विविध

सङ्क्रमित आमाबाट स्वस्थ जुम्ल्याहा

चितवन, १५ असार। भरतपुर अस्पतालमा एक एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ जुम्ल्याहा बच्चा जन्मिएका छन्। बच्चाका बाबु पनि एचआइभी सङ्क्रमित नै हुन्। चितवनको माडी नगरपालिका घर भएका ती दम्पत्तिले यही असार ४ गते भरतपुर अस्पतालमा सुरक्षित बच्चा जन्माएका हुन्। उनीहरूबाट जन्मिएका दुर्इ छोराको स्वास्थ्य अवस्था राम्रो छ। सुरुमा परीक्षण गर्दा दुवै बच्चामा एचआईभी सङ्क्रमित भेटिएको छैन। जन्मिएको ४२ दिनपछि डिएनए डिसिआर… पुरा पढौ

बालविवाह रोक्न बालबालिकै सक्रिय

पोखरा, १४ असार। बालविवाह न्यूनीकरणका लागि वडा बाल मञ्च पोखरा-२६ को आयोजनामा सराङकोटमा बालविवाह न्यूनीकरण विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ। प्रतियोगितामा मेथलाङ बाल क्बलका सुनिता तिमिल्सिना प्रथम, आदर्श बाल क्लबका सल्लाहकार धीरज थापा द्वितीय र सूयोर्दय बाल क्लबका प्रतीक्षा थापा तृतीय भएको वडा बाल मञ्चका अध्यक्ष रश्मी थापाले जानकारी दिइन्। कार्यक्रमका प्रमुख अतिथि सिर्द्धार्थ क्लबका द्वितीय उपाध्यक्ष पार्वती माकाजूले भोलिको… पुरा पढौ

शाखा अधिकृतलाई कालोमोसो

पाल्पा, १२ असार। जिल्ला शिक्षा कार्यालय पाल्पाको प्रशासन शाखाका अधिकृत रेशमलाल न्यौपानेलाई अज्ञात दुर्इ युवाले कार्यकक्षमा दुर्र्व्यवहार गरेका छन्। आइतबार मध्यान्ह कार्यकक्षमा काम गरिरहेको अवस्थामा माक्स लगाएका युवा अधिकृत न्यौपानेलाई मोसो लगाएर फरार भएका हुन्। माओवादी कार्यकर्ता बताउँदै आफूमाथि दुर्र्व्यवहार गरिएको शाखा अधिकृत न्यौपानेले बताए। एक्कासी ढोकाबाट पालैपालोभित्र पसेर दुर्व्यर्वहार गरेको उनको गुनासो छ। मोसो लगाएपछि टेबुुलमा छोडेको पर्चामा कारबाही… पुरा पढौ

भुजेल संस्कारअनुसार न्वारान

लमजुङ, १२ असार। लमजुङमा एक नवजात शिशुको भुजेल संस्कार एवं परम्पराअनुसार न्वारान गरिएको छ। जिल्लामै पहिलो पटक बेसीसहर नगरपालिका-१०, भीमसेनस्थानका उद्यमी कमल भुजेलकी छोरीको भुजेल संस्कार एवं परम्परा अनुसार न्वारान गरिएको हो। भुजेलका पुरोहित कृष्णबहादुर भुजेलले त्यसरी न्वारान गरेका हुन्। नवजात शिशु कृणबहादुरको दोस्रो सन्तान हुन्। त्यसअघि २०६५ सालमा जन्मिएका छोराको न्वारान गर्दा ब्राहृमणकै जस्तो हवनका साथ गरेको कमल भुजेलले… पुरा पढौ

अखेटोपहारको नमूना सङ्कलन

  चितवन, १२ असार। देशभरिबाट सङ्कलन गरी चितवनको कसरा र टिकौलीमा भण्डारण गरिएका वन्यजन्तुका अखेटोपहारको नमूना सङ्कलन र बार कोडिङ कार्य सुरु भएको छ। वन विभागअर्न्तर्गतका कार्यालयबाट सङ्कलित अखेटोपहार पूर्र्वी चितवनको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा र निकुञ्ज विभागअर्न्तर्गतका निकुञ्ज र आरक्षबाट सङ्कलित अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरिएको छ। ती अखेटोपहारको व्यवस्थापन गर्न प्रत्येक वस्तुको सानो… पुरा पढौ

नामार्जुङ पूर्ण खोप सुनिश्चित

पोखरा, २९ बैशाख। कास्कीको नामार्जुङलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ। ताङतिङमा विशेष कार्यक्रमबीच जिल्ला जनस्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरेका हुन्। गाविसमा रहेका १२ देखि २३ महिना उमेर समूहका १९ बालबालिकालाई एक वर्षभित्र लगाउनुपर्ने खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। घिमिरेले घोषणामा भन्दा यसको निरन्तरतामा ध्यान दिनुपर्ने बताए। धेरै कार्यक्रम… पुरा पढौ

पर्यटन प्रवर्द्धनका नाममा पारिवारिक भ्रमण

पर्वत, २७ बैशाख। पर्यटन प्रवर्द्धनका निमित्त जिल्ला विकास समिति पर्वतले वाषिर्क लाखौँ बजेट विनियोजन गरे पनि त्यसको सदुपयोग हुन सकेको छैन। प्रत्येक वर्ष २५ देखि ३० लाखको हाराहारीमा पर्यटनको लागि रकम छुट्याइने गरे पनि पर्यटन प्रवर्द्धनको लागि भने खर्च हुने गरेको देखिँदैन। हालै पर्यटनका लागि नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय र केही संस्थाबाट जिल्लाको… पुरा पढौ

अब खेलाडीलाई पेन्सन : पौडेल

पोखरा, २५ बैशाख। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारी क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा अपेक्षाकृत लगानी हुन नसकेको बताएका छन्। ‘खेलकुद क्षेत्रमा राज्यको तर्फबाट आवश्यक लगानी हुन नसक्दा खेलुकद क्षेत्रले सफलता प्राप्त गर्न सकेको छैन’-उनले भने। कुल बजेटको एक प्रतिशत बजेट खेलकुद क्षेत्रमा लगानी गर्न सकेमात्रै खेलकुदको स्तरमा बृद्धि हुने उनको भनाइ छ। गण्डकी बडी विल्डिङ नदीपुरले आयोजना… पुरा पढौ

उमा माविलाई रकम जुट्दै

पोखरा, २४ बैशाख। कास्कीको दाङसिङ गाविस वडा नं २, मोहरियास्थित उमा माविको नयाँ भवन निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ। विद्यालयलाई मोहरिया-१ घर भइ हाल पोखरा-८ बस्ने पूर्व विद्यार्थी मिमप्रसाद गुरुङले शुक्रबार एक लाख एक हजार पाँच सय रुपैयाँ सहयोग गरे। उनले अर्थ सङ्कलन समितिका सदस्यद्वय श्रीप्रसाद गुरुङ र खड्कबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरे। मिमप्रसादले सबैलाई भवन निर्माणमा… पुरा पढौ

‘सजिलै घटाउन सकिन्छ उर्जा खपत’

पोखरा, २४ बैशाख। सामान्य कुरामा ध्यान दिन सके पनि उद्योग/प्रतिष्ठान एवं घरायसी काममा पनि ठूलो मात्रामा उर्जा बचाउन सकिने विज्ञहरूले बताएका छन्। उनीहरूले घरमा प्रयोग हुने उपकरणले पूर्ण क्षमतामा काम गरे/नगरेको परीक्षण गर्न, सकेसम्म कम उर्जा खपत गर्ने उपकरण प्रयोग गर्न तथा उर्जा खपत घटाउने उपायहरू सिक्न सवसाधारण तथा उद्योगी/व्यवसायीलाई सुझाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य… पुरा पढौ