विविध

व्यापार मेला आजदेखि

पोखरा, २० फागुन। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७२ शुक्रबारदेखि सुरु हुँदैछ। लगानी सर्म्वर्द्वनः उद्योग व्यवसायको प्रवर्द्वन भन्ने मूल नाराका साथ पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेला चैत्र एक गतेसम्म चल्ने छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेलाका लागि गठित मूल आयोजक समिति र विभिन्न उपसमितिहरुले मेलाको तयारी पूरा गरेका छन्। 'मेला पोखराको गौरव हो’-बिहीबारको पत्रकार… पुरा पढौ

महिना दिनमा पाँच महिलाको हत्या

पोखरा, २० फागुन।कास्कीमा महिना दिनको बीचमा पाँच महिलाको हत्या भएको छ। बढ्दै गएको महिला हत्याले शान्ति सुरक्षामा चुनौति थपिएको छ। यरी महिलाहरूको हत्या हुनु र हत्यामा संलग्न पत्ता नलाग्नुले चिन्ताजनक अवस्थाको सिर्जना गरेको छ। पाँच महिलामध्ये एक महिला हत्या आरोपी पक्राउ परी अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। तर, अन्य चार महिलाको हत्यामा संलग्न भने अझै… पुरा पढौ

कोइरालालाई विज्ञानमा विद्यावारिधी

पोखरा, २० फागुन। पोखरा उपमहानगरपालिका-९ बास्तोलाथर निवासी निरञ्जन कोइरालाले जीव विज्ञान तथा जैविक रसायन इन्जिनियरिङमा विद्यावारिधी (पीएचडी) प्राप्त गरेका छन्। उनले उक्त उपाधी दक्षिण कोरियाको सनमुन युनिभर्सिटीबाट प्राप्त गरेका हुन्। उनको अनुसन्धानात्मक शोध कार्यको विषय मिथाइलेटेड/ग्लुकोसयलेटेक फ्लवोनोइड्सको उत्पादनका लागि एस्चेरिचिया कोलो बीएल २१ को मेटाबोलिक इन्जिनियरिङ र तीनका जैविक गतिविधिहरु रहेको थियो। उपाधिसँगै उनले सोही विश्वविद्यालयबाट सर्वश्रेष्ठ विद्यार्थी पदक (स्वर्णपदक)… पुरा पढौ

बच्चामा एचआइभी सङ्क्रमण रोक्न अभियान

लमजुङ, २० फागुन। लमजुङ जिल्लामा एचआइभी सङ्क्रमित आमाबाट जन्मने बच्चामा सङ्क्रमण हुन नदिन रोकथाम गर्न अभियान सुरु गरिएको छ। जिल्ला अस्पतालसहित जिल्लामा रहेका २७ वटा बर्थिङ सेन्टर (बच्चा जन्माउने केन्द्र)मा अभियान थालिएको हो। समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआइभी एड्स रोकथाम कार्यक्रमको सेवा चालु आर्थिक वर्षबाट जिल्लाका २७ वटै बर्थिङ सेन्टरमा उपलब्ध हुने जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख सतिश विष्टले… पुरा पढौ

लेखनाथका एक सय २० ज्येष्ठ महिला सम्मानित

लेखनाथ, २० फागुन। १०६ औं नारी दिवसको अवसरमा लेखनाथ नगरपालिका वडा नं २, ३ र ६का ज्येष्ठ महिलालाई सम्मान गरिएको छ। स्थानीय आमा समूहको पहल र वडा सेवा केन्द्र २, ३ र ६ को व्यवस्थापनमा प्रत्येक वडाको ४० जना ज्येष्ठ महिला गरी एक सय २० ज्येष्ठ महिलालाई दोसल्ला र नगदले सम्मान गरिएको हो। सम्मानित कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत… पुरा पढौ

हेमजा बोर्डिङमा व्यवस्थापन समिति र अभिभावक संघ

पोखरा, १९ फागुन। हेमजा आवासीय बोर्र्डिङ स्कुलको बुधबार भएको अभिभावकको भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ। भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोतिलाल तिमिल्सिनलाई सर्वसम्वत चयन गरेको छ। समितिका सचिवमा केशवशरण पौडेल, सदस्यहरूमा मनकुमारी पौडेल, चुडामणि तिमिल्सिना, कुलप्रसाद त्रिपाठी, पार्वती बानियाँ र नारायणी बस्नेत छन्। त्यसैगरी, भेलाले प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ।… पुरा पढौ

परियारलाई उद्योगीको राहत

लेखनाथ,१९ फागुन। लेखनाथ-३ को अघौर्ंचोकमा पसल गर्दै आएका कमल परियारलाई राहत हस्तान्तरण गरिएको छ । गएको असोज १९ गते उनको लेखनाथ टप टेर्लर्स सेन्टरमा आगलागी भएको थियो। अघौर्ं व्यवसायी समिति र लेखनाथ उद्योग बाणिज्य संघको पहलमा सङ्कलन गरिएको ४२ हजार नौं सय ६० रुपैयाँ परियारलाई वुधबार हस्तान्तरण गरिएको हो। अघौर्ं बजार व्यवस्थापन समितिले स्थानीय स्तरमा सङ्कलन गरेको ३७ हजार नौं सय… पुरा पढौ

नेफ्स्कुनको पोखरामा फिल्ड कार्यालय

      पोखरा, १२ फागुन। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ -नेफ्स्कुन) ले पोखरामा फिल्ड कार्यालय स्थापना गरेको छ। पोखराको सिर्जनाचोकमा कार्यालय बुधबारदेखि सञ्चालनमा आएको हो। नेफ्स्कुनको यो १३ औं फिल्ड कार्यालय हो। बुधबारदेखि नै झापाको दमकमा पनि फिल्ड कार्यालय सञ्चालनमा आएको छ। पोखरा फिल्ड कार्यालयको संघका अध्यक्ष ऋषिराज घिमिरेले उद्घाटन गरे। संघका अध्यक्ष घिमिरेले नेपालको अर्थतन्त्रमा सहकारी… पुरा पढौ