विदेश

चीनका १० करोड जनताले महानगरको फाइदा प्राप्त गर्ने

बेइजिङ, ३ चैत। चीनका १० करोड भन्दा बडी जनतालाई मुलुकको नगरको औपचारिक वासिन्दाको प्रमाणपत्र दिइने भएको छ। यो सरकारको सहरीकरणका लागि व्यापक योजनाको एक भाग भएको र आर्थिक विकासका लागि महत्वपूर्ण विषय भएको बताइएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा रहेका नयाँ नेताहरूले जिवनस्तर विकास गर्न तथा सही वृद्धिदर कायम राख्न जनतामा आधारित सहरीकरण गरिने बताएका छन्। राष्ट्रपति सी जिनपिङले… पुरा पढौ

भारतमा हिन्दू धर्मावलम्बीबीच वसन्त ऋतुको चाडमा रङको खेल

नयाँ दिल्ली, ३ चैत। भारतमा लोकप्रिय हिन्दू धामिक चाड होली मनाउन दशौँ लाख जनताले सोमबार एकअर्कामाथि रङ पोते। यस चाडका साथमा भारतमा वसन्त ऋतु आरम्भ हुने बताइन्छ। होली खेल्नेहरू मुलुकका सडकमा उत्रिए र रङको खेल खेले। यस चाडमा एकअर्कामाथि रङ पोतिन्छ भने पानी फ्याकिन्छ। यस चाडलाई पनि भारतमा अशुभमाथि शुभको विजयको रूपमा लिइन्छ। कङ्ग्रेस पार्टीबीचनेत्री सोनिया गान्धीका साथमा धेरै राजनीतिज्ञहरूले… पुरा पढौ

मलेसियाको जेट विमान जानाजान हरायो : प्रधानमन्त्री

क्वाला लम्पुर, १ चैत।मलेसियाका प्रधानमन्त्री नजिब रजाकले एक साताअगाडि हराइरहेको जेट विमानमा रहेको दूरसञ्चार उपकरण बन्द गरिएको, त्यसको मार्ग विमानमै भएका कसैले जानाजान अकोर्तिर मोडेको र विमान हराएको शनिबार बताएका छन्। उनले विमान अपहरण भएको भनी स्पष्टरूपमा भने उल्लेख नगरेको बताइएको छ। राष्ट्रव्यापी रूपमा प्रसारण गरिएको एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री रजाकले मार्च ८ मा उक्त विमान १:३० बजे नागरिक राडारबाट… पुरा पढौ

भारतमा समलिङ्गी सम्बन्धमा प्रतिबन्ध लगाउने निर्णय उल्टाउन सरकारको प्रयास

नयाँ दिल्ली, ५ पुस। भारतमा समलिङ्गी शारीरिक सम्बन्धमा प्रतिबन्ध लगाउने उपनिवेशकालको कानुनको वैधतालाई कायम राख्ने सवोर्च्च अदालतको निर्णयमा पुनरावलोकन गर्न सरकारले बुधबार अदालतमा निवेदन दर्ता गरेको छ। यस महिनाको आरम्भमा सवोर्च्च अदालतले गरेको निर्णयलाई पुनर्विचार गर्न सरकारले निवेदनमा आग्रह गरेको छ। सरकारले यस निर्णयले समानताको सिद्धान्तलाई उल्लङ्घन गर्ने विश्वास व्यक्त गरेको छ। कङ्ग्रेसको नेतृत्वमा रहेको सरकारले अदालतलाई पुनरावलोकनको निवेदनमार्फत यस… पुरा पढौ

बेलायत सरकारले सम्मान सेवा सुविधा नदिँदासम्म आन्दोलन जारी : गुरुङ

पोखरा, १४ भदौ।बेलायती लिवरल डेमोक्रेटिक पार्टीला केन्द्रीय सदस्य धना गुरुङले बेलायतमा रहेका नेपालीहरुले नेपालमा लगानी गर्न इच्छुक भएको बताएका छन्। प्रेस युनियन नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गर्ने वातावरण निर्माण गर्न अनुरोध पनि गरे। 'बेलायतमा नेपालीहरुले मातृभूमिमा लगानी गर्न आतुर छन्’-उनले भने-'सरकारले लगानीमैत्री वातावरण निर्माण नगर्दा हामी अन्यौलमा छौं।’ उनले बेलायती… पुरा पढौ

मङ्सिरमै निर्वाचन हुनेमा भारत विश्वस्त : नेपाल

काठमाडौं, १३ साउन।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी मङ्सिर ४ मा निर्वाचन हुनेमा भारत आश्वस्त रहेको बताएका छन्। नेपालको समस्या नेपालीबाटै समाधान हुनुपर्ने उनको भनाइ छ। पाँच दिन लामो भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले घोषित मितिमै निर्वाचन होस् भन्ने भारतीय शुभेक्षा रहेको बताएका हुन्। नेता नेपालले आफ्नो भारत भ्रमण सद्भाव अभिवृद्धिका लागि… पुरा पढौ

नेपाल फाइनलमा प्रवेश

पोखरा, १२ साउन।नेपाल काठमाडौंमा जारी दोस्रो यु-१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ र·शालामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै नेपाल पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। नेपालका लागि सुजन लिम्बुले दुर्इ तथा विमल र्घर्तीमगर र अञ्जन विष्टले एक-एक गोल गरेका थिए। एक गोल बंगालदेशी… पुरा पढौ

नवयुवराजको नाम ‘जर्ज’ राजश्री भएको बेलायती प्रेसको भनाइ

लन्डन, १० साउन।बेलायती प्रेसले युवराज विलियम तथा युवराज्ञी केटले हालै जन्मिएका बालक शिशु नवयुवराजको नाम जर्ज अलेक्जान्डर लुइस राखेकोमा प्रशंसा गर्दै यो नाम राजश्री भएको भनी बिहीबार उल्लेख गरेका छन्। 'यी शिशुलाई औपचारिकरूपमा जर्ज अलेक्जान्डर लुइस अफ क्याब्रिज भनिनेछ’- सन पत्रिकाले आफ्नो प्रमुख समाचारमा उल्लेख गरेको छ। यस्तै नामयुक्त समाचार डेली मिरर तथा गार्जियनले पनि प्रथम पृष्ठमा प्रकाशन गरेका छन्।… पुरा पढौ

बंगलादेश र भारत यु-१६ साफ फुटबलको सेमिफाइनलमा

पोखरा, ८ साउन।बंगलादेश र भारत काठमाडौंमा जारी दोस्रो यु-१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेका छन्। आर्मीको खेलमैदानमा मङ्गलबार भएको खेलमा बंगलादेशले  श्रीलंकालाई ३-१ ले पराजित गर्दै सेमिफाइन्लमा प्रवेश गरेको हो। बंगलादेशका लागि टुटुलले दुर्इ तथा टोलिकुल इस्लामले एक गोल गरेका थिए। श्रीलंकाको तर्फबाट भने निरेशले सान्त्वना गोल फर्काएका थिए। तीन टीम मात्र रहेको यो समूहमा… पुरा पढौ

वर्षा तथा चक्रवातका कारण कम्तीमा तीन सयको मृत्यु वा हराए

बेइजिङ, ३१ असार।चीनमा वर्षा, हुरी तथा उष्णप्रदेशीय चक्रवात साउलिकका कारण कम्तीमा २९५ व्यक्तिको मृत्यु भएको वा उनीहरु हराइरहेको पुष्टि भएको जानकारी त्यहाँको प्रशासनले सोमबार दिएको छ। मुसलधार पानीले दक्षिणपश्चिमी प्रान्त सिचुआँलाई जुलाई ७ देखि प्रभावित बनाएको थियो र हालसम्म त्यहाँ ६८ व्यक्तिको मृत्यु भएको छ। नागरिक मामिला मन्त्रालयले हाल त्यहाँ अन्य १७९ व्यक्ति हराइरहेको जानकारी दिएको छ। अधिक वर्षा तथा… पुरा पढौ