक्षी बढे

काठमाडौँ, १९ बैशाख। दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली -इपिएस) भाषा परीक्षामार्फत् यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाए पनि दरखास्त दिनको सङ्ख्या भने उल्लेखनीय रुपमा बढेको छ। सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार छ सय ७८ जनाले दरखास्त दिएको इपएसि कोरिया शाखाले जनाएको छ। तीमध्ये उपत्यकाभित्रबाट ३१ हजार चार सय ८८… पुरा पढौ

घलेगाउँ महोत्सवको तयारी

लमजुङ, १९ बैशाख। लमजुङको सार्क राष्ट्रको नमूना पर्यटकीय गाउँ घलेगाउँमा १७ औं घलेगाउँ महोत्सव’को तयारी गरिएको छ। हरेक वर्ष आयोजना हुने महोत्सवको उद्देश्य गाउँलाई सुखी र समृद्ध बनाउनु रहेको महोत्सव आयोजक समिति पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। ग्रामीण पर्यटन पर््रवर्द्धन गरी घलेगाउँलाई सुखी र समृद्ध बनाऔं, १७ औं घलेगाउँ महोत्सव… पुरा पढौ

‘कोही पनि बर्बाद नहोस्’

पोखरा, १६ बैशाख। इशाराबाटै दुर्इ-चार सयमा यौन प्यास मेटाउन अनुमति दिने नगरवधु हुन् अनुमति मैयाँ। उनलाई यो बाटोमा आइपुग्न न छेक्ने केही थियो, न अनुमति दिने नै। बस, परिस्थितिले भेलमा धकेल्यो, उनी छालसँगै कहिले तल, कहिले माथि गर्दै छिन्। ‘देश बदल्छु भन्दै क्रान्तिको मसाल उठाएका उनका बाको हत्या भयो। शोक गर्दार्गर्दै आमा पागल बनिन्। आजीविका चल्ने बाटाहरू बगर भए। कामको… पुरा पढौ

पत्रकार क्षेत्री रहेनन्

पोखरा, १६ बैशाख। नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीको बिहीबार निधन भएको छ। करीब पाँच महिनाअघि ब्रेन ट्युमरको शिकार बनेका पत्रकार क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा बिहीबार साँझ करिब नौ बजे निधन भएको हो। गत पुसमा भारतको नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा ४५ दिनको थेरापीपश्चात् स्वदेश फिर्ता भएका क्षेत्री बिहीबार बिहान अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका थिए। स्याङजा… पुरा पढौ

फिस फेस्टिबल आजदेखि

लेखनाथ, १६ बैशाख। ‘बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने नाराका साथ आजदेखि दोस्रो बेगनास फिस फेस्टिबल सुरु हुँदै छ। होटल तथा रेष्टुरेण्ट एसोसिएसन अफ लेखनाथको आयोजना र बेगनास डुङ्गा व्यवसायी समिति एवं बेगनास ताल बस सञ्चालक समितिको सहआयोजकमा हुने महोत्सव १९ गतेसम्म चल्नेछ। समग्र लेखनाथ नगरको आन्तरिक एवं बाहृय पर्यटन प्रवद्धनमा सहयोग पुर्‍याउने उद्देश्यले बेगनासताल किनारमा आयोजना हुन लागेको फेस्टिबलमा… पुरा पढौ

स्याङ्जाली अन्तर समाजबीच समन्वय बैठक

पोखरा, २३ चैत। स्याङ्जाली सर्म्पर्क सदन पोखराको आयोजनामा स्याङ्जा जिल्लाका विभिन्न गाविस तथा क्षेत्रबाट पोखरामा आई संगठित सर्म्पर्क समाजका प्रमुख तथा प्रतिनिधिबीच मङ्गलबार समन्वय बैठक सम्पन्न भयो। बैठकका सहभागीले समग्र स्याङ्जाको प्रतिनिधित्व गर्दै स्थापित स्याङ्जाली सर्म्पर्क सदन पोखरालाई सबैको छाता संस्थाका रुपमा स्थापित गरी पोखरावासी सम्पूर्ण स्याङ्जालीलाई संगठित गनुपर्ने सुझाव दिएका थिए। सदनले यही चैत २७ गते आयोजना गर्ने नयाँ… पुरा पढौ