विदेश

सार्क बैठकको तयारी तीव्र

पोखरा, ६ फागुन। दक्षिण एसियाली सहयोग संगठन -सार्क) को पोखरामा हुने मन्त्रीस्तरीय बैठकको तयारी तीव्र पारिएको छ। चैत एकदेखि चार गतेसम्म हुने बैठकका लागि विभिन्न उपसमिति गठन गरी तयारी सुरू गरिएको हो। बिहीबार बसेको मुल समितिको बैठकले विभिन्न १० उपसमिति गठन गरेको छ। जसमा शान्ति सु-व्यवस्था समितिमा प्रमुख जिल्ला अधिकारी, सरसफाइ, स्वागतद्वार र अत्यावश्यक सेवा व्यवस्थापनतर्फ पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत,… पुरा पढौ

राष्ट्रसंघका पूर्व महासचिव घाली रहेनन्

काठमाडौँ, ४ फागुन। संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बुत्रोस बुत्रोस घालीको मङ्गलबार निधन भएको छ। भेनेजुएलाका राष्ट्रसंघीय दूत राफेल रामिरेजले ९३ वर्षीय घालीको निधन भएको घोषणा गरेका छन्। घाली सन् १९९२ जनवरीदेखि १९९६ डिसेम्बरसम्म राष्ट्रसंघ महासचिव भएका थिए। घालीको निधनको राष्ट्रसंघ सुरक्षा परिषद्ले पनि पुष्टि गरेको छ। इजिप्टमा सन् १९२२ मा जन्मिएका घाली राष्ट्रसंघका छैटौं महासचिव हुन्। पुरा पढौ

नेपाल-भारत संयुक्त सचिवस्तरीय बैठक स्थगित

काठमाडौँ, २२ पुस। पश्चेश्वर विकास प्राधिकरणको विषयमा छलफल गर्ने आयोजना गरिएको नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको छ। बिहीबारबाट सुरु हुने भनिएको बैठक भारतीय पक्षले विशेष काम परेकाले आफूहरू सहभागी हुन नसक्ने बताएपछि अन्तिम समयमा आएर स्थगित भएको हो। नेपाल र भारत दुबै मुलुकले अगाडि बढाउने सो आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अगाडि बढाउन लागिएको छ।… पुरा पढौ

भारतका पूर्व राष्ट्रपति कलाम रहेनन्

पोखरा, ११ साउन। भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको सोमबार साँझ निधन भएको छ। सोमबार सिलोङमा भएको एक कार्यक्रममा अचानक ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सिलोङको एक अस्पतालमै उनको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टी गरेका छन्। ८४ वर्षे कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतका राष्ट्रपति थिए। सन् १९३१ अक्टुबर १५ मा रामेश्वरममा जन्मिएका कलाम भारतका ११ औं… पुरा पढौ

लिपुलेकसम्बन्धमा चिनियाँ दूतावासमा मोर्चाको ज्ञापनपत्र

काठमाडौँ, २५ असार।भारत र चीनबीच गत जेठ १ गते लिपुलेकका विषयमा भएको सम्झौता सच्याउन माग गर्दै नेकपा-माओवादी नेतृत्वको ३३ दलीय राष्ट्रिय मोर्चाले शुक्रबार नेपालस्थित चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाएको छ। माओवादीका उपाध्यक्ष सिपी गजुरेल र नेकपा एकीकृतका महासचिव परि थापासहितको टोली बालुवाटारस्थित चिनियाँ दूतावास गई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै दूतावासका प्रथम सचिवले ज्ञापनपत्रलाई अविलम्ब चिनियाँ राष्ट्रपतिकहाँ पठाइदिने प्रतिबद्धता व्यक्त गरेको… पुरा पढौ

९९ वर्षपछि चिलीले कोपा अमेरिकाको उपाधि उचाल्यो

    चिली, २० असार।अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ९९ वर्षे इतिहातसमा चिलीले पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि उचालेको छ। घरेलु मैदान र दर्शकको ठूलो साथ पाएको आयोजक चिलीले आइतवार बिहान सान्टियागो र·शालामा भएको खेलमा लियोनल मेसीको कप्तानीमा मैदान ओर्र्लिएको अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। चिलीका लागि एलेक्स सान्चेजले विजयी पेनाल्टी गोल गरे।यसअघि… पुरा पढौ

पुनस्र्थापनाका लागि सहयोग गर्ने ओबामाको प्रतिबद्धता

काठमाडौँ, ५ जेठ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको पुनर्उत्थानका लागि अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जँनकुमार कार्कीले पेश गरेको ओहोदाको प्रमाणपत्र बुझ्दै ओबामाले नेपालको विपद्मा अमेरिकाको सक्दो साथ रहने आश्वासन दिएका हुन्। ओबामाले भूकम्पले सिर्जना गरेको चुनौति तथा पुनस्र्थापनाका लागि दीर्घकालीन प्रतिबद्धता र कठिन परिश्रमको आवश्यकता रहेको बताए। ओबामासँगको भेटमा राजदूत कार्कीले आगामी… पुरा पढौ

नेपाललाई तत्काल ४१ अर्ब बढी सहयोग आवश्यक : राष्ट्र सङ्घ

काठमाडौँ, १६ वैशाख। संयुक्त राष्ट्र सङ्घ र मानवीय साझेदारले शनिबार गएको विनासकारी भूकम्पबाट प्रभावित भएकाहरूका लागि राहत उपलब्ध गराउन तत्काल ४१ अर्ब ५० करोड आवश्यक भएको जनाउँदै सदस्य मुलुकलाई रकम उपलब्ध गराउन अपिल गरेको छ। संयुक्त राष्ट्रसङ्घले काठमाडौँ, जेनेभा र न्युयोर्कबाट बुधबार एक अपिल जारी गर्दै राष्ट्र सङ्घमा आबद्ध सबै मुलुकलाई सहायताका निम्ति आग्रह गरेको हो। वासस्थान, पिउने पानी तथा… पुरा पढौ

नेपालसहित दुर्इ तिहाई देश भ्रष्टाचारग्रस्त

पोखरा, १७ मङ्सिर।भ्रष्टाचार विरुद्ध कार्यरत ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)द्वारा बुधबार प्रकाशित भ्रष्टाचार अवधारणा सूचकाड्ढ २०१४ ले एक सय ७५ देशमध्ये दुर्इ तिहाई देश भ्रष्टाचारग्रस्त रहेको देखाएको छ। ख्यात्रि्राप्त अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको सर्वेक्षणमा समावेश गरिएका एक सय ७५ देशमध्ये नेपाल एक सय २६ औं स्थानमा छ। नेपालले एक सय पूर्णाड्ढमा २९ अड्ढ प्राप्त गरेको छ। सूचीमा ५० भन्दा कम अड्ढ पाउने मुलुक… पुरा पढौ

पोखरा-ग्वान्झाओबीच भगिनी सम्बन्ध स्थापित

पोखरा, १६ मङ्सिर।नेपालको पर्यटकीय नगर पोखरा र दक्षिण पूर्र्वी चीनको व्यापारिक नगर ग्वान्झाओबीच भगिनी सम्बन्ध स्थापित भएको छ। ग्वान्झाओका मेयर चेन जिनहृवा र पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले शनिबार ग्वान्झाओमा 'सिस्टर सिटी’ सम्झौतामा हस्ताक्षर गरेका छन्। 'चाइना इन्टरनेसनलफ्रेन्डसिप सिटी कन्फरेन्स’ तथा दोस्रो 'ग्वान्झाओ इन्टरनेशनल अर्बानइनोभेसन कन्फरेन्स’ को अन्तिम दिन ग्वान्झाओ र पोखराबीच भगिनी सम्बन्ध स्थापना भएको हो। 'चाइनिजपी पुल्स… पुरा पढौ